आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेपालको कुनै पनि शोरुममा नपाइने पूर्वयुवराज पारसले चढ्ने बाईकको मूल्य कति ? थाहा पाएपछि चकित पर्नुहुनेछ

प्रकाशित
2.2K
SHARES

काठमाडौँ । पूर्वयुवराज पारस शाहलाई हेल्मेट नलगाई नशालु हालतमा असुरक्षित तवरले मोटरसाइकल कुदाएपछि हिजो साँझ प्रहरीले समातेको छ । काठमाडौं महाराजगञ्जको चक्रपथ चोकमा हेल्मेटबिना हार्ले ड्याभिड्सनको मोटरसाइकल कुदाएका उनी सद्दे हालतमा समेत देखिएका छैनन् ।

प्रहरीका अनुसार उनले ड्रग्स नखाए पनि सद्दे अवस्थामा नरहेको र राम्रोसँग उभिन र बोल्न समेत नसकेको भिडियोमा देखिन्छ । प्रहरीको फन्दामा परेपछि प्रहरीले हात समातेर घर जान अनुरोध गर्दा उल्टै जाइलागेर जान्नँ भन्दै नाकतिर औंला तेर्स्याएर अड्डी कसेका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनलाई एक पटकका लागि ‘सम्झाएर’ छोडिएको छ। ‘ट्राफिक प्रहरीले समातेपछि वादविवाद भएको हो, उहाँलाई सम्झाएर पठाइएको छ,’ परिसर प्रमुख एसएसपी अशोक सिंहले भने।

पूर्वयुवराज शाह अधिकांश ठाउँमा उनले चलाउने गरेको मोटरसाइकलमा हेल्मेटबेगरै देखिने गरेका छन्। उनले त्यहाँ पनि आफूले कहिल्यै हेल्मेट लगाएको देखेको छ? कहीँ रोकेको छ मलाई? भनेका थिए।

उनको हात अँठ्याएका प्रहरीले माथिल्लो निकायमा वाकीटकीमा खबर गरिरहेको भिडिओमा देख्न सकिन्छ। वाकीटकीमा कुरा गर्दा प्रहरीले नशामा रहेको व्यक्तिलाई नियन्त्रणमा लिनुपर्ने र गाडी पठाउन जाहेर गरिरहेका देखिन्छन्।

शाहले भने आफूले ‘ड्रिङ्स गरेको छैन’ भनिरहेका थिए। तर, ट्राफिक प्रहरीको उपत्यका नेतृत्वलाई भने यो खबर जानकारीमा नै छैन। ‘खै यो खबर मलाई जानकारीमा छैन,’ महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी जनक भट्टराई भन्छन्।

वादविवादकै क्रममा प्रहरीले छोडेपछि पारस मोटरसाइकलमा हेल्मेटबेगरै हुइँकिएका थिए। यही व्यवहार सर्वसाधारणले गरेको भए लाइसेन्स बरामद गरी चिट काट्ने तथा अन्य ट्राफिक नियम उल्लंघनको कारबाही प्रहरीले चलाउँथ्यो। प्रहरीलाई हप्कीदप्की तथा अभद्र व्यवहार गर्दा कसुर अनुसार कारबाही पनि हुन्थ्यो।

आफूले कहिल्यै हेल्मेट नलगाउने जिद्दी गरेका पारस आज पनि लामै कपालमा प्रहरीसँग दोहोरो सवाल जवाफमा उत्रेका हुन् । उनले भनेका छन्, ‘म कहिल्यै हेल्मेट लगाउँदिन ।’पछि जम्मा भएका केही मोटरसाइकलवालाले पारसलाई ‘सरकार’ भन्दै बाइक चढाएर बिना हेल्मेट निर्मल निवास पठाएको छ । उनले चढ्ने बाईकबारे चासो बढेको छ ।

उनले चढेको यो मोटरसाइकल हार्ले डेभिड्सनको सफटेल हेरिटेज १९९५ मोडल हो। यो बाइक हाल नेपालस्थित नेपालको शोरुममा उपलब्ध छैन। उक्त मोडलको मोटरसाइकल नेपाल ल्याइएमा ८५ देखि ९० लाखसम्म पर्नसक्ने हार्ले डेभिड्सन मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक आईएमई अटोमोटिभ्सका म्यानेजर महेश थापाले जानकारी दिए। ‘यो मोटरसाइकल हामीले नै सर्भिसिङ गरेका हौं। लामो समयदेखि थन्काएको मोटरसाइकल भएपनि यसमा त्यति जटिल समस्या थिएन,’ उनले भने।

प्रतिक्रिया