आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भारतविरुद्ध मैदानमा प्रचण्ड: देउवा सरकारलाई उचाले जुरुक्कै, अब के गर्लान मोदी ?

प्रकाशित
434
SHARES

काठमाडौँ।  सत्तारुढ नेकपा माओवादी केन्द्रले सीमा सुरक्षा बल (एसएसबी) ले तुइनको लठ्ठा फुस्काइदिँदा नेपाली नागरिक महाकाली नदीमा खसेको घटनालाई लिएर भारतसँग गम्भीर आपत्ति जनाएका छन् । प्रचण्डले गम्भीर आपत्ती जनाउन देउवा सरकारसँग जोडदार माग गरेपछि तरंग पैदा भएको हो।

माओवादी स्थायी कमिटीको आइतबार बसेको बैठकले घटनाबारे गम्भीर ध्यानाकर्षण भएको बताएको छ। सँगै भारतीय एसएसबीले तुइनको तार काटेका कारण नेपाली नागरिक नदीमा खसेको खबर आएको भन्दै त्यसबारे तत्काल छानविन गर्नुपर्ने उनको ठहर छ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले भनेका छन्,  भारतसँग गम्भीर आपत्तिसहित आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउन सरकारसँग माग गर्ने निर्णय गरेको छ ।

शुक्रबार विहान जयसिंह धामी तुइन तर्दै गर्दा एसएसबीले तारको लठ्ठा फुस्काइदिएका थिए । तुइनको तारसहित माहाकाली नदीमा खसेका जयसिंह बेपत्ता छन् ।घटनाबारे छानविन गर्न गृह मन्त्रालयले सचिवको नेतृत्वमा समिति बनाएको छ । भारतले भने यो घटनामा एसएसबीको संलग्नता नरहेको जिकीर गरेको छ ।

यो, पनि :   पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक अर्को ठूलो राजनीतिक खुलासा गरेका छन् । प्रचण्डले हाल सत्ता गठबन्धनमा रहेका एमाले वरिष्ठ नेता माधवकुमार नेपाल एमालेमै फर्किन लागेको भन्दै सनसनीपूर्ण खुलासा गरेका हुन् ।

आइतबार पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकमा ब्रिफिङ गर्दै उनले एमाले नेता नेपाल समूह सरकारमा नआउने विश्लेषण सुनाएका हुन् । परिस्थिति अहिले अलिकति फेरिएको छ । माधवजी एमालेमै फर्किने सम्भावना बढेको छ । यो विषयमा शेरबहादुरजी र उपेन्द्रजीसँग छलफल गर्नुपर्ने भयो,’ उनको भनाइ उद्दृत गर्दै स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले भने ।

प्रचण्डले विगत तीन दिनदेखि नियमित रूपमा नेता नेपालसँग संवाद गरिरहेका छन्। आइतबार पनि उनले कोटेश्वरस्थित निवासमा पुगेर नेता नेपालसँग भेटवार्ता गरेका थिए। गत साता बसेको स्थायी समिति बैठकमा प्रचण्डले माधव नेपाल समूह सरकारमा सहभागी हुने बताएका थिए ।

प्रतिक्रिया