आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रधानमन्त्री देउवाले रोकेको डा. गौतमको सरुवा कसरि भयो सदर ? खुल्यो यस्तो बेग्लै रहस्य

प्रकाशित
635
SHARES

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार गरिएको कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीको सरुवालाई मात्रै सदर गर्दै अन्यको सरुवा स्थगित गरिदिएका छन् ।

स्वास्थ्य मन्त्रालयको जिम्मा समेत सम्हालिरहेका प्रधानमन्त्री देउवाले राज्यमन्त्री उमेश श्रेष्ठले गरेको स्वास्थ्य समन्वय महाशाखामा डा. विवेकलाल कर्ण र सार्क क्षयरोग केन्द्रमा डा. रिता भण्डारीको सरुवा गर्ने निर्णय बुधबार स्थगित गर्न निर्देशन दिएका हुन् ।

स्वास्थ्य मन्त्रालयस्थित उच्च स्रोतका अनुसार प्रधानमन्त्री देउवाको निर्देशनमा अन्य सरुवा हाललाई स्थगित गरिएपनि डा. जागेश्वर गौतमलाई प्रसुती तथा स्त्री रोग अस्पतालमा गरिएको सरुवालाई कायम राखिएको छ ।डा. जागेश्वर गौतम बाहेक अन्यको सरुवा स्थगित भएको छ,’ स्रोतले भने, डा. गौतमलाई वीरको प्रमुख प्रशासकीय अधिकारीबाट हटाइएकै हो ।

यस्तै मन्त्रालयका उच्च स्रोतका अनुसार डा. गौतमको स्थानमा डा. भुपेन्द्र बस्नेतलाई निमित्त प्रमुख दिने तयारी पनि भइरहेको छ। डा. गौतमको सरुवासँगै राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक सर्जनलाई वीरको प्रशासकीय अधिकारीको जिम्मेवारी दिइएको थियो । मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले समेत सरुवाको निर्णयलाई पुष्टि गरेका थिए ।

स्वास्थ्य राज्यमन्त्रीको संलग्नतामा गरिएको उच्च अधिकारीको सरुवामा प्रधानमन्त्रीले हस्तक्षेप गरेका छन् । सोमबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले गरेको चार जना स्वास्थ्य अधिकारीको सरुवा निर्णयबारे हस्तक्षेप गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले ‘होल्ड’ गराएका हुन् ।

मन्त्रालयले कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमलाई प्रसूति गृहमा सरुवा गरी राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत डा. रुद्र मरासिनीलाई नियुक्त गरेको थियो ।

यस्तै सार्क क्षयरोग केन्द्रका प्रमुख डा. विवेक लाललाई मन्त्रालयको समन्वय शाखामा तानिएको थियो भने ११ महिनादेखि मन्त्रालयमा जगेडामा बस्दै आएकी रिता जोशीलाई डा. लालको ठाउँमा पठाइएको थियो ।

तर राज्यमन्त्रीले गरेको सरुवा तत्काललाई कार्यान्वयन नगर्न प्रधानमन्त्री देउवाले निर्देशन दिइसकेको मन्त्रालयका एक उच्च अधिकारीले बताए । अहिले स्वास्थ्य मन्त्रीको नेतृत्व पनि देउवाले नै सम्हाल्दै आएका छन् ।स्वास्थ्य राज्यमन्त्री नियुक्त हुँदै विवादमा तानिएका श्रेष्ठको सरुवाको निर्णयबाट देउवा असन्तुष्ट बनेको बताइएको छ ।

प्रतिक्रिया