आज : गते

ताजा शिर्षकहरु

गभर्नरले ११ महिलालाई यौ’न दुर्व्यवहार गरेको खुलासा, देशैभर तरंग, यसो भन्छन राष्ट्रपति

प्रकाशित
2.5K
SHARES

काठमाडौँ । अमेरिकाको न्युयोर्क राज्यका गभर्नर एन्ड्रु कुमोले ११ जना महिलामाथि यौन दुर्व्यवहार गरेको रिपोर्ट सार्वजनिक भएको छ।डेमोक्र्याटिक पार्टीका गभर्नर कुमोले कार्यस्थलमा दुर्व्यवहार गरेको एक जना महिलाले सार्वजनिक गरेपछि अनुसन्धान थालिएको थियो।

मंगलबार राज्यकी महान्यायाधीवक्ताले लेतितिया जेम्सले पाँच महिना लामो अनुसन्धानको रिपोर्ट सार्वजनिक गरेकी थिइन्। उक्त रिपोर्टमा ६३ वर्षीय कुमोले गलत नियतले महिलाहरूलाई छुने, चुम्बन गर्ने, अँगालो मार्ने र भद्दा प्रतिक्रिया दिने गरेको उल्लेख गरिएको छ।

उक्त रिपोर्ट प्रकाशित भएपछि कुनै बेलाका पार्टीका स्टार मानिएका कुमोले राजीनामा दिनु पर्ने माग डेमोक्र्याटहरूले नै गरेका छन्। ह्वाइटहाउसमा संवाददाताहरूसँग कुरा गर्दै राष्ट्रपति जो बाइडेनले कुमोले राजीनामा दिनु पर्ने बताएका छन्।

राज्यको संसदले उनलाई महाअभियोग लगाउन सक्ने भए पनि कुमोले राजीनामा दिनु पर्ने बाइडेनको भनाइ छ। तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीले पनि विज्ञप्ति जारी गर्दै कुमोले पद छोड्नु पर्ने बताएकी छन्।

कुमोले भने आफ्नो बोली र व्यवहारलाई केही मानिसले गलत रूपमा बुझेकाले उक्त रिपोर्ट अन्यायपूर्ण भएको बताएका छन्। आफूले गल्ती नगरेकाले राजीनामा नदिने उनको जिकिर छ। कुमो सन् २०११ मा न्युयोर्कको गभर्नर बनेका थिए। त्यसअघि उनी सोही राज्यका महान्यायाधीवक्ता थिए।

त्यस्तै अमेरिकाले आफ्नो फौज फिर्ता लिने ‘आकस्मिक’ निर्णय देशको खस्कँदो सुरक्षास्थितिको प्रमुख कारक भएको अफगानिस्तानका राष्ट्रपति असरफ घानीले बताएका छन् ।

“हाम्रो वर्तमान अवस्थाको कारक अमेरिकी नेतृत्वको रहेको उत्तर एटलान्टिक सैनिक सङ्गठन (नेटो) सेनालाई अफगानिस्तानबाट फिर्ता गर्ने निर्णय हो,” उनले अफगान संसदमा भने ।

उनले वासिङ्टनलाई यो निकासले गलत ‘परिणाम’ ल्याउने चेतावनी दिएको टोलो न्युजले लेखेको छ । राष्ट्रपति घानीले राष्ट्रिय सभाको विशेष सत्रमा अफगानिस्तानले अस्तित्वको परीक्षणको सामना गरिरहेको र यो परीक्षण सफलतापूर्वक पारित गर्न देश एकजुट हुनुपर्ने कुरा बताए ।

घानीले मुलुकको सुरक्षा अवस्था सुधारका लागि ६ महिने सुरक्षा योजना को सुरुवात गर्ने घोषणा पनि गरे । उनले अफगानिस्तानमा विदेशी सैन्य उपस्थितिको अवधि समाप्त भएको र अब अफगानीहरूले आफ्नो भविष्य निर्धारण गर्ने जिम्मेवारी भएको बताए । राष्ट्रपति घानीले आफ्नो भाषणमा वर्तमान समयले मुलुकमा शान्ति र सद्भाव निर्माणको अवसर प्रदान गरेको र अबको समय एकता र ऐक्यवद्धताको समय भएको बताए।संसदका दुवै सदनका सदस्यहरूलाई सम्बोधन गर्दै घानीले देशले देशभरि हजारौंसँग सम्पर्क भएका तालिबानबाट ‘आक्रमण’ को सामना गरिरहेको र शासनको रक्षा गर्न अफगान सेनालाई जुटाउनु आवश्यक रहेकाे बताए ।

तालिवानतर्फ सङ्केत गर्दै राष्ट्रपति घानीले भने, “अफगानीहरूबीचको शत्रुता गम्भीर बिषय हो । अहिलको अवस्थामा कुनै पनि समूहले आत्मसमर्पण गर्ने देखिएको छैन ।”

उनले थपे, तालिवानहरूले आफ्ना हिंसात्मक आक्रमणलाई सशक्त बनाएका छन् । “वास्तविकता के हो भने, गत तीन महिनामा हामीले अप्रत्याशित परिस्थितिको सामना गरेका छौं । हामीले आन्तरिक र बाह्य अफवाहको सामना गरिरहेका छौं ।”

घानीको यो भनाइ अफगास्तिानको सुरक्षा बलले तालिबानलाई नियन्त्रणमा राख्न संघर्ष गरिरहेका समय आएको छ । अफगानिस्तानको दक्षिण क्षेत्रमा लश्कर गाहमा सुरक्षा बल र तालिवान समूहबीच रातभर लडाइँ जारी रहेको थियो तर अफगानिस्तानको सेनाले तालिबानको पछिल्लो आक्रमणलाई विफल पारेको दावी गरेको छ ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