आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रचण्डले हरेक बिहान कोटेश्वर पुगेर चिया खाँदै, माधव नेपाललाई यतिसम्म भन्ने गरेको खुलासा

प्रकाशित
519
SHARES

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सधैं विहानजसो माधवकुमार नेपाल निवास कोटेश्वर पुग्ने गर्छन् । एमालेबीचको एकताको लागि अध्यक्ष केपी शर्मा ओलीले पहल गरिरहेका बेला प्रचण्डले नेपाललाई भेटेर भड्काउने गरेको आरोप लागेको छ । प्रचण्ड नेपाललाई भेटेपछि वालुवाटार जाने गरेका छन् ।

समाचार स्रोतका अनुसार, प्रचण्डले नेपालको दिमाग परिवर्तन गरेका छन् । प्रचण्डले कुनै पनि अवस्थामा ओलीसँग नमिल्नका लागि आग्रह गर्दै आएका छन् । नेपालले अलग्गै पार्टी गठन गरेर गए आगामी निर्वाचनमा नेपालको पार्टीसँग तालमेल गर्ने भित्री दाउ बनाएका छन् ।

नेपालले ओलीको कार्यशैली गलत भएकाले उनलाई सच्याउने आफ्नो लक्ष्य पूरा भएको बताएका छन् । ओली सरकारबाट बाहिरिएपछि पनि आफ्नो पुरानो हैकम देखाउन छोडेका छैनन् । ओलीले नेपाललाई जसरी भए पनि पार्टीबाट पाखा लगाउने योजना बनाएका छन् ।

नेपालसँग रहेका दोस्रो तहका नेताहरु ओलीलाई तह लगाउने लाइनमा छन् । प्रचण्डले नेपाललाई पटकपटक भेट्ने गरेकाले आफूविरुद्ध षड्यन्त्र भएको ओलीले बुझेका छन् । प्रधानमन्त्री खुस्किएर बालकोट पुगेको ओलीले त्यही दिन बार्दलीमा चढेर नेपाललाई ‘लाल गद्यार’ भनेका थिए ।

अहिले गठबन्धनको सरकार चलिरहेको छ । प्रचण्ड, नेपाल, प्रधानमन्त्री शेरबहादुर देउवाबीच राम्रो साँठगाँठ छ । उनीहरुले आगामी निर्वाचनसम्म गठबन्धन जोगाइराख्ने भनेका छन् तर नेपालले ओलीलाई सच्याउनु आफ्नो लक्ष्य भएकाले एउटा आन्दोलन जितेको बताउँदै आएका छन् । अब नेपालको भूमिका गठबन्धनमा के हुने हो भन्ने अझै टुंगो लागेको छैन । ओलीले उनीहरु सबैलाई शत्रुका रुपमा हेर्दै आएका छन् ।

प्रतिक्रिया