आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

हेलम्बु र मेलम्ची क्षेत्र ऊच्च जोखिममा – यस्तो छ विज्ञ टोलीको निस्कर्ष

प्रकाशित
604
SHARES

मुहानमा ठुलो मात्रामा गेग्रिन माटो रहेको पाइयो : सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा शनिवार अचानक बाढी आएपछि राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले सो क्षेत्रको हवाई निरीक्षण गरेको छ । विज्ञ टोली सहित हवाई निरीक्षणबाट फर्केपछि प्राधिकरणले पत्रकार सम्मेलन गरेर पाँचपोखरी थाङपाल, हेलम्बु र मेलम्ची क्षेत्रमा दुई महिना अझै जोखिम रहेको जानकारी दिएको छ । स्थानीय जनप्रतिनिधि र विज्ञ सहित प्राधिकरणको टिमले आइतबार मेलम्ची खोलाको मुहानसम्म निरीक्षण गरेको थियो ।

यो पनि : मेलम्चीमा पुनः बाढी : रेडियो मेलम्चीको भवन र चनौटेको रातो पुल बगायो, मेलम्चीमा आएर मिसिने याङ्ग्री र लार्के खोला तथा मेलम्ची खोलाको मुहानमा ठुलो मात्रामा गेग्रिन माटो रहेको राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणका सिइओ अनिल पोखरेलले बताए ।

त्यहाँका माटोको स्याम्पल परीक्षण गर्न दिएका छौँ’ पोखरेलले भने – नदीको मुहान क्षेत्रमा चुनको मात्रा धेरै भएको गेग्रिन रहेको पाइयो, सो गेग्रिन सामान्य पानी परेपछि लेदो हुने र पानी नपर्दा चट्टानी स्वरूपको हुने गरेको देखियो ।

थोरै पानीले पनि गलाउने गेग्रिन मुहानमा भएको हुनाले गेग्रिन लेदो बनेर बग्दा तल्लो भागमा धेरै कटान गरेको विज्ञ टोलीको निष्कर्ष छ । मुहानमा विमानस्थल जत्रो आकारमा गेग्रिन जमेर बसेको हुनाले अबको दुई महिना पानी पर्दा सो भाग बगेर फेरी तल्लो भागमा क्षति हुनसक्ने खानि तथा भूगर्भ विज्ञ शिव कुमार बाँस्कोटाले बताए ।

प्राधिकरणले सिंहदरबारमा आयोजना गरेको पत्रकार सम्मेलनमा बाँस्कोटाले भने–‘यस्तो बाढी फेरि दोहोरिन सक्छ । प्राधिकरणले असार १ मा बाढी आएपछि अन्तर्राष्ट्रिय एजेन्सीहरुसँग समन्वय गरेर मेलम्ची, याङ्ग्री र लार्के खोलाको माथिल्लो भागमा ड्रोन मार्फत सर्वेक्षण गरेको थियो ।

हिमालय रेन्जमा यत्ति ठुलो डेब्री फ्लो हामीले बेहोरेका थिएनौँ’ प्राधिकरणका सिइओ पोखरेलले भने – दोलालघाट र त्यसभन्दा तलसम्म पर्ने बाढीको प्रभावको अध्ययन सुरु गरेका छौँ । थोरै पानी हुँदा पनि ऊर्जा उत्पन्न हुनसक्ने खोलाको बनोटले गर्दा मेलम्ची र हेलम्बु क्षेत्रमा कटान धेरै भएको प्राध्यापक विष्णु पाण्डेले बताएका छन् । स्थलगत भ्रमणबाट फर्केका पाण्डेले भने–‘पहिरोले थुनेर आएको बाढी होइन किनभने, पहिरोले बहावलाई धेरै समय थुन्न सक्दैन।

पुलचोक क्याम्पसका प्राध्यापक डा. वसन्त अधिकारीले पुरानो समयदेखि थुप्रिएको गेग्रिन फेरी ‘रिएक्टिभेट’ भएको बताए । डा. अधिकारीले भने–‘खोला बग्दाबग्दै गेग्रिन मिक्स भएर आएको हुनसक्छ, ऊर्जावान् बाढीले तल्लो भाग खियाइरहेको छ । विज्ञ समूहले मेलम्ची क्षेत्रको चनौटेमा सबैभन्दा धेरै कटान भइरहेको जानकारी दिएको छ ।

विस्तृत अध्ययन जरुरीप्राधिकरणले ६ जना विज्ञ टोली सहित स्थलगत अनुगमन गरेको छ । विज्ञहरूले सो क्षेत्रको विस्तृत अध्ययन गर्नुपर्ने सुझाव दिएका छन् । उप–सचिव एवं हाइड्रोलोजिस्ट राजेन्द्र शर्माले मेलम्ची र हेलम्बु क्षेत्रमा हिमनदीले बगाएर ल्याएको चट्टानबाट बनेका चउर भेटिएको जानकारी दिँदै भने हेमाङथान जस्ता चउरको बारेमा अझै अध्ययन गर्न जरुरी छ ।’सो क्षेत्रमा १०–१५ दिनको फरकमा लेदो बगिरहेको बताउँदै शर्माले भने – विस्तृत अध्ययन गर्नु जरुरी छ, त्यहाँको बस्ती सार्नेबारेमा पनि अध्ययन गर्न जरुरी छ ।

प्रतिक्रिया