आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

देउवा प्रधानमन्त्री बनेको महिना दिन नबित्दै सर्वोच्चले दियो यस्तो कडा आदेश, अब के हुन्छ ?

प्रकाशित
1.8K
SHARES

काठमाडौँ । शेरबहादुर देउवा प्रधानमन्त्री बनेको महिना दिन नबित्दै सर्वोच्च अदालतले अर्को अन्तरिम आदेश दिएको छ । फ्लोर क्रस गर्ने कर्णाली प्रदेशसभाका ४ जना सांसदलाई निष्कासन गर्ने गरी यसअघि दिएको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेको छ ।

सर्वोच्च अदालतले फ्लोर क्रस गरेर माओवादी सरकार जोगाउन एमालेका चार सांसदमाथि पार्टीले गरेको कारबाहीलाई वैधानिक ठहर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासमा आज भएको सुनुवाइपछि अदालतले आफैं समावेश भएको संसदीय दलको निर्णयविपरीत फ्लोर क्रस गर्नु लोकतान्त्रिक पद्धति एवम् संस्कार र मान्यता अनुकूल नभएको ठहर गरेको हो ।

एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको कारबाहीलाई मान्यता नदिने आफ्नै अन्तरिम आदेश सर्वोच्चले खारेज गरेको हो ।कर्णाली प्रदेशका प्रदेशसभा सदस्यहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापालाई एमालेले ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गरेको थियो । तर एमालेले गरेको सो कारवाहीलाई न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले बदर गरिदिएको थियो ।

ओलीले भने केन्द्रीय कमिटीले निर्णय गरेर दशौं राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन भएको र सो आयोजक समिति नै एमालेको आधिकारिक कार्यकारी कमिटी भएको दावी गर्दै उक्त आदेश खारेजीको माग गरेका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानको इजलाशले यसअघि एमालेको दशौ राष्ट्रिय महाधिवेशन कमिटिले गरेको कारबाही कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । पार्टीको निर्देशनविपरित माओवादी केन्द्र नेतृत्वको कर्णाली प्रदेश सरकारलाई विश्वासको मत दिएका ४ जना प्रदेश सांसदहरुलाई कारबाही गरेको थियो ।

त्यस्तै पूर्वमाओवादी केन्द्रका नेताहरुको रिट निवेदनमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । माओवादी केन्द्रले सांसद पदसमेत नरहने गरी पार्टीबाट गरेको कारवाहीलाई चुनौती दिँदै पूर्व माओवादी नेता लेखराज भट्ट सहित चार नेताले सर्वोच्च अदालतमा रिट हालेका थिए ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सो मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वोच्चले माओवादी केन्द्रलाई कारवाही गर्नुको कारण सोध्दै ‘कारण देखाउ’ आदेश दिएको छ ।

पूर्व माओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरी शंकर चौधरी र प्रभु शाहले साउन १३ मा आफूविरुद्धको कारवाही अन्यायपूर्ण रहेको भन्दै रिट दायर गरेका थिए । निवेदकहरुले माओवादी केन्द्र र निर्वाचन आयोगलाई विपक्षी बनाएका थिए ।

ओलीले दिए देउवा सरकारलाई यस्तो संज्ञा, भने- दादागिरी देखाउन थालिसक्यो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ‘प्रतिगामी’ को संज्ञा दिएका छन् । उनले सरकारले दादागिरी देखाउन थालेको पनि आरोप लगाए ।

आइतबार तुलसीलाल अमात्यको २४ औं स्मृतिका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवा नेतृत्वको सरकार बनेदेखिनै प्रतिगामीहरुको दादागिरी सुरु भएको बताए । ‘दमन गर्ने काम भैसक्यो, खाना खान नदिएर रोक्ने काम भैसक्यो । भद्दा राजनीतिकरण सुरु भैसक्यो’, अध्यक्ष ओलीले भने, ‘यो अलोकतान्त्रिक तरिकाको कास्टिङ मात्रै हो । हामी यस्ता सवै कुराको प्रतिवाद र आवश्यक परे प्रतिरोध पनि गर्छौ ।’

उनले देउवा नेतृत्वको ‘प्रतिगामी’ सरकार निष्ठा छोडेर दक्षिणपन्थीसँग मिल्न गएको बताए । ‘हाम्रा पार्टीका केही बिग्रिएका तत्वहरुले गर्दा प्रतिगामीहरुको सरकार बन्ने यो स्थिति आएको हो’, ओलीको भनाइ छ ।

त्यसक्रममा उनले केही स्वार्थी लोभिपापीहरुका कारण नेकपा फुटाइएको पनि बताए । ओलीले अनुशासनहीन र अराजकहरुले नै नेकपा फुटाएको आफ्नै पार्टीको नेतृत्वको सरकार पनि ढालेको आरोप लगाए । उनले त्यस्ताहरुले कम्युनिस्ट आन्दोलनलाई अघि नबढाउने दावी पनि गरे ।

‘कम्युनिस्ट आन्दोलनभित्र यस्ता अत्यन्तै दुखद् पात्र र प्रवृत्तिहरू छन् । यस्ताबाट पार्टीलाई बचाउनुपर्छ । विचारबाट पार्टी चलाउनुपर्छ’, उनले माधव नेपाल समूहप्रति लक्षित गर्दै भने, ‘आफ्नै पार्टीको सरकार ढालेर प्रतिपक्षमा पुगेर बेसरम कामहरु भएका छन् ।’ ओलीले तुलसीलालका खास अनुयायी आफूहरु भएको दावी पनि गरे ।

‘आन्दोलन र अथक संघर्षको पर्याय हुन् तुलसीलालहरु । उहाँहरुले सिर्जना गरेको आन्दोलनका उत्तराधिकारी हामी यो आन्दोलनलाई कमजोर बनाउन दिँदैनौ’, ओलीले भने, ‘तर आन्दोलनलाई कमजोर बनाउन खोज्ने, अग्रगमन र परिवर्तनका विरुद्ध लागिरहेका हुन्छन् ।’

उनले ऋषिमुनिका कालखण्डमा यज्ञ र ध्यान पनि भत्काउने तथा बिगार्ने षड्यन्त्र हुने गरेको भन्दै अहिले पनि एमालेमाथि त्यस्तै षड्यन्त्र भइरहेको बताए । उनले विगतमा पनि नेपाली राजनीतिमा सालिक भत्काउनेदेखि पुस्तक डढाउने काम भएको उल्लेख गर्दै ती सवै उन्मादबाट भएको बताए ।

 

प्रतिक्रिया