आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

तुइन प्रकरण : स्थलगत अध्ययन गर्न टोली भारतीय बाटो हुँदै गस्कु प्रस्थान

प्रकाशित
436
SHARES

दार्चुला। जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न दार्चुला पुगेको गृहमन्त्रालयको छानबिन समितिको टोली स्थलगत अध्ययनका लागि भारतीय बाटो हुँदै गस्कु मालघाट गएको छ। मन्त्रालयका सहसचिव एवं छानबिन समितिका संयोजक जनार्दन गौतम नेतृत्वको टोली आज बिहान भारतीय बाटो हुँदै स्थलगत अध्ययनको लागि गएको हो।

जयसिंह धामी बेपत्ता प्रकरणमा सूक्ष्म ढङ्गले अध्ययन गरेरै प्रतिवेदन आउने उल्लेख गर्नुभएका गौतमले घटनास्थल पुगेर त्यहाँको वस्तुस्थिति ल्याइने बताउनुभएको छ। यस्तै समितिले भारतीय एसएसबी र स्थानीयवासीले भारतीय प्रहरी थानामा दिएको उजुरीको सम्बन्धमा पनि जानकारी लिने जनाएको छ।

गत साउन १५ गते व्यास गाउँपालिका–२ का मालका जयसिंह धामी सदरमुकाम खलङ्गामा महाकाली नदीमा बेपत्ता भएका थिए। भारतीय एसएसबीले तुइन तर्ने क्रममा तुइनको तार फुकालिदिँदा घटना घटेको समाचार आएसँगै घटनाबारे अध्ययन गर्न छानबिन समिति दार्चुला पुगेको हो । बेपत्ता धामी अझै फेला परेका छैनन्।

बुधबार जिल्लास्थित पत्रकार, मानवअधिकारकर्मी, राजनीतिक दल र व्यास गाउँपालिकाका जनप्रतिनिधिसँग छलफल गरेपछि टोली आज गस्कु गएको हो। नेपाल–भारत जोड्ने तुइन लगाएको स्थानीय क्षेत्रको टोलीले अवलोकन गर्नेछ।

टोलीलाई १० दिनभित्र छानबिन प्रतिवेदन बुझाउन भनिएको छ। समितिमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट सदस्य छन्।

भारतीय प्रशासनले एसएसबीले गस्ती गरेको स्वीकार गरे पनि तुइन नकाटेको दाबी गरेको छ । छानबिन समितिको प्रतिवेदनअनुसार मात्रै सरकारले आवश्यक निर्णय लिने जनाएको छ।

यो पनि : ६८ लाखको अवैध समान बरामद, २२ फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले अवैध मालसमान ओसोरपसार कार्यमा संलग्नलाई कडाइ गरेको छ। प्रहरीले भन्सार छलेर अवैध तरिकाले विभिन्न जिल्लामा मालसमान भित्र्याउने कार्यमा संलग्नलाई धमाधम समात्न थालेको छ।

प्रहरीले यो एक साताभित्र नेपालगञ्जदेखि छिन्चुतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ख ००१२ बसमा लोड गरेको रु एक लाख ६५ हजार ६५७ को अवैध मालसमान, क.प्र.००२ ख ०१०९ बसमा राजस्व छली गरी अवैधरूपमा ल्याइएको रु तीन लाख २४ हजार १० र चितवनबाट सुर्खेततर्फ आउँदै गरेको प्रदेश नं ३–०१०२३ च ७१४२ नम्बरको जीपमा राजस्व छली ल्याइएको रु दुई लाख ८५७ बराबरको अवैध मालसमान बरामद गरेको थियो।

दाङदेखि जाजरकोटसम्म रा१क ३७ नम्बरको मिनी ट्रकमा राजस्व छली अवैधरूपमा लैजाँदै गरेको रु तीन ९६ हजार, नेपालगञ्जदेखि सुर्खेतसम्म क.प्र.०२००१ ख ०३५१ नम्बरको ट्रकमा ल्याउँदै गरेको रु पाँच लाख ६८ हजार ३९९ को अवैध सिमेन्ट सरिया, नेपालगञ्जदेखि भे१ज ९४३ नम्बरको जीप र ना८ख १३७ नम्बरको फोर्स गाडीमा ल्याइएको रु सात लाख ६६ हजार ८० बराबरको अवैध मालसमान बराम गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए।

त्यस्तै काठमाडौँदेखि जुम्ला जाँदै गरेको ना६ख ६३३८ नम्बरको बसबाट रु ४० लाख २६ हजारको अवैध मालसमान बरामद गरिएको प्रहरी उपरीक्षक विष्टले बताए। “हामीले बुधबारसम्म अवैधरूपमा कर छली गरेर ओसारपसार गरिएको कुल जम्मा रु ६८ लाख ३४ हजार ४७९ बराबरको अवैध मालसमान बरामद गरेका छौँ”, उनले भने, “त्यसमा संलग्न आठ सवारी चालकलाई पक्राउ गरी अनुसन्धान कार्य थालिएको छ ।” राज्यलाई कर छली गरी अवैध मालसमान ओसारपसार गर्नेलाई उच्च निगरानी राख्ने काम गरिएको उनले बताए।

यता जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले अदालतको फैसला कार्यान्वयन अभियानअनुसार गएको सातासम्म २२ फरार प्रतिवादी पक्राउ गरेको बताए। उनका अनुसार पक्राउ पर्नेमा पाँच महिला र १७ पुरुष छन् । उनीहरुलाई २२ वर्ष आठ महिना २८ दिन कैद र रु ५९ हजार १०० जरिवाना तोकिएको छ।

त्यस्तै लागुऔषध ब्राउन सुगरसहित १३ जनालाई पक्राउ र ६७ ग्राम ५१० मिलिग्राम लागुऔषध प्रहरीले बरामद गरेको छ । “यो साताभित्र २९७ भााडाबर्तनसहित नौ हजार १६२ लिटर तयारी तथा १६ हजार १८ कच्चा अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरिएको छ,” उनले भने, “दुई सय २० ग्राम गाँजा पनि बरामद गरिएको छ।”

त्यस्तै सुर्खेत प्रहरीले जुवाखालबाट रु दुई लाख १४ हजार ९७० बरामद गर्नुका साथै एक महिलासहित आठ जुवाडेलाई पक्राउ गरेको छ । रु एक लाख २३ हजारको ६१.५ क्युफिट साल सिसौको काठसहित दुई जनालाई पक्राउ गरी आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय सुर्खेतमा पठाइएको प्रहरीले जनाएको छ

 

प्रतिक्रिया