आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ओलीलाई ठूलै झड्का दिनेगरी सातै प्रदेश प्रमुखलाई बर्खास्त गर्ने देउवा सरकारको तयारी,गठबन्धनमा खुसीयाली

प्रकाशित
413
SHARES

काठमाडौँ। एमाले अध्यक्ष केपी शमौ ओली नेतृत्वको सरकारले नियुक्त गरेका सातै प्रदेश प्रमुख बर्खास्त गर्ने तयारी गरिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले यस्तो तयारी गरेका हुन्।

सरकारले सातै प्रदेशका प्रदेश प्रमुखलाई बर्खास्त गर्ने तयारी गरेको हो। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुख पदमुक्त र नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

गठबन्धनका नेताहरूबीच सातमध्ये कांग्रेसले २, माओवादीले २, एमालेको माधव नेपाल पक्षले २ र जसपाले एकजना प्रदेश प्रमुख पाउने समझदारी भएको छ। हाल प्रदेश १ मा सोमनाथ प्यासी, २ मा राजेश झा अहिराज, वागमतीमा विष्णु प्रसाई, गण्डकीमा सीता पौडेल, लुम्बिनीमा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र सुदूरपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख छन्।

प्रतिक्रिया