आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बामदेवको करामत : श्रीमती जापान टोकियोतिर, आले श्रेष्ठ देउवातिर

प्रकाशित
1K
SHARES

काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम अवसरको राजनीति गर्न माहिर मानिन्छन्। त्यसैले उनलाई नेपाली राजनीतिक वृत्तमा अवसरवादी पनि भनिन्छ।तत्कालिन नेकपाभित्र केपी शर्मा ओली र माधवकुमार नेपाल पुष्पकमल दाहाल–झलनाथ खनाल समुहको बिवादको बेलामा बामदेव पार्टी एकताको लागि महाअभियान घोषणा गरेर थन्किए।

पछी नेकपा खारेज भएपछी ब्युतिएको नेकपा एमालेभित्र ओली र नेपाल–खनाल समुहविच चरम द्वन्द्व हुँदा समेत उनले ‘कर्मकाण्डी’ प्रकृया बाहेक केहि गरेनन्। लामो राजनीतिक अस्थिरता र सत्ताको ‘छिनाझप्टी’ बामदेव किनारामै बसेर हेरिरहे। यद्दपी भित्र–भित्रै उनले सत्ताको जोडघटाउमा आफ्ना ‘कार्ड’हरु भने खेलिरहे।

सर्वोच्चको आदेशले नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवा प्रधानमन्त्री बनेर संसदबाट विश्वासको मत लिने बेलामा बामदेवले लुकाएर खेलेका ‘कार्ड’ एक्कासी फ्ल्यास गरे। र, ती कार्ड थिए – ओली नेतृत्वको तत्कालिन सरकारका वनमन्त्री प्रेम आले, कृष्ण कुमार श्रेष्ठ किसान, हिरा केसी, पार्वती विसुंखे, कलिला खातुन, विनादेवी बुढाथोकी, धनबहादुर बुढा र समिमा हुसेन।

यी ८ सांसदले देउवालाई अप्रत्याशित रुपमा विश्वासको मत दिएपछी धेरैले अचम्म माने। अन्तिम समयमा ओली गुट छोडेर माधव गुटमा प्रवेश गरेको भनिएका आठ जना सांसद ओली वा नेपाल–खनाल गुटको नभई बामदेव गुटका थिए।
पहिला ओली सरकारमा हुँदा ओलीको पक्षमा खटिएका वामदेम गुटका सांसदहरु सर्वोच्चको आदेसपछी एकाएक देउवातिर लागे।

श्रीमती तुलसीको जापान यात्रा
जापानमा जारी टोकीयो ओलम्पीक–२०२१ मा नेपालले पनि सहभागिता जनाइरहेको छ। टोकीयो गएका केहि व्यक्तिहरुका कारण भने अहिले बिवाद निम्तिएको छ। नेपाल कबड्डी संघको अध्यक्ष र नेपाल ओलम्पिक कमिटीको सचिव रहेकी बामदेवपत्नी तुलसी थापा जुडो खेलको व्यवस्थापक बनेर टोकीयो गएपछी ओलम्पीक कमिटीका पदाधिकारीहरु नै असन्तुष्ट बनेका छन्।

बामदेव पत्नी थापा राजनीतिक दबाबका कारण कबड्डी संघ र ओलम्पिक कमिटीको नेतृत्वमा पुगेको बताइन्छ। यस्तै यसपटक टोकीयो जाने टोलीमा समेत उनको नाम बामदेवकै दबाबका कारण राखिएको कमिटीका सदस्यहरु बताउछन्।

प्रतिक्रिया