आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कुलमान र हितेन्द्रदेवको बीचमा तेस्रो व्यक्तीको ईन्ट्री, यस्तो खुलासा भएपछि देशैभर तरंग

प्रकाशित
493
SHARES

काठमाडौँ । कुलमान घिसिङलाई नेपाल विधुत प्राधिकरणको कार्यकारी निर्देशकमा पुन नियुक्ति गर्ने प्रक्रिया देउवा  सरकारले अघि बढाइरहका बेला जनता उत्साहित बनेका छन्  भने केहीलाई भने यहि खबरले खपीनसक्नुको छट्पटी भएको बुझीएको छ । कुलमानको पुन आगमनको खबरले उखरमौलौ भएका एक व्यक्ति हुन् प्राधिकरणकै पूर्व कार्यकारी निर्देशक मुकेश काफ्ले । उनी कुलमानको नियुक्ती रोक्न न्वारनदेखिको बल लगाईरहेको खुलासा भएको छ ।

कुलमान भन्दा अगाडी प्राधिकणको नेतृत्वमा रहेका मकुश काफ्लले कुलमानको पुन नियक्तीको चर्चा चले सँगै फेरी खेदो खन्न थालेका छन् । लामो समय चुपचाप बसेका काफ्ले फेरी बोल्न थालेका छन् ।अब कुलमानलाई प्राधिरकणको कार्यकारी निर्देशक होइन उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री बनाउन पर्ने भन्दै काफ्लेले व्यंग्य गरेका छन् ।

लोडसेडिङ अन्त्य गर्न प्राधिकरण भन्दा मन्त्रालयकै नेतृत्व जरुरी भएको भन्दै पूर्व प्रबन्ध निर्देशक मुकेश काफलेले घिसिङलाई उर्जामन्त्री बनाउन प्रस्ताव गरेका हुन् । सिधा वुझ्दा राम्रो सुनिए पनि कुलमानलाई इन्सल्ट गर्न काफ्लेले यस्तो बताएका हुन् ।

‘बिधि र पद्धतीअनुसार बिद्युत प्राधिकरणमा प्रमुख नियुक्त गर्ने कुनै आधार छैन, अहिले चार बर्षका लागि हितेन्द्रदेव शाक्य प्रमुख हुनुहुन्छ, उहाँलाई हटाउन सक्ने कानून छैन, कानुनी आधारबिना बिद्युत प्राधिकरणमा कुलमानलाई नियुक्त गर्न सकिदैन,’ काफ्लेले भने, ‘कुलमान घिसिङले प्राधिकरणमा राम्रो काम गर्नुभयो, आफ्नो कार्यकाल पूरा गरेर जानुभयो, अव उहाँलाई नै उर्जामन्त्री बनाउनु पर्छ ।’ काफ्लले भनेका छन् ।

कुलमानलाई सुरु देखीनै खेदो खन्दै आएका काफ्लले कुलमान नियुक्ती हुने वित्तिकै कुलमानले माघ महिनामा लाडसेडिङ अन्त्य गरे आफु टुँडिखेलमा झुण्डिने बताएका थिए । काफ्लले जनताको ध्यान अन्यत्र मोडेर आफ्नो स्वार्थ पूर्ति गर्ने खेलमा मन्त्री र माओवादी नेतृत्व लागेको आरोपसमेत लगाउए ।

कुलमान उर्जामृन्त्रीका लागि योग्य हुनुहुन्छ, उहाँलाई नै मन्त्री बनाउनु पर्छ, एक टेलिभिजनसँगको अन्तर्वार्तामा बिद्युत प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक काफ्लेले भने ।उनले यो प्रस्तावमा माओवादी अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री शेरबहादुर देउवा र उर्जामन्त्री पम्फा भुसाल तयार हुनुहुन्छ ? भन्ने प्रश्न पनि गरे ।

यस अघि पहिलो कार्यकाल सकेर कुलमानको पुन नियुक्तीका लागी जनताले व्यापक दवाव सिर्जना गरेका बेलामा पनि प्राधिरकणका पूर्व कार्यकारी निर्देशक काफ्लले कुलमान विरुद्ध ठूलो क्याम्पेङि गरेका थिए । बेलाखत कुलमानले नभइ आफुले लोडसेडिङ अन्त्यको योजना बनाएको भन्न समेत बाँकी नराखेका काफ्लेको कार्यकालमा मूलुकमा दैनिक १८ घण्टा सम्म लोडसेडिङको मारमा जनता परेका थिए ।

