आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एमसिसी सम्झौता राष्ट्रघाती छ, लागु हुनुहुँदैन : भीम रावल

प्रकाशित
815
SHARES

काठमाडाैं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अमेरिकी सहयोग परियोजना एमसिसी लागु हुन नहुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै रावलले एमसिसीको विरोध गरेका हुन् ।

रावलले एमसिसी सम्झौताको अध्ययनको क्रममा आफूहरुले त्यससँग सम्बन्धित अन्य धेरै कागजात भेटेको भन्दै ती कागजातहरु नेपालको सार्वभौमिकता तथा स्वतन्त्रताको विरुद्धमा रहेको भन्दै कुनैपनि हालतमा एमसिसी लागु हुन नहुने बताएका छन् ।

रावलले एमसिसीसँग सम्बन्धित गोप्य कागजातहरु सदनमा पेस नभएको तर एमसिसी सम्झौता मात्रै पेस गरेर भ्रम सिर्जन गर्न खोजिएको बताएका छन् । उनले एमसिसीका धेरै गोप्य कागजातहरु रहेको र ती कागजातहरु नेपालको हितमा नभएको बताए ।

संविधान बनाउँदा संसदमा रहेका सबै दलका शीर्ष नेताले वैदेशिक नीति समानताका आधारमा र सबै सन्धिसम्झौताहरु समानताको आधारमा मात्रै गर्ने वाचा गरेको पनि रावलले सम्झाए । उनले भने, ‘संविधान बनाउँदा सबै सांसदले समानताको आधारमा मात्रै सम्झौताहरु गर्छौँ भनेर जनतासामू वाचा गरेका छौँ । पञ्चशीलको सिद्धान्तको आधारमा विदेशनीति बनाउँछौँ र पालना गर्छौँ भनेर भनेका छौँ ।’

प्रतिक्रिया