आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रहरीमा जागिर खान घुस लिने र दिने ६ जना पक्राउ, यस्तो छ नालीबेली

प्रकाशित
477
SHARES

बिराटनगर। प्रहरीमा जागिर खान घुस लिने र दिने ६ जना पक्राउ : घुस लिने र दिने दुवै अपराधी मानिन्छन्। तर, प्रायः घुस लिने मात्र पक्राउ पर्ने गरेका छन्। प्रदेश १ प्रहरी तालिम केन्द्रले घुस लिने र दिने सबैलाई पक्राउ गरेको छ।

विराटनगरस्थित प्रदेश १ प्रहरी तालिम केन्द्रमा जवानको अन्तर्वार्ता परीक्षा उत्तीर्ण गराइदिने भन्दै घुस लिने, घुस दिने ६ जना सबैलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा भोजपुर पौवादुङमा गाउँपालिका– ६ का २३ वर्षीय सूर्य राई, सोही ठाउँका २२ वर्षीय संगम राई र १९ वर्षीय सागर राई छन् । यसैगरी धनकुटा साँगुरीगढी गाउँपालिका– ८ का १९ वर्षीय सरोज राई, २७ वर्षीय राजकुमार राई र धनकुटा सहिद भूमि गाउँपालिका– ३ का २१ वर्षीया खापाङ राई छन्।

पक्राउ परेका सूर्य, खापाङ र राजकुमारले प्रहरी जवान पदमा भर्ना हुन चाहने संगम, सागर र सरोजबाट अन्तर्वार्ता परीक्षामा पास गराइदिने भन्दै घुस लिएका थिए। उनीहरू तीनैजनालाई प्रहरी जवान पदको अन्तर्वार्ता परीक्षाका क्रममा नक्कली परीक्षार्थी बनेर सहभागी भएको आशंकामा साउन १९ गते शंका लागेपछि नियन्त्रणमा लिएको थियो।

पक्राउ परेका सागर राई घुस लिने नाइके भएको र खापाङ र राजकुमार सहयोगी भएको खुलेको छ। प्रहरीका अनुसार नाइके सूर्य राईले लिखित र मौखिक परीक्षामा उत्तीर्ण गराइदिने भन्दै प्रहरीमा भर्ना हुन चाहने सागर र संगमबाट एक लाख १८ हजार अनि सरोजबाट दुई लाख रुपैयाँ घुस लिएका थिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार सूर्य राईले कुन कनेक्सनबाट घुस लिने आँट गरे भन्नेचाहिँ खुलेको छैन। घुसको कनेक्सन प्रहरीसँग छ–छैन भन्नेबारे खोजी भइरहेको तालिम केन्द्रका प्रवक्ता डिएसपी विनोद शर्माले बताए । पक्राउ परेका सबैलाई तालिम केन्द्र रानीले कानुनी कारबाहीका लागि जिल्ला प्रहरी मोरङको जिम्मा लगाएको छ। मोरङ प्रहरीले उनीहरूलाई परीक्षा ऐनअनुसार कारबाही गराउन जिल्ला प्रशासन मोरङबाट बुधबार पाँच दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ।

यो पनि  : गोंगबुबाट पेस्तोलसहित तीन पक्राउ – नेपाल प्रहरीले काठमाडौंको गोंगबुबाट पेस्तोलसहित तीनजनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त महाराजगन्जबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका– २६ गोंगबुस्थित वीरेन्द्र ऐश्वर्य मार्गको आरके रेस्टुराँबाट पेस्तोलसहित धादिङका २४ वर्षीय विकेश मगर भन्ने विपिन मगर, २५ वर्षीय मन्दीप थापा र १९ वर्षीय सुजन मगरलाई बुधबार साँझ पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले गोंगबु बिजी मलअगाडि सडकमा जाँचका क्रममा स्कुटर छाडेर भागेपछि शंका लागी पिछा गर्दा आरके रेस्टुराँमा लुकेर बसेका उनीहरूलाई पेस्तोलसहित पक्राउ गरिएको जानकारी दिए।

पक्राउ परेकासँग प्रहरीले एक थान पेस्तोल, एक थान म्यागजिन, पाँच राउन्ड गोली, दुई थान खुकुरी र गाँजा बरामद गरेको छ। पक्राउ परेकालाई महानगरीय प्रहरी वृत्त महाराजगन्जले अनुसन्धान गरिरहेको प्रवक्ता बस्नेतले बताए।

प्रतिक्रिया