आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

दुई किलो सुनसहित तीन भारतीय नागरिक पक्राउ, यस्तो छ तस्करी गर्ने तरिका

प्रकाशित
529
SHARES

काठमाडौँ। दुई किलो सुनसहित तीन भारतीय नागरिक पक्राउ, चाँदीको जलप लगाएर तस्करी
प्रहरीले झन्डै दुई किलो सुनसहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत राजस्थानका २७ वर्षीय साकिर अली, २८ वर्षीय अब्दुल सतार र २४ वर्षीय प्यार मोहम्मद छन् ।

महानगरीय अपराध महाशाखाबाट खटिएका प्रहरी टोलीले उनीहरूलाई बुधबार बिहान सिनामंगलस्थित मिर्चैया मल्हनिया गेस्टहाउसबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरूले सुनको बिस्कुटमा चाँदीको जलप लगाई तस्करी गर्दै थिए । उनीहरूबाट प्रहरीले एक किलो आठ सय ६६ ग्राम सुन बरामद गरेको छ । चाँदीको जलप लगाइएको सुन घोटेर परीक्षण गर्दा मात्रै खुलेको थियो ।

अनुसन्धानमा संलग्न महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले भने, ‘सुनजस्तो देखिने पहेँलो धातु बरामद भएको छ । चाँदीको जलप लगाई उनीहरूले तस्कारी गर्न लागेको खुलेको छ । भारतीय नागरिक पक्राउ परेका छन् । घटना सम्बन्धमा अनुसन्धान हुँदै छ ।

यो पनि : माधव नेपालले बोलाएको केन्द्रीय कमिटी बैठकमा नजान केपी ओली पक्षको चेतावनी

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले बोलाएको बैठकमा सहभागी नहुन अध्यक्ष केपी ओली पक्षले अपिल गरेको छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बुधबार साँझ प्रेस वक्तव्य जारी गरी बिहीबार केन्द्रीय कमिटी बैठक नबोलाएको बताएका छन् ।नेपालले पार्टी एकता र विपक्षी गठबन्धनका विषयमा आवश्यक निर्णय लिन बिहीबार केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।

तामाङले वक्तव्यमा भनेका छन्, ‘पटक–पटक एमालेको नामबाट अनधिकृत गतिविधि गर्ने र सो गतिविधिमा सरिक हुने विषय संविधान, प्रचलित कानुन, पार्टी विधानविपरीत हुने भएकाले सो गतिविधिमा नलाग्न पार्टी कार्यकर्ताहरूमा अपिल गर्दछु ।

यो पनि : पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गाैला प्रत्यारोपण सफल

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गाैला प्रत्यारोपण सफल भएको छ । भारतस्थित अपोलो हस्पिटलमा खनालको सफल मिर्गाैला प्रत्यारोपण गरिएको हो ।

खनालका स्वकीय सचिव कृष्ण भट्टराईले एक प्रेस नोट जारी गर्दै यसको जानकारी दिएका छन् । उक्त नोटमा भनिएको छ, ‘आज सर्जन डा. मिर्गाैला सन्दीप गुलेरिया नेतृत्वको टिमले पूर्वप्रधानमन्त्रीज्यूको मिर्गाैला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ। अब उहाँ केही समय अस्पतालमै आराम गर्नुहुनेछ र आराम भएपश्चात् नेपाल फर्किनुहुनेछ । यसैबीच उहाँको स्वास्थ्यप्रति चिन्ता र चासो राख्नुहुने सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दै यो सूचना सम्प्रेषण गर्दछु।’

प्रतिक्रिया