आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

आज प्रधानसेनापति थापाको अन्तिम दिन : कायममुकायम प्रधानसेनापति शर्मा

प्रकाशित
814
SHARES

काठमाडौँ। आजबाट प्रधानसेनापति थापा अनिवार्य बिदामा : कायममुकायम प्रधानसेनापति शर्मा
नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा सोमबारबाट अनिवार्य अवकाशका लागि एक महिना बिदा बस्दैछन् । उनले आगामी २४ भदौबाट अनिवार्य अवकाश पाउँदै छन् । अवकाश हुनुभन्दा महिना दिनअघि नै सेनामा घर बिदामा बस्ने चलन छ ।

सोहीअनुसार थापा सोमबारदेखि बिदामा बस्न लागेका हुन् । थापा २४ भदौ ०७५ मा प्रधानसेनापति नियुक्त भएका थिए । प्रधानसेनापतिको तीनवर्षे कार्यकाल पूरा गरी अनिवार्य अवकाशमा जाने थापा ०३६ मा सैनिक संगठन प्रवेश गरेका थिए ।

नेपाली सेनाका भावी प्रधानसेनापतिका रूपमा २६ साउनदेखि प्रभुराम शर्मा नेतृत्वमा आउनेछन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले २६ साउनदेखि लागू हुने गरी कायममुकायम प्रधानसेनापति तोकिसकेकी छिन् ।

१२ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको थियो । सोही सिफारिसलाई राष्ट्रपति भण्डारीले सदर गर्ने निर्णय गरेकी हुन् । शर्मा हाल सेनाको बलाधिकृत छन् । सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा ३ अनुसार शर्माले सेनाको भावी प्रधानसेनापतिका रूपमा अघि सार्दै कायममुकायमको भूमिकामा सिफारिस गरेको थियो ।

यो पनि : प्रधानसेनापति पूर्णचन्द्र थापाले अहिलेको सुरक्षा वातावरण अस्थिर, अनिश्चित, अस्पष्ट र तरल रहेको बताएका छन् । जंगी अड्डामा आयोजित संस्थागत परिवर्तन सुदृढीकरण र दिगोपनसम्बन्धी चारदिने सेमिनारको अन्तिम दिन प्रधानसेनापति थापाले दक्षिण एसियाको सबैभन्दा पुरानो इतिहास बोकेको नेपाली सेना राष्ट्र रक्षाका लागि सक्षम र समर्पित रहेको पनि बताए ।

‘आजको अस्थिर, अनिश्चित, अस्पष्ट र तरल सुरक्षा वातावरणमा परिवर्तनबाहेक अरू सबै अस्थायी हो,’ प्रधानसेनापति थापाले भने, ‘परिवर्तनको प्रकृति अपरिवर्तनीय छ र हरेक संगठनमा परिवर्तनको निरन्तरता मात्र नभई सुदृढीकरण तथा दिगोपनाको विषयमा सबैमा समान समझदारीको विकास र प्रवद्र्धन आवश्यक छ ।’

प्रधानसेनापति थापाले परिवर्तन संस्कृतिको निर्माण गर्ने सम्पूर्ण जिम्मेवारी नेतृत्वको मात्रै नभएको बताए । ‘परिवर्तनको अंकुरण गराउने तथा परिवर्तनलाई सुदृढ बनाउँदै संगठनको भविष्य कोर्ने जिम्मेवारी वर्तमान नेतृत्व वर्गको नै हो,’ प्रधानसेनापतिले भने, ‘परिवर्तन प्रबन्धन गर्ने रणनीति सफलताका लागि नेतृत्व वर्ग आफैँमा स्पष्ट, शुद्ध, इमान्दार, नैतिक र पारदर्शी हुनुपर्छ ।’ परिवर्तनको सुरुवात गर्न अहिलेको समय सबैभन्दा उपयुक्त भएको पनि उनको भनाइ थियो ।

कार्यक्रममा सेनाका बलाधिकृत रथी प्रभुराम शर्माले सांगठनिक परिवर्तन सामूहिक प्रयास तथा जिम्मेवारीबाट मात्र सम्भव हुने र नेपाली सेना पेसेवर संगठनको रूपमा लक्ष्य प्राप्त गर्न निरन्तर लागिपर्ने बताए । सेमिनारमा रक्षा मन्त्रालय तथा अन्य सुरक्षा निकायहरूका उच्च तहका अधिकृतहरू, नेपाली सेनाका अधिकृत सहभागी थिए । सेमिनारमा ६ जना गैरसैनिक तथा ११ जना सैनिक विषयविज्ञले विभिन्न विषयमा प्रस्तुति दिएका थिए ।

प्रतिक्रिया