आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ऊर्जामन्त्रीले कुलमान घिसिङलाई भनिन्, ‘तयार भएर बस्नुस्’

प्रकाशित
245
SHARES

काठमाडौँ। ऊर्जामन्त्री पम्फा भुसालले नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘तयार भएर बस्न’ आग्रही गरेकी छिन्। साथै उनले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई आजै राजीनामा दिन निर्देशन दिएकी छिन्।

मन्त्रालय स्रोतका अनुसार ऊर्जामन्त्री भुसालले पूर्व कार्यकारी निर्देशक घिसिङलाई तयार रहन आग्रह गरेकी हुन्। ‘मन्त्रीज्यूले कुलमान घिसिङज्यूलाई तयार भएर बस्न अनुरोध गर्नुभएको छ तर कहाँ नियुक्ति हो भन्ने विषय खुलेको छैन, मन्त्रालय स्रोतले भन्यो।

प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउने प्रक्रिया थाल्न निर्देशन दिएका छन्। मंगलबार ऊर्जा मन्त्री पम्फा भुसाललाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री देउवाले प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई नियुक्त गर्ने प्रक्रिया सुरू गर्न निर्देशन दिएका थिए।

प्रधानमन्त्रीको निर्देशनपछि उर्जामन्त्री भुसालले प्राधिकरणका अहिलेका कार्यकारी निर्देशक शाक्यको राजीनामा मागेको स्रोतको दाबी छ। स्रोतका अनुसार शाक्यले राजीनामा नदिए सरकारले उनलाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ।

यो पनि : काठमाडौं – नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले गरेको मागमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षबाट जवाफ आएको छ।

एमालेका प्रवक्ता तथा ओलीनिकट नेता प्रदीप ज्ञवालीले पार्टीको काम नरोकिने जवाफ फर्काएका छन्। नेपाल समूहले पार्टी एकता प्रक्रिया चलिरहेका बेला सदस्यता नवीकरण लगायतका कामले एकतालाई भाँजो हाल्ने भन्दै संगठनात्मक गतिविधि तत्काल रोक्न आग्रह गरेको छ।

तर अध्यक्ष केपी शर्मा ओली पक्षले शुक्रबारदेखि विधान संशोधनबारे छलफल थालेको छ। ओली पक्षले साउन २७ र २८ गते विधान सम्मेलन गर्ने निर्र्णय त्यसअघि नै गरिसकेको छ।

आगामी केन्द्रीय कमिटी बैठकले विधान संशोधनको प्रस्ताव तयार पार्ने प्रवक्ता ज्ञवालीले बताए। उनले भने, ‘पार्टीका नियमित कामहरु अगाडि बढछन्, छलफलहरु चलिरहेका छन्। तर छलफलका नाममा अनन्तकालसम्म पार्टी कामलाई रोक्न सक्दैनौं।

स्थानीय चुनावका साथै महाधिवेशन नजिक आइसकेको, सत्ता पक्ष आक्रामक ढंगले आएको र जनविरोधी क्रियाकलाप गर्न थालेको भन्दै उनले प्रमुख प्रतिपक्षी पार्टी चाहिं हातखुट्टा बाँधेर बस्नुपर्छ भन्ने एमालेको हितमा नभएको बताएका छन्।

प्रतिक्रिया