आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

माधव नेपालले अत्ति गरेको भन्दैँ ओली पक्षले गर्यो नेता नेपालमाथि भौतिक कारवाहीको तयारी, कोटेश्वरमा खैलाबैला

प्रकाशित
885
SHARES

काठमाडाैं । नेकपा एमाले पार्टी एकतामा आउन आव्हान गर्दा पनि वरिष्ठ नेता नेपालले उल्टै अध्यक्ष केपी ओलीमाथि कटाक्ष गरेको भन्दै ओली पक्ष रुष्ट बनेको छ । ओली पक्षले नेता नेपाललाई सकेसम्म मुखले सम्झाउने, नमाने ‘हातगोडाले पनि सम्झाउनुपर्ने’ स्थिति आउँन सक्ने भन्दैँ भौतिक कारवाहीको चेतावनी दिएको हो ।

शनिवार काठमान्डौमा युथ फोर्सको भ्याली कमाण्ड घोषणा कार्यक्रम युवा संघका इन्चार्ज समेत रहेका एमाले नेता बस्नेतले अध्य्क्ष केपी शर्मा ओलीले ‘आममाफी’ दिने घोषणा गर्दै माधव नेपालमाथि खनिएका थिए । उक्त चेतावनीपछि नेता नेपालको निवास वरिपरि पनि सुरक्षा व्यवस्था कडा पारिईएको बताईएको छ ।

अध्य्क्ष ओलीले ‘आममाफी भयो,अव आउनुस मिलेर काम गरौ’ भनेपछि वरिस्ठ नेता माधवकुमार नेपालले ‘बडामहाराज खुसि हुनुभएछ, हामीलाई आममाफी दिनुभएछ’ भनेर व्यंग्य गरेका थिए ।

‘प्रचण्डको पुच्छर बनेर,शेरबहादुर देउवाको वैशाखी बनेर कम्युनिष्ट आन्दोलनलाइ धरासायी बनाउन लाग्नुहुन्छ भने माधव नेपालको विरुद्ध यो युथ फोर्स लाग्दैन, माधव प्रवृतिको विरुद्द यो लाग्छ,’बस्नेतले भने पार्टी नेताले आममाफी दिन्छु, एकताको प्रक्रियामा आउनुहोस भन्दा केपी कमरेडलाई बदमहर्ज्को संज्ञा दिनुभयो मुखले सम्झाउछौ, मलाई लाग्छ – मुखले सम्झाउदै काफी हुन्छ यदि मुखले सम्झाउदा मानेनन् भने कहिलेकाही हातगोडाले पनि सम्झाउनपर्ने हुन् सक्छ।’

यता एमाले केपी ओली समूहको लडाकु दस्ता युथ फोर्सको भ्याली कमाण्ड घोषणा गर्दै बस्नेतले एमाले फुटाउने गरी अध्यादेश ल्याए, ओली सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गरे तथा एमाले नेतालाई भ्रष्टाचारको आरोपमा पक्राउ गरे आगो बाल्ने चेतावनी दिएका छन् ।

बस्नेतले ओली सरकारले अध्यादेश ल्याउँदा लोकतन्त्रको दुहाई दिने काँग्रेसले एमाले फुटाउने अध्यादेश ल्याउन लागेको दाबी उनको थियो । बस्नेतले राष्ट्रपति विद्या भण्डारीविरुद्ध महाअभियोग ल्याउने तयारीमा सत्तारुढ गठबन्धन रहेको भन्दै उनले त्यसको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए ।

ओली सरकारका कामलाई निरन्तरता नदिए युथ फोर्सले प्रतिरोध गर्ने उनले बताए । यस्तै सरकारले पुरक बजे र नीति तथा कार्यक्रम ल्याउने, मन्त्रिपरिषदको संख्या बढाउन संविधान संशोधन गर्ने प्रयास भए चुप लागेर नबस्ने चेतावनी दिए ।

यता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा परिवारवाद हाबी छ । यसैबीच, प्रचण्डले बुहारी बिना मगरलाई मन्त्री बनाउने निश्कर्षमा पुगेपछि माओवादीभित्रै असन्तुष्टि बढेको छ ।

अध्यक्ष प्रचण्डले बीनालाई मन्त्री बनाउने योजना बनाएसँगै माओवादीभित्र असन्तुष्टि बढेको एक नेताले बताए । ‘सिएम (अध्यक्ष प्रचण्ड) फेरि पनि बिना कमरेडलाई मन्त्री बनाउने निर्णयमा पुगेको देखिन्छ, यस्ले पार्टीभित्र ठूलै असन्तुष्टि बढेको छ,’ ती नेताले भने ।

