आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कुनै पनि हालतमा अध्यक्ष छाड्दिनँ ओली, माधव नेपाल नयाँ पार्टी गठनको दिशामा

प्रकाशित
546
SHARES

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि हालतमा अध्यक्ष पद नछाड्ने बताएका छन् । पछिल्लो समय पार्टीभित्र माधवकुमार नेपाल पक्षले एकताका नाममा सर्तमाथि सर्त थपिरहेको भन्दै अध्यक्ष ओलीले उसको नियतमा पनि आशंका गरेका छन् ।

हिजो साँझ ओली निवास बालकोटमा कर्णाली प्रदेशका नेकपा एमालेका १० वटै जिल्ला अध्यक्षसँगको सामूहिक भेटघाटमा उनले भने, “पार्टी एकता गर्नुपर्छ भन्ने कुरा म पनि मान्छु । तर अर्को पक्षले सर्तैसर्त राखिरहेको छ । त्यसलाई हुबहु मानेर म महाधिवेशनको म्यान्डेट विपरीत एकता गर्न सक्दिनँ । पदीय भागबन्डा मैले होइन, महाविशेनले नै टुंग्याउनुपर्छ । अहिले टुंगाए पनि भोलि पनि गुटगत गतिवधि नहोला भन्ने छैन

नेकपा एमाले कालीकोटका अध्यक्ष नगीन्द्र शाही नेसनलका अनुसार अध्यक्ष ओलीले कर्णालीका १० वटै जिल्ला अध्यक्षको सामूहिक भेटघाटमा मुलुकको समसामयिक राजनीति, संगठन निर्माण, प्रमुख प्रतिपक्षको हैसियतमा खेल्नुपर्ने भूमिका, पार्टीका एजेन्डाबारे छलफल गरेका थिए ।

अध्यक्ष ओलीले आफू पार्टीको जिम्मेवार नेता भएकाले कति लचिलो हुनुपर्ने हो, त्यति भएको, पार्टीका काम थातीराखेर हरसम्भव प्रयास गरेको तर गुटका नाममा सर्त थपिरहँदा नियत राम्रो नदेखिएको पनि बताए । उनले भने, “पार्टी एकताका निम्ति कुनै बाबासित ग्रह दशा या चिना-टिपन हेराउनु पर्दैन ।

कालीकोट अध्यक्ष शाहीले पार्टी एकताको अन्यौल अलिम्ब चिरेर अघि बढ्नुपर्ने सुझाव दिएको इमान्दारमिडिया बताए । उनले भने, “पार्टी भनेको नेताहरुको मिलन मात्र होइन, विचार, सिद्धान्त र मुद्दाको मिलन हो । सक्दो चाँडो पार्टीमा व्याप्त अन्यौल चिरेर अघि बढ्नुपर्छ भनेर सल्लाह दियौं, शाहीले भने, एमाले मिल्दा राम्रो हो, अहिले सम्भव छैन भने पछि मिलौला । अझ पछि त माओवादीसँग पनि मिल्न सकिने ठाउँ रहला । सबै बाम, एक ठाम हुने स्थिति पनि रहला । तर अब नेकपा एमाले हातखुट्टा बाँधेर गन्तव्यमा पुग्न सक्दैन । यो कर्णालीका १० जिल्ला मात्र नभएर ७७ जिल्लाकै एमालेजनको आवाज हो ।

सामूहिक भेटघाटमा भूगोलका कुरा पनि मन खोलेर भएको नेता शाहीले बताए । उनले भने, “पार्टीभित्रको मतमतान्तर र अन्तरसंघर्ष रुपान्तरणका लागि हुनुपर्छ । तर माधव नेपाल विचार समूहका नाममा एकले अर्कोलाई सिध्याउने काम भइरहेको देखिन्छ । विधान र पद्धतिले नमिल्ने कुरा गरेर पार्टीलाई अनिर्णयको बन्दी बनाइरहनु उचित होइन ।”

सुर्खेतका ध्रुव शाही, दैलेखका रवीन्द्र शर्मा, हुम्लाका दल रावल, सल्यानका गोविन्द पुन, डोल्पाका लंकबहादुर शाही, जाजरकोटका करवीर शाही, मुगुका सोनाम लामा, पश्चिम रुकुमका नन्दऋषि शर्मा, जुम्लाका जयबहादुर रोकाया र कालीकोटका नगीन्द्र शाही नेसनल ओली निवास पुगेका थिए ।

यसै गरि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आक्रामक ढंगले अगाडि बढ्ने भएका छन् । उनी पार्टीका कुनैपनि गतिविधि नरोक्ने गरी संगठनमा पकड बढाउँदै बढ्न लागेका हुन् ।

पार्टीको विधान महाधिवेशनलगायत विभिन्न प्रक्रिया बढाइसकेका ओलीले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक डाकेर थप निर्णयहरु गर्ने भएका छन् । पार्टी एकताका लागि भन्दै दोस्रो तहका मध्यमार्गी नेताहरुले यसअघिको बैठक स्थगित गराउन सकेपनि अब ओली कुरेर बस्ने र रोकिने पक्षमा नभएको बुझिएको छ ।
ओलीले माधव नेपाल पक्षका कसैलाई कारबाही पनि नगर्ने तर पार्टीमा पकड बढाउने गरी निर्णयहरु गर्दै जाने भएका छन् । यही रणनीतिका साथ उनी माधव नेपाल पक्षलाई पाखा लगाउँदै जाने रणनीतिमा पुगेका छन् ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पनि ओलीसँग एउटै पार्टीमा रहन नसकिने निष्कर्षमा पुगिसकेको बुझिएको छ । ओलीले संगठनमा पकड बलियो बनाइसकेकाले त्यहाँ उनी निकै कमजोर भइसकेका छन् । अर्कोतर्फ, दोस्रो तहका हस्तीहरुले पनि साथ दिइरहेका छैनन् । उनीहरु मध्यमार्गी भन्दै पार्टी एकताको पक्षमा लागेका छन् ।

एमालेको नवौं महाधिवेशनको निर्वाचित केन्द्रीय कमिटीमा बहुमत बनाएर ओलीलाई अध्यक्षबाट हटाउने नेपालको रणनीति पनि सफल हुने देखिएन । ४० प्रतिशतभन्दा कम केन्द्रीय सदस्य मात्र पक्षमा देखिए । सांसदहरु पनि ३० भन्दा कम मात्र साथमा आउने देखियो । त्यसकारण पनि नेपाल आफ्नै बाटोमा अगाडि बढ्ने भएका छन् । कुनैपनि बेला नयाँ दल दर्ता गर्ने गरी नेपाल पक्षले केन्द्रीय कमिटीका सदस्यहरुको हस्ताक्षर संकलन गरेर राखिसकेको छ ।

विश्वस्त स्रोतका अनुसार नेता नेपालले चाँडै पार्टीको वार कि पारको निर्णय लिने भएका छन् । जति ढिलो भयो उति घाटा पर्ने निष्कर्षका साथ नेपाल पक्ष नयाँ पार्टी गठनसँगको तयारीमा बढेको छ ।

प्रतिक्रिया