आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भारतीय सुरक्षाकर्मीको अमानवीय हर्कत, नेपालीले महाकाली तर्न खोज्दा तुइन काटिदिए, खसेर एक जना बेपत्ता

प्रकाशित
775
SHARES

काठमाडाैं । दार्चुलाको व्यास गाउँपालिका-२ स्थित मालघाटमा तुइनबाट खसेर एक जना महाकाली नदीमा बेपत्ता भएका छन्। सोही ठाउँका ३५ वर्षीय जयसिंह धामी शुक्रबार बिहान ८ बजेतिर महाकालीमा खसेको प्रहरीले जनाएको छ ।

महाकाली तर्ने क्रममा एसएसबीले देखेपछि तुइन काटिदिएको स्थानीय विक्रसिह धामीले बताए। ‘भारततर्फ पुग्ने बेला एसएसबीले एक्कासी तुइन काटिदियो’, उनले भने, ‘नदीको बीच भागमा पुग्ने बेला तुइन काटिएपछि उनी बेपत्ता भएका हुन् ।‘ ‘पाँच छ जना स्थानीयहरु सामान लिन भारतको बाटो हुदै दार्चुला आइरहेका थियौं’, प्रत्यक्षदर्शी धामीले भने, ‘छ सात जना तुइनबाट भारत तरेका थिए, जयसिंह तर्ने बेला एसएसबी पुगेर तुईन काटिदिए।‘ भारत पांगलमा रहेका एसएसबीले तुइन काटेका हुन्।

धामी बेपत्ता भएपछि अहिले स्थानीय आक्रोशित छन् । नेपालतर्फ सडक नहुँदा ब्यास क्षेत्रका स्थानीयहरु दार्चुला सदरमुकाम खलंगा आउनका लागि भारतको बाटो भएर महाकाली नदीमा तुइन तरेर आउनुपर्ने बाध्यता छ। तुइनबाट खस्दा बेला बेला यस्ता घटना हुने गरेका छन् । सरकारले तुइनमुक्त कार्यक्रम अन्तर्गत तुइन भएको ठाउँमा पुल बनाउन योजना सञ्चालन गरेको भएपनि पुल निर्माण अलपत्र छ। व्यासका नागरिकहरु खाद्यान्न, औषधी, र आवतजावत यहि तुइनमार्फत आउतजावत गर्दै आएका छन् ।

बेलाबेला एसएसबीले तुइन काटिदिने गरेको भएपनि स्थानीयले तुइन लगाउने गरेका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार तुइन तरेर व्यासका केही मानिस भारतीय बजार गएका थिए । प्रहरी घटनास्थलमा पुगेको र थप विवरण आउन बाँकी रहेको दार्चुला प्रहरीका सूचना अधिकारी नरेन्द्रबहादुर चन्दले बताए । अहिले दुम्लिङ र सुन्सेरा प्रहरी चौकीको टोली तथा स्थानीय बासिन्दा मिलेर बेपत्ता धामीको खोजी गरिरहेका छन् ।

प्रतिक्रिया