आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोना संक्रमण बढेको भन्दै काठमाडौँ प्रशासन जारी गर्यो कस्तो कडा चेतावनी, अब यी कार्य गर्न नपाइने

प्रकाशित
322
SHARES

काठमाडौँ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना भाइरसको तेस्रो लहर आउने सम्भावना देखिएको भन्दै स्वास्थ्य मापदण्डविपरीत भीडभाड र धर्ना, जुलुस, नगर्न आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मंगलबार जरुरी सूचना जारी गर्दै निषेधाज्ञाकै अवधिमा उपत्यकामा भीडभाड हुने क्रियाकलाप गर्दा संक्रमण वृद्धि भएकोले त्यसो नगर्न सचेत गराएका हुन् ।

निषेधाज्ञा जारी रहेको तथा संक्रमणको जोखिम उच्च रहेको वर्तमान अवस्थामा विभिन्‍न समूहबाट भीडभाडजन्य क्रियाकलाप गर्ने, विभिन्‍न प्रकारका सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, र्‍यालीजस्ता गतिविधिमा संलग्‍न रहने, तोकिएको स्वास्थ्य मापदण्डको परिपालाना नगर्ने,’ सूचनामा भनिएको छ,’मास्कको उचित प्रयोग नगर्ने, भौतिक दुरी कायम नगरी अव्यवस्थित रुपमा सार्वजनिक गतिविधि सञ्‍चालन गर्नाले कोभिड १९ को संक्रमण दर अझ उच्च हुन गई तेस्रो लहर आउन सक्ने सम्भावना देखिएकोले स्वास्थ्य मापदण्डविपरीत यस्ता गतिविधिहरु नगर्न/नगराउन सबै पक्षलाई सूचित गरिन्छ ।

प्रमुख जिल्ला अधिकारी पराजुलीले जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गरी गतिविधि गरे/गराइएको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही हुने चेतावनी पनि सूचनामार्फत दिएका छन् ।

यो पनि पढ्नुस : सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्‍‌ बैठकले भूमिसम्बन्धी आयोग खारेज गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

उक्त आयोग केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको थियो । मन्त्रिपरिषद् बैठक आयोगको देशभरिकै संरचनाको खारेज गरेको हो ।ओली सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बाँड्न भन्दै देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा आयोग गठन गरेको थियो ।

प्रतिक्रिया