आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

लुम्बिनी र गण्डकी प्रदेश प्रमुख परिवर्तन गर्ने सरकारको निर्णय

प्रकाशित
269
SHARES

काठमाडौं। सरकारले गण्डकी र लुम्बिनी प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको आज बसेको बैठकले गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाउँदै गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनीमा अमिक शेरचनको नाम सिफारिस गर्ने निर्णय गरेको हो।

केपी शर्मा ओली नेतृत्वको सरकारले गत वैशाख २० गते गण्डकी प्रदेश प्रमुख शेरचनलाई हटाएर सीता पौडेललाई पठाएको थियो । लुम्बिनी प्रदेश प्रमुख यादव भने २०७६ कात्तिक १८ गते प्रदेश प्रमुख नियुक्त भएका थिए।

नवनियुक्त प्रदेश प्रमुख शेरचन माओवादी पृष्ठभूमिका रहेका छन्। नेपाली कांग्रेसका नेता गुरुङ २०७४ सालको निर्वाचनमा समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्यको सूचीमा रहेका थिए। दुवै चितवन निवासी हुन्।

प्रतिक्रिया