उनका अनुसार सांसद्हरुको एक समूहले बुहारी बीनालाई मन्त्री नबनाउन चेतावनी दिएका छन् । त्यसैगरी कृष्णबहादुर महरालाई पनि मन्त्री बनाइए ठिक नहुने चेतावनी उनीहरुले दिएका छन् । यही चेतावनीपछि अध्यक्ष प्रचण्डले सार्वजनिक कार्यक्रममै सवै सांसदले मन्त्री मागेर तनाव दिएको अभिब्यक्ति दिनुपरेको ती नेताले बताए ।

माओवादी स्रोतका अनुसार धर्मशिला चापागाईं, हरिबोल गजुरेल, अमनलाल मोदी, इन्दुकुमारी शर्मासहित एक दर्जन सांसदहरुले अध्यक्ष प्रचण्डलाई भेटेर बिना र महरालाई मन्त्री नबनाउन चेतावनी दिएका छन् ।

अध्यक्ष प्रचण्डले बिनालाई मन्त्री बनाउने चक्कर चलाउँदा मन्त्रिमण्डल विस्तारमा ढिलाई भएको माओवादी सांसद्हरुको बुझाई रहेको छ । अध्यक्ष प्रचण्डले सुरुमै जनार्दन शर्मा र पम्फा भुषाललाई मन्त्रीमण्डलमा पठाइसकेका छन् । अब बुहारी बिना र महरालाई मन्त्रिमण्डलमा लैजाने उनको योजना रहेको छ ।

प्रचण्डकी बुहारी बिना पहिले पनि मन्त्री थिइन् । पार्टीमा योगदान गरेका पूरानाहरुलाई पाखा लगाउँदै प्रचण्डले बुहारीलाई सांसद् बनाएका थिए । त्यसपछि पहिलो रोजाईको रुपमा केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बनाएका थिए ।

मन्त्रिमण्डल बारम्बार पुनर्गठन हुँदा पनि बुहारी बिना अविच्छिन्न मन्त्री पदमा सुरक्षित रहेका थिए । उता, कृष्णबहादुर महरा भने सभामुख थिए । संसदमै कार्यरत एक महिलासँगको लसपस काण्ड सार्वजनिक भएपछि महरा सिधै प्रहरी हिरासतमा पुग्नुपरेको थियो ।

बिना र महराबिरुद्ध आफ्नै सांसद लागेपछि प्रचण्ड तनावमा पर्नुभएको र सवैले मन्त्री मागे भन्दै अपमान गरेको बताइएको छ । स्रोतका अनुसार महरा र बिनालाई मन्त्री बनाउने पृष्ठभूमि बनाउनलाई नै प्रचण्डले ‘हाम्रो पार्टीका ४९ जनै सांसद्लाई मन्त्री पद चाहिएको छ’ भनेका हुन् ।

यता प्रधानमन्त्रीपत्नी आरजु राणाका व्यावसायिक साझेदार उमेश श्रेष्ठ पार्टी र सत्तागठबन्धनमा छलफल नै नगरी राणाकै पावरमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीेले श्रेष्ठलाई आइतबार राज्यमन्त्रीमा नियुक्त गरेकी हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री देउवाले आफै राखेका छन् ।

प्रधानमन्त्री देउवाले सत्ता सम्हालेको १३ औं दिनमा कांग्रेसका समानुपातिक सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिएका हुन् । हालसम्म नेपाली काग्रेंसको तर्फबाट गृह मन्त्रीमा बालकृष्ण खाँण र कानुन मन्त्रिमा ज्ञानेन्द्रबहादुर कार्की, माओबादी केन्द्रको तर्फबाट अर्थमन्त्रीमा जनार्दन शर्मा र उर्जा मन्त्रीमा पम्फा भुषाल नियुक्त भइसकेका छन् ।

स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त श्रेष्ठ मूलतः शिक्षा क्षेत्रका व्यवसायी हुन् । श्रेष्ठ २०१२ सालमा भोजपुरमा जन्मिएका व्यक्ति हुन् । ४२ वर्षअघि भोजपुरबाट काठमाडौं आएका उनी हाल शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा संलग्न छन् । हाल झम्सीखेल ललितपुरमा उनको बसोवास छ ।

झन्डै ५० करोड लगानी गरेर यही वर्षदेखि ‘हस्पिटल चेन’ बनाउने अभियानमा लागेका व्यवसायी उमेश श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्रीको जिम्मा दिएका छन् । कांग्रेसका समानुपातिक सांसद श्रेष्ठ प्रधानमन्त्रीपत्नी आरजु देउवाका व्यवसायिक साझेदार पनि हुन् ।

