आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

लुम्बिनीमा नयाँ सरकार बनाउन अन्तिम कसरत, यसरी हुँदैछ शंकर पोखेरलको बहिर्गमन

प्रकाशित
473
SHARES

काठमाडौं। लुम्बिनीमा नयाँ सरकार गठनका लागि बहुमत सांसदको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाइयो, लुम्बिनी प्रदेशमा कांग्रेससहितका विपक्षी गठवन्धन दलका सांसदहरुले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखसँग आग्रह गरेका छन्।

नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,जसपा र राष्ट्रिय जनमोर्चाका बहुमत ४१ सांसदको हस्ताक्षर जुटाई प्रदेश प्रमुख अमिक शेरचनलाई संविधानको धारा १७८ को उपधारा २ अनुसार नयाँ सरकार गठनको आह्वान गर्न निवेदन दिएका हुन्।

माओवादी केन्द्रका संसदीयदलका उपनेता कृष्णध्वज खड्काले भने, मुख्यमन्त्री शंकर पोखरेल यस अघि नै अल्पमतमा परेपनि बिभिन्न जालझेल गरि सरकार टिकाएका थिए,संविधान अनुसार अहिले गठबन्धनको बहुमत पुगेकाले हामीले बहुमतको सरकारका लागि दावी गरेका छौँ।

तत्कालीन नेकपाको विभाजन र एमालेको आन्तरिक द्वन्द्वका कारण कर्णाली र सुदुरपश्चिम प्रदेशमा एमालेका माधवनेपाल समूहले सहयोग गरेपनि लुम्बिनी प्रदेशमा हस्ताक्षर नगरेको सांसद खड्काले जानकारी दिए। यस अघि बैसाख ६ गते नै विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका थिए।

यो पनि : लुम्बिनी प्रदेशको प्रदेशसभा बैठक पनि बस्दैछ। बैठक दिउँसो एक बजेका लागि आह्वान गरिएको प्रदेशसभा सचिवालयका प्रवक्ता हरिहर पोख्रेलले जानकारी दिए।

बैठकमा माओवादी केन्द्रले प्रदेश सांसदहरुलाई कारबाही गरेको जानकारी गराउने तयारी गरेको छ। माओवादी केन्द्रले लुम्बिनी प्रदेश सांसद दधिराम न्यौपाने र दिनेश पन्थीलाई कारबाही गरेको छ। केन्द्रले दुई सांसदलाई कारबाही गरेको पत्र प्रदेशसभा सचिवालयमा दर्ता गरेको छ। दुवै जना एमालेमा प्रवेश गरेपछि माओवादीले कारवाही गरेको हो।

न्यौपाने रुपन्देही १ ख बाट र पन्थी गुल्मी २ ख बाट निर्वाचित भएका थिए। न्यौपाने र पन्थीलाई चैत १२ गते २४ घन्टे स्पष्टीकरण सोध्दा उनीहरुले स्पष्टीकरण नबुझाएपछि कारवाही प्रक्रिया अगाडी बढाउन प्रदेश सभामा पत्र दर्ता गराएको माओवादीले जनाएको छ।

प्रतिक्रिया