आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

आफ्नै श्रीमानले ज्वाला संग्रौलाको यस्तो पोल खोलिदिएपछि सबैको होस उड्यो

प्रकाशित
561
SHARES

काठमाडौँ । ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ परेर छुटेकी आफूलाई सामाजिक अभियन्ता भन्ने ज्वाला संग्रौलाको पोल उनकै श्रीमानले खोलिदिएको खुलेको छ । प्रहरी र सरकारी वकिलसामु साविती वयान दिएकी उनले अदालतमा वयान फेरेपछि उनका श्रीमान हिमाल उपाध्यायले श्रीमतीको पोल खोलिदिएका हुन् ।

संग्रौलासहित उनका श्रीमान हिमाल उपाध्याय, शर्मिला राई र यमबहादुर खड्काविरुध्द जातीय तथा सामाजिक भेदभाव विरुध्दको कसुरमा मुध्दा दायर भएको थियो । चारै जनालाई जेठ ९ गते (निषेधाज्ञाको समय) महाराजगन्ज चोकमा ड्युटी गरिरहेका ट्राफिक प्रहरीलाई अपशव्द प्रयोग गरी हुलहुज्जत गरेको र जातीय तथा सामाजिक विभेद हुने शव्द प्रयोग गरेको अभियोग लागेको थियो ।

ज्वालासहितले ट्राफिक प्रहरीका असई मणिकान्त झालाई ‘तँ मधिसे, मधेशमै गएर बस्’ भनेर होच्याई जातीय कुरा गरेको, राष्ट्रसेवक कर्मचारीलाई मनोबल गिराउने गरी अनर्गल प्रचार गरेको र राष्ट्रसेवकउपर वितृष्णा फैलाएको भन्दै प्रतिवेदकले छुवाछुत र भेदभाव (क’सुर र सजाय) ऐन २०६८ को दफा ३ (१) ले निषेधित, दफा ४ (१)ले वर्णित र दफा ४ (४) र (५) अनुरुपको जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुर गरेको पुष्टि हुन आएकाले ऐनको दफा ७ (१) (क) बमोजिमको सजाय मागदावी गरेका थिए । सोही अवसरमा ज्वालाले इजलासलाई दिएको बयान र उनका श्रीमानले प्रहरीलाई दिएको वयान फेरीएको छ ।

‘तपाईंले प्रतिवेदकमाथि जातीय तथा सामाजिक विभेद नगरेको भए सह–प्रतिवादी हिमाल उपाध्याय र यमबहादुर खड्काले आफ्नो अनुसन्धानको बयानमा किन तपाईंलाई आवेगमा आई प्रतिवेदकलाई झा हुनुहुँदो रहेछ मधेशतिरै जानु, तपाईंलाई सरुवाको माग गर्छौ भनेकी हुन् भनेर लेखाई दिएका हुन् खुलाईदिनुहोस् ?’ भन्ने इजलासको प्रश्नमा संगौलाले प्रतिवादीहरुले आफ्नो बयानमा किन त्यस्तो व्यहोरा लेखाए थाहा भएन । त्यो कुरा उनीहरुलाई नै थाहा होला भनेकी थिइन् ।

ज्वालाले इजलाससमक्ष जातीय विभेद हुने गरी अभिव्यक्ति नदिएको जिकीर गरे पनि प्रहरी अनुसन्धानका क्रममा उनलाई मोटरसाइकलमा बोकी हिंड्ने यमबहादुर खड्काले भने ज्वालाले मणिकान्त झालाई तथानाम गाली गरेको बयान दिएका छन् । सरकारी वकिल सुदिपकुमार दंगाललाई बुझाइएको प्रहरी प्रतिवेदनमा एकले अर्काको पोल खोलाखोल गरेको देखिएको छ । अनुसन्धानको क्रममा हिमालले कसूर स्वीकार गरेको उल्लेख गर्दै प्रतिवेदनमा भनिएको छ, ‘प्रतिवादी हिमालप्रसाद उपाध्यायले कसूर स्वीकार गर्दै झालाई तपाईं मणिकान्त झा हुनुहुँदो रहेछ, तपाईं मधेसतिर जानु भनी रिसको आवेगमा भनेको हो । सोसम्बन्धमा क्षमासमेत मागिसकेका छौं भनेर बयान व्यहोरा देखियो ।’

हिमालको वयानमा अझै प्रष्ट स्वीकारोक्ति यस्तो छ (ज.१३) उक्त भिडियोमा भएको वहाँलाई यहाँ बस्न दिँदैनौं, एनी हाउ सरुवा गराइदिन्छौँ भनी मेरी श्रीमती ज्वाला भनिने टीका सङ्ग्रौलाले बोलेकी हुन् ।”

प्रतिक्रिया