आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फेरि कसैले प्रधानमन्त्री बन्छु कि भन्ठानेर जालझेल गरे आँधिभेरी ल्याउने नेपालको चेतावनी

प्रकाशित
720
SHARES

काठमाडौँ। नेकपा एमाले का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले फेरि प्रधानमन्त्री बन्नका लागि जालझेल नगर्न सचेत गराएका छन्। अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई संकेत गर्दै नेता नेपालले फेरि प्रधानमन्त्री बन्नका लागि जालझेल नगर्न सचेत गराएका हुन्। अखिल फोर्सले आयोजना गरेको शनिबारको भेलालाई सम्बोधन गर्दै नेता नेपालले भने, फेरि फर्केर प्रधानमन्त्री बन्छु कि ठानेर जालझेल कसैले नगरोस्। जे गर्नुछ पारदर्शी रूपमा गरोस्।

ओलीले दोस्रोपटक गरेको प्रतिनिधिसभा विघटनलाई असार २८ गते सर्वोच्च अदालतले बदर गरिदिएको फैसलाप्रति आफ्नो सम्मान रहेको नेपालको भनाइ थियो । उनले प्रतिनिधिसभा जोगाउन, सांसद पद जोगाउन, विधि जोगाउनका लागि आफूहरूले वर्तमान सरकारलाई विश्वासको मत दिएको बताए। अहिलेको सरकारले जनताको पक्षमा राम्रो काम गर्न पनि सुझाव उनले दिए।

आफू विचारमा अडिग योद्धा रहेको र कार्यकर्तालाई पनि त्यस्तै बन्न सुझाव दिँदै नेपालले आफूहरू मैदान छोडेर नभाग्ने बताए। तर्सेर भाग्ने, मैदान छोडेर भाग्ने कुरा आउँदैन। हामी विचारमा अडिग योद्धा हौं, उनले भने, हामी अरूको कुरा, आलोचना पनि सुन्छौंसही छ भने ग्रहण गर्छौं गलत छ भनेर विनम्र भएर विरोध गर्छौं।

निरंकुश र स्वेच्छाचारी प्रवृत्तिको विरोध गर्दै मनपरी, बेलगाम, अराजक भएर नेतृत्व नचलोस् भनेर होसियार बनाउन कार्यकर्ताले भूमिका खेल्नुपर्ने नेपालले बताए। ‘म नै सर्वेसर्वा भन्ने भावनालाई अस्वीकार गर्ने हो। सबै खालका अराजक प्रवृत्तिलाई अन्त्य गर्ने हो, उनले भने।नेता नेपालले आफूलाई विचारहीन र सिद्धान्तहिन व्यक्तिहरूको भीड तयार गर्न नचाहेको पनि बताए। गलत कुराका विरुद्ध सतिशालझैशं उभिने आँट गर्न नेता नेपालले अखिलका नेताहरूलाई सुझाव दिए।

प्रतिक्रिया