आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नारायणकाजी लाई उपप्रधानमन्त्री बन्नबाट रोक्ने प्रचण्डको भित्रि षडयन्त्र अब के हुन्छ ?

प्रकाशित
594
SHARES

काठमाडौँ। सत्तारुढ नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नै पार्टीका अध्यक्षलाई तारो बनाएका छन् । आफ्नै अध्यक्ष पचण्डले आफैबिरुद्ध प्रधानमन्त्री उचालेर षडयन्त्र गरेपछि उनले प्रचण्डलाई तारो बनाएका हुन् ।

उनले प्रतिनिधिसभा बिघटनको घटनामा निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली मात्रै दोषी नरहेको तथ्य खोलेका छन् । राष्ट्रियसभाको आजको बैठकमा बिशेष समय लिएर बोल्दै बिभाजनअघि तात्कालिन नेकपाका प्रवक्तासमेत रहनुभएका श्रेष्ठले प्रतिनिधिसभा बिघटनमा ओली मात्र नभई पुष्पकमल दाहाल, प्रचण्डसहितका नेताहरु पनि दोषी रहेको तथ्य खोलेका हुन् ।

श्रेष्ठले भने,यो मुलुकको यो बेहाल र दुराअवस्थाका निम्ति त्यो प्रवृत्तिका बाहक केपी ओली मात्रै जिम्मेवार हुनुहुन्थेन । सबै राजनीतिक पार्टीहरु, नेताहरु, योभन्दा अगाडि विभिन्न ढंगले सरकार चलाउनेहरु पनि एक वा अर्को रुपमा, एउटा वा अर्को हदसम्म जिम्मेवार थिए । श्रेष्ठले विगतमा गरिएका कमजोरीलाई सच्याउन आवश्यक रहेको समेत बताए । उनले भने, हामीले विगतमा गरेका कमीकमजोरीलाई निर्मम ढंगले समीक्षा गरी सच्याउनु जरुरी छ। प्रचण्ड र माधव नेपालकै कारण तात्कालिन प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बिघटन गर्न बाध्य हुनुपरेको तथ्य उतिबलै खोलेका थिए ।

श्रेष्ठले आज सो तथ्यलाई संसदको बैठकमै राखिदिएका हुन् । माओवादी अध्यक्ष पचण्डले आफैबिरुद्ध प्रधानमन्त्री उचालेर षडयन्त्र गरेपछि प्रवक्ता श्रेष्ठले आठ महिनापछि सत्य कुरा बाहिर ल्याइदिएका उनी निकट स्रोतले बतायो ।

स्रोतका अनुसार प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग भनेर श्रेष्ठलाई उपप्रधानमन्त्री बन्नबाट रोक्ने खेल खेलेका छन् । प्रचण्डकै बिशेष अनुरोधमा देउवाले श्रेष्ठलाई सरकारमा समावेश नगराउने निर्णय सुनाएका छन् ।

उनले प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका कसैलाई पनि सरकारमा सहभागी नगराउने भन्दै श्रेष्ठमाथि षडयन्त्र गरेका हुन् । देउवाको यो निर्णयसँगै बामदेव गौतम पनि रोकिनु पर्ने भएको छ ।एमालेको माधव नेपाल समूहबाट पनि बामदेव गौतम उपप्रधानमन्त्रीसहित सरकारमा जाने तयारी थिए। उनी पनि रोकिने निश्चित भइसकेको छ ।

यो पनि :

संयुक्त राष्ट्रसंघ यूएनको शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ । यूएन मिसनको प्रि–स्याट परीक्षाको प्रश्नपत्र लिक भएको आशंकापछि प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक डीआइजी वसन्त लामाको नेतृत्वमा छानबिन समिति बनाएर अनुसन्धान थालेको हो ।

गत १५ र १६ साउनमा प्रधान कार्यालय तथा सातवटै प्रदेश प्रहरी कार्यालयमा यूएनमा जाने प्रहरी कर्मचारीका लागि परीक्षा सञ्चालन हुँदै थियो । परीक्षामा प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सम्मका २ हजार ४ सय परीक्षार्थी सहभागी हुँदै थिए ।

तर, १६ गतेको परीक्षा सुरु हुनु अघिल्लो दिन नै प्रश्नपत्र बाहिरिएपछि प्रहरी प्रधान कार्यालयले रातारात नयाँ प्रश्नपत्रको सेट तयार गरेर परीक्षा सञ्चालन गर्नुपरेको थियो । सोही कारण परीक्षा निर्धारित समयभन्दा ढिला सुरु भएको थियो ।

तर, १५ गतेको परीक्षा भने पुरानै प्रश्नबाट भएको थियो । सो परीक्षाको भने प्रश्नपत्र आउट भए नभएको खुलेको छैन । प्रश्नपत्र लिक भएपछि प्रधान कार्यालयले यूएन शाखासँग जोडिएका प्रहरीमाथि निगरानी र सोधपुछ बढाइएको जनाएको छ । सो शाखाका केही प्रहरी भने नियन्त्रणमा समेत रहेको उच्च स्रोतको दाबी छ ।

छानबिन समितिले यूएन शाखाकै डीएसपी वासुदेव पाठक, तालिम केन्द्रमा कार्यरत अर्का डीएसपी रुपेश खड्का, प्रहरी निरीक्षक दिनेश पुनलगायतको संलग्नताको आशंकामा छानबिन गरिरहेको स्रोत बताउँछ । डीएसपी खड्का पनि परीक्षार्थी थिए । उनी केही समयअघिसम्म यूएन शाखामा नै कार्यरतसमेत रहेको बताइन्छ ।

हाल प्रहरी प्रधान कार्यालयले कसरी प्रश्नपत्र बाहिरियो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ । सो विषयमा यूएनशाखा प्रमुख एसपी अनुपम राणासँगसमेत जानकारी मागिएको छ ।यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया