आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पूर्व युवराज पारस शाहका समर्थकले काठमाडौँमा घटाए फेरि यस्तो काण्ड, अब के गर्छ देउवा सरकार ?

प्रकाशित
3K
SHARES

काठमाडौं । पूर्व युवराज पारस शहको पक्षमा प्रदर्शन भएको छ। शाहका समर्थकहरुले काठमाडौँको महाराजगञ्जमा प्रदर्शन गरेका छन्। उनीहरुले पारस शाहमाथि प्रहरीले ज्यादती गरेको भन्दै शनिबार दिउँसो महाराजगञ्जमा प्रदर्शन गरेका हुन्।

हेल्मेट नलगाएको भन्दै प्रहरीले शाहलाई समात्न खोजेपछि हिजो विवाद भएको थियो। प्रहरी र पारस शाहबीच झगडा भएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो। प्रहरीको फन्दामा परेपछि प्रहरीले हात समातेर घर जान अनुरोध गर्दा उल्टै जाइलागेर जान्नँ भन्दै नाकतिर औंला तेर्स्याएर अड्डी कसेका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनलाई एक पटकका लागि ‘सम्झाएर’ छोडिएको छ। ‘ट्राफिक प्रहरीले समातेपछि वादविवाद भएको हो, उहाँलाई सम्झाएर पठाइएको छ,’ परिसर प्रमुख एसएसपी अशोक सिंहले भने।

पूर्वयुवराज शाह अधिकांश ठाउँमा उनले चलाउने गरेको मोटरसाइकलमा हेल्मेटबेगरै देखिने गरेका छन्। उनले त्यहाँ पनि आफूले कहिल्यै हेल्मेट लगाएको देखेको छ? कहीँ रोकेको छ मलाई? भनेका थिए।

उनको हात अँठ्याएका प्रहरीले माथिल्लो निकायमा वाकीटकीमा खबर गरिरहेको भिडिओमा देख्न सकिन्छ। वाकीटकीमा कुरा गर्दा प्रहरीले नशामा रहेको व्यक्तिलाई नियन्त्रणमा लिनुपर्ने र गाडी पठाउन जाहेर गरिरहेका देखिन्छन्।

शाहले भने आफूले ‘ड्रिङ्स गरेको छैन’ भनिरहेका थिए। तर, ट्राफिक प्रहरीको उपत्यका नेतृत्वलाई भने यो खबर जानकारीमा नै छैन। ‘खै यो खबर मलाई जानकारीमा छैन,’ महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी जनक भट्टराई भन्छन्।

वादविवादकै क्रममा प्रहरीले छोडेपछि पारस मोटरसाइकलमा हेल्मेटबेगरै हुइँकिएका थिए। यही व्यवहार सर्वसाधारणले गरेको भए लाइसेन्स बरामद गरी चिट काट्ने तथा अन्य ट्राफिक नियम उल्लंघनको कारबाही प्रहरीले चलाउँथ्यो। प्रहरीलाई हप्कीदप्की तथा अभद्र व्यवहार गर्दा कसुर अनुसार कारबाही पनि हुन्थ्यो।

आफूले कहिल्यै हेल्मेट नलगाउने जिद्दी गरेका पारस आज पनि लामै कपालमा प्रहरीसँग दोहोरो सवाल जवाफमा उत्रेका हुन् । उनले भनेका छन्, ‘म कहिल्यै हेल्मेट लगाउँदिन ।’पछि जम्मा भएका केही मोटरसाइकलवालाले पारसलाई ‘सरकार’ भन्दै बाइक चढाएर बिना हेल्मेट निर्मल निवास पठाएको छ । उनले चढ्ने बाईकबारे चासो बढेको छ ।

