आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रहरीले खोज्दा यस्तो अवस्थामा भेटिए मृत्यु भएका भनिएका विजय शाही, सबै चकित

प्रकाशित
479
SHARES

काठमाडौं । आफूलाई मेमोरी किङको दावी गर्दै आएका विजय शाहीको मृत्यु भएको भन्दै एउटा तस्वीर अहिले एकाएक भाइरल भएको छ । विजय शाहीको शरीरमा सेतो कपडा र पिताम्बरले ओडाइएको, नाकमा कपास राखीएको तस्वीर साँझपख एकाएक सामाजिक सञ्जालमा भाइरल भएको हो ।

उनको तस्वीर सामाजिक सञ्जालमा सेयर गर्दै धेरैले उनलाई श्रद्धाञ्जली दिइरहेका छन् भने धेरैले यसलाई पत्याउन सकेका छैनन् । यसबारे सत्यतथ्य बुझ्दा शाही कालिकोटस्थित घरमै भेटिएका छन् ।

विभिन्न भ्रामक कुराहरु आउन थालेपछि प्रहरी टोली उनको घरमा पुगेर फर्किएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक भुपेन्द्र शाहीले विजय घरमै भेटिएको पुष्टि गरे । ‘हाम्रो टोली घरमै पुगेर फर्किएको छ, उहाँ आराम गरिरहनु भएको छ ।’ सूचना अधिकारीसमेत रहेका प्रहरी निरीक्षक शाहीले संचारकेन्द्रसँग भने- ‘दिउँसो चाहि बिरामी भएर अस्पताल लान खोजिएको रहेछ तर बाटोमै होस् आएर घर फर्काइएको थाहा भयो ।’

विजय शाही दिउसैदेखि बिरामी परेका कारण अनुमानका भरमा कसैले मृत्युको खबर फैलाइदिएको प्रहरी अनुमान छ । शाही निकट व्यक्तिहरुले नै मृत्यु भएको भन्दै सामग्री पोष्ट गर्नुको कारणबारे पनि प्रहरीले खोजी थालेको छ । तर उनीनिकटका केहि मान्छेले भने विजय शाहीकै योजनामा यस्तो खबर भाइरल बनाएको दावी गरेका छन् ।

आफूलाई चर्चामा ल्याउन उनले ‘मेमोरी किङ’ भएको दाबी गर्ने गरेका थिए । तर उनी झुठो भएको सार्वजनिक भएसँगै शाही काठमाडौंबाट भागेका थिए । उनीमाथि ठगीको आरोप लागे पनि प्रहरीमा औपचारिक उजुरी परिसकेको छैन ।

प्रतिक्रिया