काफ्ले कार्यकारी प्रमुख भएकै अवस्थामा तत्कालिन उर्जामन्त्री जनार्दन शर्माले उनलाई हटाएर कुलमानलाई प्राधिकरणको प्रमुख बनाएका थिए । त्यहि बेला देखीको रिस काफ्लले अहिले पनि देखाइरहेका छन् ।

विद्युत प्राधिकरण छोड्न हितेन्द्रदेव शाक्यले राखे यस्ता शर्त

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सशर्त प्राधिकरण छोड्न तयार भएका छन् । उनले विद्युत सम्बद्ध अर्को कुनै संस्था वा कम्पनीमा जिम्मेवारी दिए प्राधिकरणबाट विदा हुने बताएका हुन् ।

गत माघमा केपी शर्मा ओली नेतृत्वको सरकारले शाक्यलाई बढीमा चार वर्षका लागि विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो । नयाँ सरकार बनेसँगै शाक्यलाई हटाएर कुलमान घिसिङलाई कार्यकारी निर्देशक बनाउने तयारी छ ।

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाकै उपस्थितिमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले शाक्यलाई कार्यकारी निर्देशकबाट विदा भएर सहयोग गर्न आग्रह गरेकी थिइन् । शाक्यले पनि सरकारले आफ्नो राजीनामा नमागेको, तर अर्को जिम्मेवारी दिन सकिन्छ कि भनेर सोधेको स्वीकार गरेका छन् ।

बुधबार पत्रकारहरुसँग कुरा गर्दै प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले आफू लामो समयदेखि प्राधिकरणभित्र ‘इन्जिनियरिङमा स्वावलम्बन’को उद्देश्यसहित काम गरिरहेको बताए । ‘मेरो आवश्यकता महसुस गरेर सरकारले जहाँसुकै पठायो भने म तयार छु । आवश्यकता देख्यो भने सरकारले जतासुकै खटाउन सक्छ,’ बुधबार पत्रकारहरुसँगको कुराकानीमा उनले भने, ‘म आफ्नो क्षेत्रसँग जोडिएका जुनसकै ठाउँमा पठाए पनि काम गर्छु ।’

तर दोष देखाएर वा दण्डित गर्न नहुने भन्दै उनले पदमुक्त गरे नमान्ने संकेत गरेका छन् । सञ्चारकर्मीहरुको प्रश्नमा उनले भनेका छन्, ‘अन्याय भयो भने अदालत जाने हो, नत्र सरकारले दिने जिम्मेवारी शिरोधार्य गरेरै काम गर्छु ।’

बुधबार नै ऊर्जामन्त्री पम्फा भुसाललाई भेटेका कार्यकारी निर्देशक शाक्यले सम्मानजनक रुपमा अन्य कम्पनी वा ठूला आयोजनामा जिम्मा दिन माग गरेको स्रोतले बताएको छ । उनले विद्युत उत्पादन कम्पनी वा मन्त्रालय अन्तर्गत रहेका अन्य वैकल्पिक कम्पनी तथा संस्थाहरुमा जान चाहेको स्पष्ट संकेत गरेका छन् ।

शाक्यलाई जबरजस्ती हटाउँदा अदालतबाट पुनर्बहाली हुने अवस्था समेत रहेकाले शाक्यलाई अर्को आकर्षक प्रस्ताव गर्नसक्ने मन्त्रालयका एक अधिकारीले बताए । ‘उहाँको प्राविधिक क्षमतामा शंका गर्नुपर्ने ठाउँ छैन,’ ती अधिकारीले भने, ‘व्यवस्थापनको मामिलामा थोरै काम गर्दा हुने खालका संयन्त्रमा उहाँलाई पठाएर कुलमान घिसिङलाई प्राधिकरणमा ल्याउन प्रयत्न हुनसक्छ ।’

कार्यकारी निर्देशक शाक्यले काम गर्न नसकेकाले राजीनामा मागिएको भन्ने प्रचारको खण्डन मात्र गरेनन्, आफू प्राधिकरणमा आएपछि गरेका कामहरु पनि सुनाएका छन् ।