उनले चढेको यो मोटरसाइकल हार्ले डेभिड्सनको सफटेल हेरिटेज १९९५ मोडल हो। यो बाइक हाल नेपालस्थित नेपालको शोरुममा उपलब्ध छैन। उक्त मोडलको मोटरसाइकल नेपाल ल्याइएमा ८५ देखि ९० लाखसम्म पर्नसक्ने हार्ले डेभिड्सन मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक आईएमई अटोमोटिभ्सका म्यानेजर महेश थापाले जानकारी दिए। ‘यो मोटरसाइकल हामीले नै सर्भिसिङ गरेका हौं। लामो समयदेखि थन्काएको मोटरसाइकल भएपनि यसमा त्यति जटिल समस्या थिएन,’ उनले भने।

डा. बाबुराम भट्टराईलाई तत्काल गिरफ्तार गर्न माग, यस्तो छ कारण

नेपाल डेमोक्रेट युनियनले धार्मिक-सामाजिक द्वन्द्व निम्त्याउन षड्यन्त्र गरेको भन्दै जनता समाजवादी पार्टी नेपालका नेता डा.बाबुराम भट्टराईलाई गिरफ्तार गरी कारवाही गर्न माग गरेको छ ।

युनियनका संयोजक सिद्धार्थ गौतमले एक विज्ञप्ति जारी गर्दै डा.भट्टराईलाई देशको कानून बमोजिम तत्काल गिरफ्तार गरी सजाय गर्नुपर्ने माग गरेका हुन् ।

भट्टराईले हालै सामाजिक संजाल मार्फत पुनः हिन्दू धर्मप्रति घृणा फैलाउने दुष्प्रयास गरेकोप्रति नेपाल डेमोक्रेट युनियनको तर्फबाट भत्र्सना गर्दै एक आगामी दिनमा उनलाई सामाजिक एवं राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाइनु जरुरी रहेको पनि जनाएको छ ।

संयोजक गौतमले विज्ञप्तिमा अगाडी भनेका छन्, ‘हिन्दू धर्मप्रति घृणा, अपमान र विद्वेष फैलाउन निरन्तर सक्रिय रहँदै आएका कुख्यात धर्मद्वेषी डा.बाबुराम भट्टराईले हालै एक ट्वीटमार्फत पुनः हिन्दू धर्मप्रति घृणा फैलाउने दुष्प्रयास गरेकोमा नेपाल डेमोक्रेट युनियन तीव्र भर्तसना गर्दछ ।’

‘माओवादीका नाममा १७ हजार नेपालीको ज्यान लिन नहिचकिचाएका कम्युनिष्ट भट्टराईले नेपालमा जातीय द्वन्द्व मच्चाउन बारम्बार प्रयास गर्दै आएका र स्वयं क्रिश्चियन भैसकेका कारण हिन्दू धर्मप्रति घृणा र अनास्था फैलाउँदै नेपालमा धार्मिक द्वन्द्व मच्चाउने उद्देश्यले यस प्रकारका गतिविधि गरिरहेको अब कसैबाट लुकेको छैन।

माओवादका नाममा रगतको खोलो बगाउँदा पनि नेपाली समाज विखण्डित नभएपछि जातीय एवं धार्मिक द्वन्द्वका नाममा पुनः हिंसात्मक द्वन्द्व मच्चाउँदै देश र समाजलाई विखण्डन गर्ने नियतले सक्रिय रहेका बाबुराम नेपाल र नेपालीका सबैभन्दा ठूला छद्मभेषी दुश्मन हुन् भन्ने कुरा सबैले बुझ्नु जरुरी छ। यो सत्य बुझ्दै गएकाले नै बाबुरामको धर्मद्वेषी कुकृत्य र अभियान विरुद्ध देशव्यापी रुपमा विरोधको लहर उठ्न थालेको हो’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यसलाई अझ सशक्त बनाउँदै हिन्दू आस्थामाथि प्रहार, धार्मिक विखण्डनको प्रयास तथा धार्मिक(सामाजिक द्वन्द्व निम्त्याउने षडयन्त्र गरे वापत बाबुरामलाई देशको कानून बमोजिम तत्काल गिरफ्तार गरी सजाय दिनुपर्छ र आगामी दिनमा उनलाई सामाजिक एवं राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाइनु जरुरी छ। नेपाल डेमोक्रेट युनियन नेपाली जनताको यस अभियानमा ऐक्यबद्धता जाहेर गर्दछ।’