श्रेष्ठले पछिल्लो समय स्वास्थ्य क्षेत्रमा लगानी बढाएका थिए । यो आर्थिक वर्षमा मात्रै ५० करोड लगानी गरेर कम्तीमा पाँच अस्पताल बनाउने योजना उनले अघि सारेका थिए । कोरोना महामारीका वेला नतिजा आउने गरी काम गर्ने मान्छेलाई जिम्मेवारी दिनुको साटो स्वास्थ्यमै करोडौँ लगानी गरेका व्यवसायीलाई स्वार्थ बाझिने गरि मन्त्री बनाएको भन्दै पार्टीभित्र र सामाजिक सञ्जालमा प्रधानमन्त्री देउवाको चर्को आलोचना भइरहेको छ ।

जनमैत्री फाउन्डेसनले सञ्चालन गरेको जनमैत्री अस्पताल, महेन्द्रनारायण निधि मेमोरियल सामुदायिक अस्पताल, चितवनमा निर्माणाधीन न्युट्रन क्यान्सर अस्पताललगायतमा श्रेष्ठको लगानी छ । जनमैत्री फाउन्डेसनले नर्सिङ कार्यक्रम सञ्चालन गरेको छ । त्यहाँबाट बिएस्सी मेडिकल ल्याब टेक्नोलोजी, बिएस्सी फर्मा, बिएस्सी नर्सिङलगायतका कोर्स सञ्चालन भइरहेका छन् ।

शिक्षा, हाइड्रो, रियल इस्टेट, होटेल व्यवसायलगायतमा पनि श्रेष्ठको अर्बौँ लगानी छ । लगानी गरेका क्षेत्रमा अधिकांश सेयर भने उनले अरूकै नाममा राख्ने गरेको स्रोतको दाबी छ । प्रधानमन्त्रीपत्नी आरजुसँग पनि उनको शिक्षा क्षेत्रमा व्यावसायिक साझेदारी छ ।

श्रेष्ठ लिटिल एन्जल्स एजुकेसन ग्रुप, ललितपुरको हात्तीवनस्थित लिटिल एन्जल्स स्कुल, लिटिल एन्जल्स कलेज अफ मेनेजमेन्ट, ललितपुरको झम्सिखेलस्थित आइडियल मोडेल स्कुल र चितवनको कल्याणपुरस्थित स्मल हेभन उमाविका संस्थापक अध्यक्ष हुन् । त्यस्तै, लाजिम्पाटस्थित नेपाल एजुकेसन फाउन्डेसन (जेभियर एकेडेमी)का कार्यकारी अध्यक्ष र ललितपुरको हात्तीवनस्थित मिलेनियम पब्लिकेसनका अध्यक्ष पनि हुन् । पोखरामा उनको नयाँ होटेल परियोजना सुरु भएको छ ।

पाँचथरस्थित पा“चथर पावर कम्पनी र बझाङस्थित सानिगाड हाइड्रोका अध्यक्ष श्रेष्ठ बझाङकै कालंगा हाइड्रो, बुंगल हाइड्रो र रामेछापस्थित भिजन इनर्जीका निर्देशक छन् । उनी म्याग्दीको माउन्टेन इनर्जीका पनि संस्थापक हुन् ।

श्रेष्ठ ललितपुरको गोदावरीस्थित हिमालयन लोरा, अर्किड फार्म, संखुवासभाको सगरमाथा टी स्टेट, भोजपुरको डाँडा बोखिम नमुना कृषि तथा परामर्श केन्द्र र दोलखाको जिरी एकीकृत नमुना कृषि तथा परामर्श केन्द्रका पनि अध्यक्ष हुन् ।

धुलिखेलको हिमालयन दृश्य रिसोर्ट र चितवनको सेन्टर पार्क रिसोर्ट पनि श्रेष्ठकै हो । चितवनकै सिराइचुली होटेलका पनि उनी निर्देशक हुन् । तनहुँमा घाँसी हेल्थ रिसोर्ट एन्ड वेलनेस सेन्टरमा पनि उनको लगानी छ । त्यस्तै, चितवनको शुभकामना हाउजिङ एन्ड रियल इस्टेटका पनि उनी अध्यक्ष हुन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन), उच्च माध्यमिक विद्यालय एसोसिएसन (हिसान), प्राइम कमर्सियल बैंक, रोटरी क्लब अफ काष्ठमण्डपको पनि उनले नेतृत्व गरेका छन् । ललितपुरको एकान्तकुनामा हेलोइस नामक बुटिक अस्पताल खोल्ने अभियानको नेतृत्व पनि श्रेष्ठले गरेका छन् । कीर्तिपुरको ल्याबोरेटोरी स्कुलमा पनि उनको लगानी छ ।

