आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

जेलबाट एकाएक निर्वाचन आयोग पुगेका रेशम चौधरीले यस्तो कदम चालेपछि जसपामा भूकम्प, अब के हुन्छ ?

प्रकाशित
1.3K
SHARES

काठमाडौँ ।  जनता समाजवादी पार्टी (जसपा) को विवादमा कार्यकारिणी सदस्य रेशम चौधरी तटस्थ बसेका छन् । सोमबार दिउँसो निर्वाचन आयोगमा उपस्थित भएका उनले आफू दुबै पक्षमा नखुल्ने भन्दै तटस्थ बसेका हुन् । डिल्लीबजार कारोबारबाट आयोगमा उपस्थित भएका उनले केहीबेर नेताहरुसँग छलफल गरेका थिए ।

छलफलपछि उनले आफूलाई कुनै पक्षमा लाग्नु नरहेको भन्दै मुल पार्टी जसपा भएकाले तटस्थ बस्ने निर्णय लिएका छन् । आयोग परिसरबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा उनले भने, ‘जेलमा रहेको मलाई पक्षमा विपक्षमा सनाखत गर्न नैतिकताले दिएन । मेरो लागि पक्ष पनि जसपा विपक्षी पनि जसपा हो ।’

उनले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई भिष्मपितामहको संज्ञा दिए । उनलाई अहिलेको अवस्थाबारे सबै थाहा हुँदाहुँदै पनि यो अवस्था हुन पुगेको बताए । आफू अझै पनि न्यायको पक्षमा रहेको भन्दै चौधरीले यसमा पार्टीका सबै नेताको सहयोग रहने आफ्नो अपेक्षा रहेको बताए ।

यस्तै अध्यक्ष उपेन्द्र यादवले पार्टी छिट्टै शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने बताएका छन् । सोमबार निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले छिट्टै देउवा सरकारमा पार्टी सहभागी हुने बताएका हुन् ।

तर सरकारमा गएर कुन-कुन मन्त्रालय पाइन्छ भन्ने बारेमा उनले केहि बोल्न चाहेनन् । उनले आफ्नो पक्षमा निर्वाचन आयोगमा बहुमत कार्यकारिणी सदस्यको हस्ताक्षर जुटेको भन्दै महन्थ ठाकुर पक्षले आत्मालोचना गरेर आए पार्टीले बिचार गर्न सक्ने बताए ।

यादवले आफूहरुले अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई घोक्र्याएर हटाउन नचाहेको बताएका छन् ।आफूहरुको पक्षमा अत्यधिक बहुमत देखिएको तर अर्का अध्यक्ष महन्थ ठाकुर लगायतलाई पार्टीबाट हटाउन नचाहेको उनले बताए । विगतका गलत प्रवृत्तिलाई सच्याउँदै ठाकुर आत्मालोचना गर्न तयार भए उनलाई फेरि पार्टीमा समेट्न सकिने उनको भनाइ थियो ।

‘आयोगमा हाम्रो पक्षमा अत्याधिक बहुमत देखिएको छ । हामीले महन्थ जी राजेन्द्रजीहरुलाई घोक्र्याएर हटाउन खोजेको होइन’, यादवले भने, ‘उहाँहरु आफै बाटो बिराएर हिँड्नु भएको छ । हामीले खेदेको होइन । बिराएको बाटो र लिएका गलत नीतिलाई सच्याएर सार्वजनिक रुपमा आत्मालोचना गर्नुभयो भने पार्टीले विचार गर्छ ।’

आयोगले जसपा विवादबारे निर्णय सुनाउन लागेका बेला यादवले सार्वजनिक रुपमा आत्मालोचना गरे ठाकुर पक्षलाई ठाउँ दिइने बताएका हुन् । सोमबार निर्वाचन आयोगले बहुमतका आधारमा पार्टीको आधिकारिकता कसलाई दिने भन्नेबारे निर्णय गर्ने बताइएको छ । अहिले आयोगमा सनाखतको काम भइरहेको पनि यादवले बताएका छन् ।

५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा अहिलेसम्म आफ्नो पक्षमा २४ जनाले हस्ताक्षर गरिसकेको पनि उनले बताए । कारागारमा रहेका रेशम चौधरीलाई पनि सनाखतका लागि ल्याउने व्यवस्था गरिएको उनको भनाइ छ ।

यादवपक्षमा केन्द्रीय कार्यकारिणी समितिका ३५ जना रहेको दाबी गरिएको छ । तीमध्ये १८ जना प्रतिनिधिसभा र २ जना राष्ट्रिय सभाका सांसद छन् । अमृतादेवी अग्रहरि, राजकिशाेर यादव, मनिश सुमन, गाेविन्द चाैधरी र रेशमलाल चाैधरी आज उपेन्द्र यादव पक्षमा आएको दाबी गरिएको छ ।यता जनता समाजवादी पार्टी(जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षका नेता शरतसिंह भण्डारीले आज निष्ठाको सनाखत भइरहेको बताएका छन् । निर्वाचन आयोगमा पार्टीको आधिकारिकताको निर्णय भन्दा पनि निष्ठाको सनाखत भइरहेको उनले दाबी गरे ।

