आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

उपेन्द्र यादवले सरकारमा जान खुट्टा उचालेपछि महन्थ ठाकुरले गरे झन् ठूलो तयारी

प्रकाशित
536
SHARES

काठमाडौँ। निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिएपछि अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष अलमलमा परेको छ । यद्यपि, ठाकुर पक्ष अब अर्को नयाँ दल खोलेर आफ्ना एजेन्डासहित जनतासमक्ष जाने योजनामा पुगेको छ ।

आयोगको निर्णय पश्चात् यादव पक्षले जसपाको कार्यकारिणी समितिको बैठक बसेर विभिन्न निर्णय गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागि हँदै छ । तर, ठाकुर–महतो पक्ष अब के गर्ने भन्ने विषयमा आन्तरिक छलफलमै व्यस्त छ ।

ठाकुर निकटका नेता सर्वेन्द्रनाथ शुक्लले आयोगको निर्णय पश्चात् कसरी अघि बढ्ने भन्ने विषयमा आफूहरू आन्तरिक छलफलमै रहेको बताए । शुक्रबार ठाकुर–महतो पक्षका कार्यकारिणी समितिको बैठक बसेर गम्भीर छलफल भएको छ । आयोगको निर्णयअनुसार अब ठाकुर–महतो पक्ष नयाँ दल दर्ता गरी संगठन निर्माणसँगै जनतामा पुग्ने निष्कर्षमा पुगेको जनाइएको छ ।

ठाकुर पक्षले शुक्रबार नै निर्वाचन आयोगको निर्णयविरुद्धमा सर्वोच्च अदालतमा रिट दायर गरेको छ । राजपा र समाजवादी पार्टीबीच एकीकरण पश्चात् बनेको जसपामा प्रथम वरीयताको अध्यक्ष ठाकुर रहेको दाबी गर्दै आयोगको निर्णय कार्यान्वयन नगर्न माग गरिएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया