आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अमेरिकी अरबपतिको अन्तरीक्ष उडान

प्रकाशित
287
SHARES

एजेन्सी। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अमेरिकी अरबपति जेफ बेजोस दश मिनेटको अन्तरिक्ष उडान भरेर फर्किनुभएको छ । मङ्गलबार साँझ अमेजनका संस्थापक समेत रहनुभएका बेजोस आफ्ना दाइ मार्क बेजोस, १८ वर्षीय छात्र ओलिभर डायमेनसँगै उडान भर्नुभएको थियो।

तीन जना यात्रुलाई ८२ वर्षीय पूर्ब पाइलट वैली फंकले समेत सहभागी हुनुहुन्थ्यो । पृथ्वीबाट उडान भरेको करिब १० मिनेट १० सेकेण्डपछि चारै जना एक प्यारासुटबाट पृथ्वी टेकेका थिए। फंक वैली अन्तरिक्षमा पुग्नुहुने सबैभन्दा बढी उमेरको अन्तरिक यात्रीको कीर्तिमान बनाउनुभयो भने ओलिभर सबैभन्दा कान्छो अन्तरिक्ष यात्रीको रुपमा आफ्नो नाम दत्र्ता गराउन पुग्नुभयो।

अन्तरिक्ष यात्रा गर्ने चारैजना बेजोसको कम्पनी ‘ब्लू ओरिजिन’को अन्तरिक्ष यान ‘न्यू शेफर्ड’बाट उडान भरेका थिए । न्यू शेफर्ड अन्तरिक्ष पर्यटनलाई प्रवद्र्धन गर्ने उद्येश्य बोकेको हो ।न्यू शेफर्डले मंगलबार साँझ करिब पौने सात बजे अमेरिकाको टेक्सस राज्यमा पर्ने एक मरुभूमीबाट अन्तरिक्षको लागि उडान भरेको थियो। उडान भरेको दुई मिनेटपछि कैप्सुल यान मूल यानबाट अलग भएको थियो।

जुन पृथ्वीको सतहभन्दा एक सय किलोमिटर माथि अन्तरिक्षसम्म पुग्यो।चारै जना यात्रुले अन्तरिक्षमा करिब चार मिनेटमा शून्य भारविहीनताको अनुभब गरे । चारैजनाले ‘सिटबेल्ट’ उप्काएर हावामा पौडी खेलेको अनुभब प्राप्त गरे । टाढाबाट पृथ्वीलाई अवलोकन गर्ने आनन्द समेत चारैजना अन्तरिक्ष यात्रीले लिए ।न्यू शेफर्डको अन्तरिक्ष यात्रा गत साता अर्का अर्बपति रिचर्ड ब्रैनसनको सफल उडानपछि भएको हो ।

प्रतिक्रिया