आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

जसपा संसदीय दलको नेतामा कसले मार्दैछ बाजी , सबैलाई चकित पार्दै आयो यस्तो जानकारी

प्रकाशित
609
SHARES

काठमाडौँ।  जनता समाजवादी पार्टी नेपाल (जसपा) को संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव चयन भएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शनिबार बसेको बैठकले अध्यक्ष यादवलाई निर्विरोध चयन गरेको हो।

संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईको प्रस्ताव र महेन्द्र राय यादवको समर्थनमा यादव दलको नेता चयन भएका हुन् । बैठकमा २१ जना संघीय सांसदहरुको उपस्थिति रहेको थियो
यो पनि पढ्नु होस् , अझै जसपामै छौँ भन्नु राजनीतिक बेइमानी 

जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुरले तत्कालै नयाँ पार्टी दर्ता नगराउने निष्कर्षमा पुगेको छ । आफूहरू अझै पनि जसपा नेपालमै रहेको कारण तत्कालै नयाँ पार्टी दर्ता नगराउने निष्कर्ष ठाकुर पक्षले निकालेको हो । नयाँ पार्टी दर्ता गर्ने प्रक्रियामा संलग्न हुने बित्तिकै सांसद पद जाने भएकाले तत्काललाई जसपामै सङ्घर्ष गर्ने ठाकुर पक्षको रणनीति रहेको छ ।

यादव पक्षले कार्यकारिणी समिति ३५ सदस्यीय कायम गरेपनि ठाकुर पक्षको बारेमा केही बोलेका छैनन् । तर, जसपाका कार्यकारिणी सदस्य महेन्द्र राय यादव भन्छन्, ‘उहाँहरूले विपक्षमा मतदान गरेकै दिनदेखि जसपामा नरहेको पुष्टि हुन्छ, त्यसका लागि छुट्टै निर्णय गर्नै पर्दैन ।’ जसपाको आधिकारिकता यादव पक्षले माग गर्दा त्यसको विपक्षमा मतदान गरेपछि ठाकुर पक्षले ‘अझै जसपामै छौँ’ भन्नु राजनीति बेइमान भएको उनी बताउँछन्।

यस्तै, आज २ बजे बस्ने कार्यकारिणी समितिको बैठकले कार्य विभाजन गरी नेताहरूलाई जिल्ला जिल्लामा खटाउने भएको छ । यता, उपेन्द्र यादवले पनि कारबाही गर्न सकिरहेको छैनन् । पहिला पनि पार्टीबाट निष्कासन गरे पनि त्यसलाई निर्वाचन आयोगले मान्यता दिएन । फेरि के कारण देखाउँदै कारबाही गर्ने भन्ने यादव पक्षले आन्तरिक छलफल गरिरहेको छ ।

प्रतिक्रिया