आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

१३ हजार ५१९ परीक्षण गर्दा ३ हजार १०६ जनामा कोरोना संक्रमण, थप २३ को मृत्यु

प्रकाशित
286
SHARES

काठमाडौं। गत २४ घण्टामा नेपालमा १३ हजार ५१९ जनाको परीक्षण गर्दा ३ हजार १०६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ९१६ जना निको भएर घर फर्केका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार २६३ पीसीआर परीक्षण गर्दा २ हजार २८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  यस्तै ४ हजार २५६ परीक्षण गर्दा ८२६ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

गएको २४ घण्टामा २३ जनाको कोरोनाका कारण ज्यान गएको छ।  मन्त्रालयका अनुसार शनिबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ८५७ पुगेको छमन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ९५ हजार ३ सय ८९ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६१ ह्जार ३ सय ५० जनामा संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया