आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

माओवादीले पैसाको खोलो बगाएर एमाले सांसद किनेको खुलासा, यसरी खुल्यो पोल

प्रकाशित
0.9K
SHARES

काठमाडौं। लुम्बिनी प्रदेशसभाकी सांसद विमला खत्री सम्पर्कमा आएकी छन् ।तीन दिनदेखि सम्पर्कविहीन भनिएकी दाङ ‘ख’ उपनिर्वाचनबाट निर्वाचित विमला उपचार गराइरहेको अवस्थामा भेटिएकी हुन् । नेपालगन्जबाट उपचार गरेर उनी बुटवल फर्किसकेकी छन् ।

तत्कालीन नेकपाबाट उपनिर्वाचनमा निर्वाचित विमलाले एकता भंग हुँदा माओवादी केन्द्र रोजेकी थिइन् । उनी पार्टी एकीकरण अगाडि एमाले भए पनि माओवादी रोजेपछि विभिन्न आशंकाहरु भएका थिए । जुन अहिले सत्य सावित भएको छ ।

माओवादी केन्द्रले शंकर पोखरेलको सरकार ढाल्न उनलाई आर्थिक प्रलोभन र मन्त्री बनाउने आश्वासन दिएर लगेको खुलासा भएको हो । त्यतिबेला पोखरेललाई हटाउन माओवादीले सकेन । बहुमत पुगेन । अहिले फेरि हटाउने प्रयास गरेको छ । यस्तो बेला माओवादीमा रहेकी विमला एमालेतिर फर्किएकी छन् ।

स्रोतका अनुसार माओवादीको आधा करोड भन्दा बढी अर्थात ५५ लाख रुपैयाँ फिर्ता गर्ने शर्तमा उनी पुरानै पार्टी एमालेमा फर्किएकी हुन् । उनी मुख्यमन्त्री पोखरेलको सम्पर्कमा छिन् ।

विमलालाई माओवादी लुम्बिनी प्रदेश इन्चार्ज एवं पूर्वसभामुख ओनसरी घर्ती र प्रदेश सांसद सुदर्शन बरालले पैसा दिएको स्रोतको दाबी छ । पैसा पाएपछि अन्तिम समयमा उनी माओवादी केन्द्र रोजेकी थिइन् ।

माओवादी सांसद इन्द्रजित थारुले अलिअलि प्रलोभन हुनसक्ने तर आधा करोड पैसा नै बुझाएको भन्नेमा आफूलाई विश्वास नभएको बताए । प्रदेश इन्चार्ज घर्तीले यो नितान्त सांसदहरूको कुरा भएका कारण आफू संलग्न नभएको दाबी गरिन् ।

थारुले विमला आफूहरुको सम्पर्कमा नभएको जानकारी दिए । तर एमाले स्रोतका अनुसार प्रदेश सांसद मानबहादुर रावतको सम्पर्कमा विमला छिन् ।विमलालाई एमालेममा ल्याउने वातावरण रावतले नै बनाएका हुन् । -नेपालपानाबाट

प्रतिक्रिया