आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

दिनप्रतिदिन बढ्दै कोरोना : देशभर ३,९३८ जना कोरोना संक्रमित थपिए, ३७ को मृत्यु

प्रकाशित
521
SHARES

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर तीन हजार नौ सय ३८ जना कोरोना संक्रमित थपिएका छन् । पिसिआर परीक्षणमा तीन हजार सात र एन्टिजेन परीक्षणमा नौ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा ११ हजार आठ सय ७० जनाको पिसिआर र ६ हजार पाँच सय ३५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।बिहीबार दुई हजार १२ जना डिस्चार्ज भएका छन् भने ३७ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या नौ हजार नौ सय ९४ पुगेको छ ।

नेपाल पछिल्लो समय दैनिक कोरोना भाइरस संक्रमण (कोभिड-१९) तीव्र फैलिइरहेको छ। बिहीबार मात्रै ३ हजार ९ सय ३८ जनामा संक्रमण देखिएको थियो भने त्यसको अघिल्लो दिन बुधबार सबैभन्दा बढी ४ हजार ९ सय ७ जनामा कोरोना पुष्टि भएको थियो। यो अवस्थालाई विज्ञहरुले कोरोना संक्रमणको तेस्रो लहरको सुरुवाति संकेतको रुपमा लिएका छन्।

केही दिनयता कोरोना सक्रिय संक्रमितको संख्या पनि वृद्धि भएको छ। बिहीबारसम्म सक्रिय संक्रमितको संख्या ३४ हजार ४ सय २२ पुगेको थियो। तीमध्ये ३१ हजार १ सय ८ जना होम आइसोलेसनमा उपचारत छन्। संस्थागत आइसोलेसनमा ३ हजार ३ सय १४ रहेका छन्। त्यस्तै ७ सय १३ जनाको आइसीयूमा र १५८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

बागमती प्रदेशमा होमआइसोलेसनमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी छ। यहाँ १३ हजार ८०९ जना होमआइसोलेसनमा छन्। त्यसपछि प्रदेश गण्डकीमा ५ हहजार ३०८ जना होमआइसोलेसनमा छन्।

लुम्बिनीमा २ हजार ४९६ जना,प्रदेश २ मा १ हजार ६२१ , कर्णालीमा १ हजार २२२ जना र सुदूरपश्चिममा १ हजार २४ जना होमआइसोलसनमा रहेको मन्त्रालयले जनाएको छ। यस्तै आइसीयूमा उपचाररत ७१३ जनामध्ये बागमतीमा ४५६ जना,प्रदेश १ मा ११९ जना,गण्डकीमा ५७ जना,लुम्बिनीमा ५६ जना,कर्णालीमा १२ र सुदूरपश्चिममा ११र प्रदेश २ मा २ जना छन्।

प्रतिक्रिया