आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चैत मसान्तसम्म सबै नेपालीलाई खोप – देउबा सरकार गर्यो यस्तो घोसणा

प्रकाशित
538
SHARES

काठमाडौँ।  सरकारले चैत मसान्तसम्म सबै नेपालीलाई खोप लगाइने बताएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड विरुद्धको खोपको आयात, खोप अभियान र स्वास्थ्य पूर्वाधारबारेको विवरण सार्वजनिक गर्दै उक्त कुरा बताएको हो।

नेपाललाई आवश्यक थप खोप चीनको सिनोफार्म कम्पनीसँग ६० लाख डोज खोप खरिदको सम्झौता अगाडि बढासकेको मन्त्रालयले जनाएको छ। यसका साथै कोभ्याक्स सुविधाबाट जापान सरकारले अनुदानमा दिने १६ लाख र भारतबाट खरिद गरी बाँकी रहेको १० लाख डोज खोप प्राप्त हुँदा असोजभित्र १ करोड ८३ लाख ८२ हजार ८५० डोज प्राप्त हुने मन्त्रालयको आकलन छ।

यसैगरी, कोभ्याक्सबाट लागत सहभागितामा खरिद गरी १ करोड ५० लाख डोज र १२ वर्षमाथिका बालबालिकालाई ६० लाख डोज फाइजरको खोपका लागि प्रक्रिया अगाडि बढिरहेको मन्त्रालयले जनाएको छ। गाभी कोभ्याक्सबाट निस्शुल्क २० प्रतिशत जनसंख्याको लागि प्राप्त हुने १ करोड १३ लाख डोज पनि प्राप्त हुँदा चैत मसान्तसम्म खोप सबै नेपालीहरुको पहुँचमा पुग्ने बताइएको हो।

प्रतिक्रिया