आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एमसीसीको पक्षमा मतदान गर्ने नेतामाथि भौतिक कारवाही गरिने, यस्तो छ चेतावनि

प्रकाशित
767
SHARES

काठमाडौँ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काट्दा नदीमा खसेर बेपत्ता भएका दार्चुलाका जयसिंह धामीलाई शहीद घोषणा गर्न माग गरेको छ।

घटनाको विरोधमा आज शान्ति बाटिकामा आयोजित कोणसभामा बोल्दै सो पार्टीका सचिवालय सदस्य सन्तोष बुढा मगरले धामीलाई शहीद घोषणा गर्न माग गरेका हुन्। भारतीय सुरक्षाकर्मीले तुईन काटेर योजनावध्द रुपमा धामीको हत्या गरेको भन्दै उनले दोषीलाई कारवाही गर्न सरकारसँग माग पनि गरे।

बुढाले एमसीसीको पक्षमा हस्ताक्षर गर्ने सांसदको औंला काट्ने चेतावनी पनि दिएका छन् । संसदबाट एमसीसी अनुमोदन गर्ने तयारी भैरहेको भन्दै उनले एमसीसी पास गर्न हस्ताक्षर गर्नेको औला काटिदिने चेतावनी दिएका हुन्।

संसदीय व्यवस्था असफल भैसकेको भन्दै उनले मुलुकमा देखिएका अहिलेका समस्या समाधान गर्न जनमत संग्रहमा जानुपर्नेमा जोड दिए । सो क्रममा उनले अघिल्लो सरकारले आफूहरुसँग गरेको तीन बुँदे सहमति पालना गर्दै थुनामा रहेका पार्टीका कार्यकर्ता रिहाइ गर्न सरकारलाई आग्रह पनि गरे । जनआस्थामा खबर छ।

यो पनि : माओवादी केन्द्रमा भएजतीका सांसद सबै मन्त्री बन्न प्रचण्डलाई दवाव दिइरहेको बेलामा माओवादी केन्द्रकै एक सांसदले संसद भवनमै प्रचण्डमाथी व्यंग्य ठोकेका छन्। मन्त्री छान्न नसकेर ठूलो तनाव भयो भनेर सार्वजनिक लाचारी गर्ने प्रचण्डलाई आफ्नै सांसदले मन्त्री छान्ने तरिका संसद मार्फत सिकाइ दिएका छन्।

मंगलवार प्रतिनिधि सभा बैठकको विशेष समयमा जुम्लाबाट प्रत्यक्ष निर्वाचित सांसद गजेन्द्र महतले व्यंग्यात्मक शैलीमा मन्त्रीका लागि लाइसेन्सको व्यवस्था गर्न प्रस्ताव गरेका हुन्। मन्त्री छान्नका लागि दलहरूलाई सकस परिरहेको समयमा माओवादी केन्द्रका सांसद बोहोराले विभिन्न शर्तसहित मन्त्री बन्नका लागि लाइसेन्स जारी गर्न संसद्‌मा प्रस्ताव गरेका छन्।

समाचारमा आयो मन्त्री चुन्न सकस भयो भनेर अब हामी के गरौ भने एउटा लाइसेन्स जारी गरौँ मन्त्रीको लाइसेन्स १ मन्त्री बन्नका लागि शर्त राखौँ–पार्टी स्थायी कमिटी सदस्य हुनुपर्ने, टन्न पैसा भएको हुनुपर्ने। यो भन्दा अगाडि दुईपटक मन्त्री भएकै हुनुपर्ने। भरसक धेरै पार्टी फेरबदल गरेको हुनुपर्ने। पार्टी नेतृत्वलाई घुर्की, धाक र धम्की दिन सक्ने। पार्टी गुटमा आबद्ध भएकै हुनुपर्ने । भरसक पति, पति नभए पत्नी त्यो पनि राखौं, महतले संसद् बैठकमा भने, नेतृत्वको वरिपरि घुमेर खुशी बनाउने भएको। भ्रष्टाचार र कमिसनको सबै दुला थाहा पाएको, त्यो क्षमता भएको माननीयलाई मन्त्री बनाउने शर्त राखौँ। सदनमा आइराख्न नपर्ने यसो झल्याकझुलुक गरे हुने प्रावधान राखौँ।

मन्त्रीका आकांक्षी धेरै भएको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा मन्त्री छान्न सकस भएको सार्वजनिक अभिव्यक्ति दिएका थिए। प्रचण्ड मन्त्री छान्नैका लागी यती सम्म सकसमा परेका छन् की यो पटक पनि मन्त्री बन्न नपाए प्राण त्याग्ने सम्मको चेतावनी माओवादीका सांसदहरुले प्रचण्डलाई दिन थालिसकेका छन्।

आफ्नै पार्टीका सांसदले संसदमै उभिएर यस्तो भन्ने थाले पछि माओवादी केन्द्र भित्र मन्त्री छान्ने बिषयमा कतीको लफडा परिरहको रहेछ भन्ने सहजै अनुमान लागाउँन सकिन्छ। केपी ओलीले प्रतिगमन गरको भनेर ओलीलाई परमादेशबाटै भए पनि हटाएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएका माओवादीक केन्द्रका अध्यक्ष प्रचण्ड आफ्नै पार्टी भित्र भने मन्त्री छान्न नसकेर लाचार बनेका छन्। संसदको आजकै बंैठकमा पूर्वमन्त्री एवं एमाले सांसद शेरबहादुर तामाङले सरकार बनाउँन नसके आफू सँग कोचिङ लिन आउँनुस भन्दै प्रधानमन्त्री देउवालाई जवाफ फर्काएका छन्।

प्रतिक्रिया