आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

आधुनिक हतियार एसएमजी देखाएर  सुन पसल लुट्ने गिरोह संग प्रहरीको भिडन्त,के छ अबस्ता ?

प्रकाशित
611
SHARES

मोरङको।  त्रिवेणी चोकस्थित शिव पाञ्चायन ज्वेलर्समा दिउँसै लुटपाट गर्न खोज्ने समूहका छ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको थियो।प्रहरीले बुधबार बिहान ३ बजे मोरङको सलकपुर र सुनसरीको तरहरामा लुकिछिपी बसिरहेका छ जनालाई पक्राउ गरेको थियो।

गत साउन १ गते खगेन्द्र थापाले सञ्चालन गरेको ज्वेलर्समा दिउँसो सवा १ बजे मोटरसाइकलमा आएको समूहले एसएमजी राइफल र पेस्तोल देखाएर लुटपाट गर्न खोजेको थियो।

पक्राउ पर्नेहरूमध्ये यो लुटपाट योजनाका मुख्य व्यक्ति संखुवासभा सभापोखरी गाउँपालिका-४ घर भई हाल इटहरी उपमहानगरपालिका-२० तरहरा डेरा गरी बस्ने ३९ वर्षीय चन्द्रबहादुर राई र सुनसरी गढी गाउँपालिका-१ का ४५ वर्षीय प्रमोद चौधरी रहेको प्रहरीको भनाइ छ।सुन पसल लुटेर रकम बाँडफाँट गर्ने योजना बनाएर उनीहरू असार ३१ गते नै पसलको निगरानीमा पुगेको मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसी बताउँछन्।

तर, त्यसदिन नसकेपछि उनीहरू अपराह्न ४ बजे बुढी खोलाको बाटो हुँदै उनीहरू सुन्दरहरैंचा-५ कै नमूना सामुदायिक वन पुगे। त्यहाँ हतियार लुकाएर उनीहरू आ-आफ्नो ठाउँमा फर्केका थिए।भोलिपल्ट उनीहरू सवा १ बजे फेरि सुन पसल पुगेका थिए। त्यसबेला उनीहरू ६ जना भइसकेका थिए।

तीमध्ये हतियारसहित दुई जना पसल छिरे। पसलमा छिर्दा चन्द्रबहादुर राईले एसएमजी राइफल र प्रमोद चौधरीले कटुवा पेस्तोल देखाएका थिए।अन्य व्यक्तिहरू भने सुन पसलको वरिपरि निगरानीमा बसेका थिए।तर, स्थानीय भेला भएपछि लुटपाट गर्न असमर्थ भई सो समूह हतियार देखाउँदै भागेको थियो।

दिउँसै एसएमजी हतियार देखाएर लुटपाट मच्याउने प्रयास गरेर सो समूहले प्रहरीलाई चुनौती दिएको थियो। त्यसपछि सो समूहको खोजीमा प्रहरी रातदिन खटिएका थिए।

जिसीका अनुसार घटनामा मुख्य भूमिका रहेका राईले एसएमजी हतियार आफूले छ महिनाअघि भेटेको बताएका छन्।नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँग सीमित संख्यामा रहने त्यो एसएमजी राइफल र त्यसका गोली उनले कहाँबाट ल्याए, यसको रहस्य खोज्ने क्रममा प्रहरी लागिपरेको जिसी बताउँछन्।

तर, बयानका क्रममा राईले आफूले दुई वर्षअघि नेपाली सेनाको जागिर छोडेको बताएका छन्। ‘पन्ध्र वर्ष जागिर खाएर २०७६ सालमा छोडेको बताउने गरेका छन्,’ जिसीले भने।तर, उनको भनाइलाई प्रहरीले नेपाली सेनासँग समन्वय गरेर पुष्टि गर्ने प्रयास गरिरहेको छ। र, उक्त हतियारको नम्बर प्रमाणीकरण गरी कुनै फोर्सबाट हराएको हो होइन यकिन गरिने जिसीले बताए।

कटुवा पेस्तोल देखाएर उनीसँगै सुन पसल छिरेका चौधरीले आफू पूर्वमाओवादी लडाकु बताइरहेका छन्।‘अघिल्लो दिन उनीहरूले आएर रेकी गरी भोलिपल्ट पुन: लुटपाट गर्न आएको देखिन्छ,’ जिसीले भने, ‘प्रहरीको पहुँच जहाँ कमजोर छ, त्यहाँ लुटपाट गर्ने योजना बनाएको देखिन्छ।’

पक्राउ परेका अन्य संखुवासभा बारबिसे गाउँपालिका-६ घर भई हाल इटहरी उपमहानगरपालिका-२० तरहरा डेरा गरी बस्ने ३० वर्षीय चिरञ्जीवी राई, सुन्दरहरैंचा-५ का २२ वर्षीय मिशन राई, भोजपुर पौवादुम्बा गाउँपालिका-३ घर भई हाल इटहरी उपमहानगरपालिका-२० तरहरा डेरा गरी बस्ने ३० वर्षीय नगेन्द्र राई र सुन्दरहरैंचा-७ का ३१ वर्षीय सन्तोष राई छन्।

प्रहरीले उनीहरूले प्रयोग गरेको एसएमजी राइफलसहित त्यसको म्याग्जिन र ६२ राउन्ड गोली, अटोमेटिक पेस्तोल, त्यसको म्याग्जिन एक थान, गोली दुई राउन्ड, थ्रीनटथ्री राइफलको चार राउन्ड गोली, कटुवा पेस्तोल एक थान, एमआरपी लेखेको सञ्चार सेट दुई थान बरामद गरेको छ।

सो घटनामा प्रयोग भएको को२ह २७३६ नम्बरको अटो रिक्सा, प्रदेश १-०२-०४४ प ५९९५, को२०प १८६, को८प ६५८३ र को२१प ६७०३ नम्बरको मोटरसाइकल बरामद भएको जिसीले बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको भन्दै जिसीले उनीहरू सबैलाई अहिले हातहतियार तथा खरखजना मुद्दामा अदालतबाट थुनामा राख्ने अनुमति लिइएको बताए।

घटनामा प्रयोग गरिएका हतियार भने सुन्दरहरैंचा नगरपालिका वडा नम्बर-५ को नमूना सामुदायिक वनको करमको रूखको टोड्कोभित्र लुकाएर राखेको अवस्थामा फेला परेको जिसीले बताए।अनुसार सुन पसलमा जडान गरिएको सिसिटिभी फुटेजको आधारमा लुटपाट गर्ने समूहको पहिचान गर्न सहज भएको थियो।

 

प्रतिक्रिया