नवनियुक्त राज्यमन्त्री श्रेष्ठले काम गरेर देखाउने बताए । ‘म काम गरेर देखाउन आएको हुँ । अहिले कोरोना महामारीले देशको अर्थतन्त्र तहसनहस भएको छ । यसलाई पुरानै अवस्थामा ल्याउन खोपको अपरिहार्य आवश्यकता छ । जबसम्म खोपको व्यवस्थापन गर्न सकिँदैन अरू प्रगति केही गर्न सकिँदैन,’ उनले भने, ‘खोप नभएर देश फेलियर अवस्थामा पुग्न सक्छ । यसलाई प्राथमिकतामा राखेर काम गर्छु ।’

सत्तागठबन्धनभित्र पनि असन्तुष्टि
शक्ति बाँडफाँडबारे छलफल नै नगरी प्रधानमन्त्री देउवाले आफूनिकट उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेपछि उनकै पार्टी र गठबन्धनभित्र असन्तुष्टि देखिएको छ । यसअघि गण्डकी प्रदेशमा दलित समुदायका डोबाटे विश्वकर्माको नाम काटेर जग्गा व्यवसायी बिन्दुकुमार थापालाई मन्त्री बनाउन दबाब दिएको भन्दै चौतर्फी आलोचना भइरहेका वेला प्रधानमन्त्री देउवाले पार्टी र गठबन्धनमा छलफलसमेत नगरी श्रेष्ठलाई स्वास्थ्य मन्त्रालय जिम्मा लगाएका हुन् ।

शनिबार साँझ बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा महामारीका वेला मुलुकमा स्वास्थ्यमन्त्री नै नभएकोप्रति गुनासो आएकाले तत्कालका लागि जनता समाजवादी पार्टी (जसपा)बाट एकजनालाई स्वास्थ्यमन्त्री नियुक्त गर्ने सहमति बनेको थियो । तर, आइतबार जसपाले त्यसबारे निर्णय नदिएपछि देउवाले कांग्रेसबाटै श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरे ।

देउवानिकट नेताहरू भने स्वास्थ्य मन्त्रालयमा तानातान भएपछि देउवाले तत्काल राज्यमन्त्रीबाट काम चलाउन श्रेष्ठलाई नियुक्त गरेको दाबी गरेका छन् । ‘उहाँले संसद्मै पनि बोल्नुभयो । हामीलाई पनि भन्नुभएको छ, अहिलेको सरकारको काम भनेको कोरोना नियन्त्रण र खोप हो । त्यसैले उहाँले स्वास्थ्य मन्त्रालय लिएर आफूनिकटलाई स्वास्थ्यमन्त्री बनाउन चाहनुभएको छ,’ देउवानिकट एक सांसदले भने, ‘तर, सबैको नजर स्वास्थ्यमन्त्रीमा परेपछि तत्काल काम चलाउने गरी राज्यमन्त्री बनाउनुभएको हो ।’

देउवा प्रधानमन्त्री बनेलगत्तै गगन थापा स्वास्थ्यमन्त्री बन्ने चर्चा सामाजिक सञ्जालमा भयो । तर, देउवाले भने महामन्त्री डा. शशांक कोइरालालाई स्वास्थ्यमन्त्री बन्न प्रस्ताव गरेका थिए । ‘पार्टीभित्रै स्वास्थ्यमन्त्रीका लागि दर्जनौँ आकांक्षी र अन्य दलको पनि त्यही मन्त्रालयमा ध्यान गयो । फेरि अहिलेको सरकारले गर्ने मुख्य काम भनेकै स्वास्थ्य मन्त्रालयबाट हो । त्यसैले उहाँले स्वच्छ छवि भएको मान्छे खोजेको हुन सक्छ,’ ती सांसदले भने । राज्यमन्त्री श्रेष्ठ देउवाका विश्वासपात्र हुन् । उनी कांग्रेस हुनुभन्दा पहिल्यैदेखि देउवासँग निकट थिए ।

श्रेष्ठले आइतबारै पद तथा गोपनीयताको शपथ लिएका छन् । उनी लिटिल एन्जल्स एजुकेसन ग्रुपका सञ्चालक हुन् । निजी विद्यालय र जलविद्युत् क्षेत्रमा पनि उनको ठूलो लगानी छ । उनी ०५४ देखि ०६२ सम्म निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)को नेतृत्वमा थिए । पछि उच्च माध्यमिक विद्यालय एसोसिएसनको पनि अध्यक्ष बने । ०७० मा संविधानसभामा सदस्य भएका श्रेष्ठ त्यही वेला प्राइम कमर्सियल बैंकको अध्यक्षसमेत भएका थिए ।

प्रतिक्रिया