रातारात कित्ता परिवर्तन गरिएको पनि उनको भनाइ छ । ‘पार्टीभित्र दुइटा विचार आयो । यसलाई हामीले निष्ठाको सनाखतका रुपमा लिएका छौं । हिजोसम्म एउटा पक्षमा हुने, रातारात अर्को कित्तामा पुग्ने काम भएकाले हामीले यसलाई निष्ठाको सनाखतका रुपमा लिएका छौं,’ भण्डारीले निर्वाचन आयोगमा स‌ञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै भने ।

उनले विगतका काममा आफूहरूलाई कुनै ग्लानी नभएको बताएका छन् । उनले भने, ‘हामीलाई विगतका काममा कुनै आत्मग्लानी छैन । राज्यसँग आफ्ना माग मुद्दाका आधारमा हिजो सरकारलाई समर्थन गरेका हौं, भोलि पनि देउवालाई मागका आधारमा नै समर्थन गर्ने हो । नयाँ पार्टी बनाउनेबारे निर्वाचन आयोगको निर्णय आएपछि अगाडि बढ्छौं ।’

सोमबार निर्वाचन आयोगले बहुमतका आधारमा पार्टीको आधिकारिकता कसलाई दिने भन्नेबारे निर्णय गर्ने बताइएको छ । अहिले आयोगमा सनाखतको काम भइरहेको पनि यादवले बताएका छन् । ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा अहिलेसम्म आफ्नो पक्षमा २४ जनाले हस्ताक्षर गरिसकेको पनि उनले बताए । कारागारमा रहेका रेशम चौधरीलाई पनि सनाखतका लागि ल्याउने व्यवस्था गरिएको उनको भनाइ छ ।

यादवपक्षमा केन्द्रीय कार्यकारिणी समितिका ३२ जना उपस्थित छन् । तीमध्ये १८ जना प्रतिनिधिसभा र २ जना राष्ट्रिय सभाका सांसद छन् । केन्द्रीय कार्यकारिणी समितिमा नरहेका दुई सांसद भने उपस्थित छैनन् । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सघाएको जसपाको यादव पक्ष निर्वाचन आयोगबाट आधिकारिकता विवाद टुंगो लागेपछि सरकारमा जाने तयारीमा छ ।

१-२ दिनै सरकारमा जाने पनि यादवले बताए । यादव पक्षलाई पर्खंदा देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छैनन् । आयोगले दल दर्ताका बखत सनाखत गरेका ५१ सदस्यलाई सोमबार ‘हेड काउन्ट’ गर्न बोलाइएको थियो ।यस्तै आइतबार बिहानबाट कपिलवस्तुबाट एमाले अप हरणमा परेकी भएकी भनिएकी जनता समाजवादी पार्टी (जसपा) नेपालकी लुम्बिनी प्रदेशसभा सदस्य पुुर्मती ढेंगा आज पार्टीको सम्पर्कमा आएकी छन् ।

उनी उपेन्द्र यादव पक्षीय सांसद हुन् ।केही दिनदेखि जनता समाजवादी पार्टीका सांसद कपिलवस्तुको तौलिहवास्थित एक होटलमा बस्दै आएका थिए । तर उनी आइतबार बिहान साढे ११ बजेदेखि पार्टीको सम्पर्कमा नरहेको संसदीय दलका नेता सहसराम यादवले बताएका थिए ।गत असार ३१ गते सांसद ढेंगाले एमाले नेताहरुले आफूलाई कति पैसा चाहिन्छ लिनुस्, मन्त्री पनि बन्नुस् भनेर बारम्बार फोनमार्फत अफर गरेको तर अस्वीकार गरेको भनी कांग्रेस संसदीय दलको कार्यालयमा सबै नेता सामु जानकारी गराएको नेता यादवले बताए ।

जसपाले सांसद ढेंगा आइतबार बिहान ११ बजेदेखि बेपत्ता भएको भन्दै इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएको थियो । अहिले भने उनी सकुशल आफूहरुको सम्पर्कमा आएको प्रदेश अध्यक्ष अशोक यादवले बताए ।यसैगरी इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मदन कुँवरले सांसद सम्पर्कविहीन भएको सूचनापछि खोजी गरिरहेका बेला आज सम्पर्क आएको पार्टीका नेताहरुले जानकारी दिएको बताए । उनले भने, ‘हामीलाई हिजो जसले हराउनु भयो भन्दै सूचना दिनु भएको थियो आज उहाँले नै सम्पर्क आउनु भयो भन्नु भएको छ ।’

उनी अहिले रुपन्देहीको तिलोत्तमा आफै घरमा रहेको अध्यक्ष यादवले बताए । उनले भने, ‘मैले फोन गर्दा तिलोत्तमा घरमा छु भन्नु भएको म त्यहीँ जाँदै छु ।’ जसपा प्रदेश समितिका एक नेताले सांसद ढेंगालाई ८० लाख रुपैयाँ दिने र मन्त्री बनाउन अ पह रण गरिएको आरोप लगाएका । ढेंगा पाल्पा जिल्लाबाट समानुपातिक कोटाबाट प्रदेश सभा सदस्य निर्वाचित भएकी हुन् ।

प्रतिक्रिया