महामारीका बीचमा पनि कर्मचारीले ज्यान जोखिममा राखेर काम गरेको शाक्यले विगतको भन्दा झ्याप्प–झ्याप्प बिजुली जाने क्रम घटेको दाबी गरे । ‘सामाजिक सञ्जालमा झ्याप्प–झ्याप्प बिजुली जान्छ भनिरहे पनि विवरण हेर्ने हो त्यस्तो अनियमित कटौती धेरै हदसम्म घटेको छ,’ उनले भने, ‘महामारीका बीचमा माग बढ्दा पनि विद्यमान प्रणालीबाट नियमित बिजुली आपूर्ति खासै खल्बलिएन ।’

उनका अनुसार गत आर्थिक वर्षमा ३४ पटक मात्रै विद्युत प्रणाली पूर्ण वा आंशिक रुपमा ‘कोल्याप्स’ भएको थियो । जुन संख्या त्यसभन्दा अघिल्लो वर्ष ४० रहेको उनले बताए ।

प्रणालीमा १५ प्रतिशत माग बढ्दा पनि विद्यमान लाइनहरुबाटै व्यवस्थापन गरिएको र माग धान्न भारतबाट ६० प्रतिशतसम्म बिजुली आयात गरिएको उनले जानकारी दिएका छन् ।

काठमाडौंभित्र विभिन्न क्षेत्रका प्रसारणलाइनबाट आउने बिजुलीलाई एउटै प्रवाहमा जोड्ने गरी ‘लुप’ बनाएको, जसले अहिले तामाकोशीबाट आएको धेरै बिजुली काठमाडौंमा वितरण गर्न सकिने अवस्था बनेको उनले बताएका छन् । ढल्केबर सबस्टेसनलाई ४०० केभीमा चार्ज गरेर ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइन ४०० केभीमा चलाइएको, पहिलो पटक २२० केभीको दाना–कुश्मा र खिम्ती–ढल्केबर लाइन सञ्चालनमा ल्याएको, तामाकोशी जलविद्युत आयोजना पूरा गरेर ४ वटा युनिट चलाएको उनले सुनाएका छन् ।

भारतको प्रतिस्पर्धी बजारबाट बिजुली खरिद गर्न शुरु गरिएको र नेपालको बिजुली भारतको एक्स्चेन्ज बजारमा बिक्री गर्न प्रक्रिया अघि बढेको उनले जानकारी दिए । ‘मैले विदेशीभन्दा स्वदेशी इन्जिनियरिङलाई महत्व दिनुपर्छ भन्दै आएको छु,’ उनले भने, ‘अहिले यो विषयलाई महत्व दिएर एनईए इन्जिनियरिङ कम्पनीले ठूला-ठूला आयोजनाको अध्ययन र डिजाइन गरिरहेको छ ।’

गत वर्ष १.६६ प्रतिशतले चुहावट बढेको स्वीकार गरेका उनले बिजुलीको माग बढ्दा प्रसारण र वितरणलाइनमा आउने स्वभाविक तापमानको वृद्धिले चुहावट बढ्न गएको बताए । ‘२०७७ असारमा साढे २ करोड युनिट बिजुली उधारोमा तानेर बिलिङ गर्दा पनि प्राविधिक चुहावट कम देखिएको थियो,’ विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले भने, ‘यस वर्ष हामीले त्यसो गरेनौं ।’

शाक्यले गत वर्ष साढे ५ अर्ब नाफा हुने देखिएको विश्लेषण सुनाए । यस्तो नाफा अघिल्लो वर्ष ११ अर्ब थियो । डेडिकेटेडलाइनको व्यवस्था २०७७ साउनबाट हटेकाले साढे ३ अर्ब रुपैयाँ आम्दानी स्वतः घटेको तथा माग बढेको र आन्तरिक आयोजनाहरुबाट माग घटेकाले नाफामा असर पुगेको शाक्यले बताए ।

सरकारले १० युनिटसम्म उपयोग गर्नेलाई निःशुल्क दिने व्यवस्था गरेकाले पनि विद्युत प्राधिकरणको नाफा खुम्चिन पुगेको कार्यकारी निर्देशक शाक्यको प्रष्टीकरण छ । ‘दुई अर्ब रुपैयाँ हामीले कार्यालय सञ्चालन र आयोजना मर्मतसम्भारबाट जोगाएका थियौं,’ उनले भने, ‘तर महामारीकै कारणले नाफा खुम्चिन पुग्यो ।’

 

प्रतिक्रिया