आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

टोकियो ओलम्पिकको भव्य समापन, कुन देशले कति पदक जिते सुची सहित

प्रकाशित
1.1K
SHARES

एजेन्स। टोकियो ओलम्पिकको भव्य समापन भएको छ। आज ओलम्पिक स्टेडियममा समापन भएको हो ।यसपटकको ओलम्पिकमा अमेरिकाले सर्वाधिक स्वर्ण जितेको छ। उसले ३९ स्वर्णसहित कुल ११३ पदक जितेको छ। चीनले ३८ स्वर्णसहित दोस्रो स्थान हासिल गरेको छ । उसले कुल ८८ पदक जितेको छ।

जापानले २७ स्वर्णसहित कुल ५८ पदक जितेर तेस्रो स्थान हासिल गरेको छ। २२ स्वर्णका साथ बेलायत चौंथो र २० स्वर्णका साथ रुस पाचौं स्थान हासिल गर्न सफल भएको छ। रुस डोपिङ प्रतिबन्धका कारण रुसी ओलम्पिक कमिटीका नाममा सहभागी भयो।

दक्षिण एशियाबाट भारतले मात्र ओलम्पिकमा पदक जित्यो । भारत १ स्वर्ण, २ रजत र ४ काँस्यका साथ कुल ७ पदक जितेर ४८औं स्थान बनायो ।नेपालले ओलम्पिकमा यसपटक पनि कुनै पदक जितेन । नेपाली पौडीवाजहरुले राष्ट्रिय किर्तिमानमा सुधार गरे ।ओलम्पिकमा आशा गरिएका नाम चलेका खेलाडी पदक विहिन भए । जसमध्ये टेनिसका विश्व नम्बर एक नोभाक जोकोभिक र टेनिसकी विश्व नम्बर २ ओसाका छन्।

ओलम्पिकमा स्वर्ण जित्ने भारतीय खेलाडीलाई पुरस्कारको वर्षा

ओलम्पिकको ज्याब्लिङ थ्रो स्पर्धामा भारतलाई ऐतिहासिक स्वर्ण पदक जिताउने निरज चोपडाले करोडौं राशीको पुरस्कार पाउने भएका छन्।उनले ८७.५८ मिटर भाला फ्याकेँर भारतलाई ऐतिहासिक उपलब्धि दिलाएका थिए। निरज एथ्लेटिक्समा स्वर्ण जित्ने पहिलो भारतीय खेलाडीसमेत बनेका छन्। यस्तै व्यक्तिगत स्पर्धामा स्वर्ण जित्ने उनी दोस्रो भारतीय हुन्। २३ वर्ष अगाडि अभिनव बिन्द्राले सुटिङमा भारतका लागि पहिलो ओलम्पिक स्वर्ण जितेका थिए।

यो सफलतासँगै चोपडामाथि पुरस्कार रकमको वर्षा भएको छ। हरियाणा सरकारदेखि बिसिसिआई तथा पञ्जाब सरकारलेसमेत उनीमाथि पुरस्कार दिने घोषणा गरेको छ।

हरियाणा सरकारले स्वर्ण विजेता चोपडालाई ६ करोड भारतीय रूपैयाँ दिन घोषणा गरेको छ। साथै उनलाई सरकारले ग्रेड ए को जागिरसमेत दिने भएको छ।

यस्तै पञ्चकूलामा जमिन खरिद गर्न उनलाई ५० प्रतिशत छुट दिने भएको छ। यसका साथै चोपडालाई पञ्चकुलामा बन्ने एथ्लेटिक्सको सेन्टर फर एक्सीलेन्सको प्रमुखसमेत बनाउने भएको छ।

यस्तै पञ्जाब सरकारले दुई करोड भारतीय रूपैयाँ दिने भएको छ। चोपडाले ओलम्पिक स्वर्ण जितेर मुलुकको नाम राखेको भन्दै पञ्जाब सरकारले उक्त रकम पुरस्कारका रूपमा दिन लागेको पञ्जाबका मुख्यमन्त्री अमरिन्द्र सिंहले बताए।

यस्तै भारतीय क्रिकेट बोर्ड र महेन्द्र सिंह धोनीको टिम चेन्नई सुपर किङ्सले स्वर्ण विजेता चोपडालाई समान १-१ करोड भारतीय रूपैयाँ दिने भएको छ।

व्यवसायी आनन्द महिन्द्राले स्वर्ण विजेता चोपडालाई भारत फर्कने बित्तिकै एसयूवी ७०० गाडी उपहार दिने भएका छन्। यस्तै भारतीय एयरलाइन्स कम्पनी एयर इन्डिगोले निरजलाई एक वर्षसम्म निःशुल्क यात्राको सुविधा दिने सिईओ रोनोजोय दत्तले जानकारी दिए।

प्रतिक्रिया