आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एमालेमा यस्तो संकेत देखिएपछि थरथर काप्न थालिन् झाक्री, ओली पक्षीय नेताहरु दंग

प्रकाशित
621
SHARES

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले केपी ओली पार्टी अध्यक्षबाट टसमस नहुने संकेत र एमाले एकढिक्का हुने संकेत देखेपछि डरले थरथर काप्न थालेकी छन् । केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट नहटाई एकता गरिए नेपाल पक्षीय नेताहरुको विजोग हुने निश्चित रहेको भन्दैँ डराएका हुन् ।

माधव पक्षीय केन्द्रीय कमिटी सदस्यहरुको बैठक सकिएपछि पत्रकारहरुसँग बोल्दै संघीय सांसदसमेत रहेकी झाँक्रीले एमाले मिलाउन ओलीलाई पदबाट हटाउनैपर्ने मत राखेकी हुन्। बैठकमा नेपालको कम्युनिष्ट आन्दोलन र यसको दिशाबारे पनि कुरा भएका छन्।

निर्वाचनबाट दुईतिहाइ नजिकको बहुमत ल्याएको थियो पार्टीलेु, उनले भनिन्, नयाँ सरकार आएपछि नयाँ बाटोमा लानुपर्ने थियो। तर यो अवसरबाट हामी चुक्यौँ। राष्ट्रपति संस्थाले पनि हाम्रो बाटोबारे गम्भीरतापूर्वक छलफल भयो। पार्टी एकता हुने नहुनेबारे कुरा भयो। अधिकांश केन्द्रीय सदस्य एकताको पक्षमा छौँ।

झाँक्रीले यसअघि उठेका प्रतिनिधिसभा विघटनसहितका राजनीतिक प्रश्नको निरुपण नभएसम्म एकता नहुने बताइन्। राजनीतिक प्रश्नको निरुपण नभएसम्म, सांगठननिक आधारहरुको निरुपण नभएसम्म एकता हुँदैन। आजको विद्यमान परिस्थितिको प्रत्युत्पादक पात्र र प्रवृत्तिको बहिर्गमनपछि मात्रै पार्टी एकताको आधार बन्छु, ओलीप्रति लक्षित गर्दै उनले थपिन्, राजनीतिक प्रश्नको निरुपण नभइ एकता बन्दैन। जेठ २ मा नफर्की एकता हुँदैन। २०७५ जेठ २ अघिको कमिटीहरु फर्किनुपर्‍यो।

उनले ओलीलाई स्वीकार्न नसकिने उल्लेख गरिन्। प्रतिनिधिसभा विघटनसहितका सारा घटना गराउने, बृहत् आन्दोलन धरासायी बनाउने काम गर्ने पात्रलाई स्वीकार्न सकिँदैनु, झाँक्रीले भनिन्, उहाँले गल्ती स्वीकारे मात्रै एकता हुन सक्छ।

राजनीतिक हिसाबले सबै कुराको निरुपण गरेर मात्रै एकतामा जानुपर्छ। नत्र फेरि ओलीबाट हाम्रो कत्लेआम हुन सक्छ। त्यसैले सबैभन्दा पहिले सुरक्षा जरुरी छ अनि एकता हुनुपर्छ।

प्रतिक्रिया