‘हिन्दू–बौद्ध धार्मिक आस्थाप्रति घृणा एवं अनास्था फैलाउने धर्मद्वेषी बाबुराम भट्टराई एक्लो व्यक्ति नभएर नेपाली कम्युनिष्टहरुका एक प्रतिनिधि मात्र हुन्। समग्रमा नेपाली कम्युनिष्टहरु र नेपालका कम्युनिष्ट पार्टीहरु नै देशमा धार्मिक-सामाजिक द्वन्द्व निम्त्याएर नेपाली समाज र नेपाललाई बिखण्डन गर्ने/गराउने गुरुयोजना अन्तर्गत सञ्चालित छन्। राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, धर्म एवं संस्कृतिलाई तहसनहस पार्ने यो षडयन्त्रका मतियारलाई नेपाली जनताले माफी दिने छैनन्। नेपाललाई कम्युनिष्ट विहीन नपारेसम्म नेपाल र नेपालीको भविष्य उज्यालो हुन सक्ने छैन र राष्ट्रियता एवं लोकतन्त्र कदापि सुरक्षित हुन सक्ने छैन, विज्ञप्तिमा उल्लेख छ ।

नेपाल डेमोक्रेट युनियनले नेपाली कांग्रेसको नेतृत्वमा रहेको वर्तमान सरकारलाई डा. भट्टाराईलाई तत्काल गिरफ्तार गरी दण्डित गर्न र नेपालका कम्युनिष्टहरुप्रति कडा नीति अख्तियार गर्न आग्रह गरेको छ ।

‘धर्म-संस्कृति एवं लोकतन्त्रप्रेमी नेपाली जनताले यो सरकारलाई पनि माफ गर्ने छैनन्। नेपाली काँग्रेस पनि कम्युनिष्ट झै धर्मद्वेषी ठहरिनेछ र नेपाली जनताले उसलाई पनि क्षमा दिने छैनन्। धर्मविरोधी षडयन्त्रको बहुआयामिक गम्भीरतालाई बुझी सरकारले यस घटनामा तत्काल कारवाही नगरेमा नेपाली जनताको बढ्दो आक्रोश सामु स्वयं सरकार धेरै दिन टिक्न सक्ने छैन’संयोजक गौतमले चेतावनी दिएका छन् ।

यता जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा उपेन्द्र यादव सर्वसम्मतिले निर्वाचित भएका छन् । शनिबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दलको बैठकमा सर्वसम्मतिले यादवलाई चयन गरेको हो ।

सांसद प्रदीपकुमार यादवका अनुसार संसदीय दलको बैठकले यादवलाई सर्वसम्मतले नेता चयन गरेको हो । डा. बाबुराम भट्टराईको प्रस्ताव र महिन्द्र राय यादवको समर्थनमा यादव संसदीय दलको नेता चयन भएका हुन् ।

पार्टीका ज्येष्ठ सदस्य महिन्द्रराय यादवको अध्यक्षतामा बसेको दलको बैठकले नेता चयन गरेको हो । दलको बैठकमा ३२ मध्ये २१ सांसदको उपस्थिति रहेको थियो ।

संसदीय दलको निर्वाचनका लागि नवराज सुवेदीको संयोजकत्वमा गठित तीन सदस्यीय निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेपछि यादवको मात्रै उम्मेदवारी परेको हो । सांसदहरूले आफ्ना धारणा राखेपछि यादवलाई नेता चयन गरिएको हो ।

 

प्रतिक्रिया