आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

थप २,२३७ जनामा कोरोना संक्रमण पुष्टि, १८ को मृत्यु

प्रकाशित
473
SHARES

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १० हजार ५६९ जनाको पीसीआर परीक्षणबाट १ हजार ५३९ र ३ हजार २६५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६९८ जना गरी जम्मा २ हजार २३७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप २ हजार ५० जना कोरोना संक्रमित निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थप गरिएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले साउन २० गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।

जसअनुसार सबै प्रकारका सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल। रंगशाला सञ्चालनमा लगाइएको रोक कायमै रहेको छ । यस्तै खुल्ला स्थानमा मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस गर्न तथा भोजभतेर गर्न पनि रोक लगाइएको छ । यस्तै नित्य पूजाबाहेक धार्मिक तथा सांस्कृतिक गतिविधि गर्न पनि रोक लगाइएको छ ।

शैक्षिक संस्था पनि बन्द नै रहनेछन् भने स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपराह्न ४ देखि ७ बजेसम्म सञ्चालन गर्न नपाइने पनि प्रशासनको सूचनामा उल्लेख छ ।

यसबाहेक परीक्षा तथा सार्वजनिक यातायात स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्ने, लामो दुरीका यातायात सञ्चालन हुन दिने, पसल व्यवसाय साँझ ७ बजेसम्म सञ्चालन गर्न दिनेलगायतका निर्णय भएका छन् ।

निषेध गरिएका गतिविधिहरु

सबै प्रकारकार सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार नाचघर, क्लब लगायत धेरै मानिस भिडभाड हुने क्षेत्र खोल्न नपाइने । खुला स्थानमा मानिसहरु भेला भई भिडभाड गर्न,जुलुस, जात्रा महत्सव भोज भतेर लगायतका क्रियाकलाप गर्न नपाइने ।

पुजारीबाट हुने नृत्य पूजा बाहेकका अन्या धार्मिक तथा साँस्कृतिक गतिविकिहरु सञ्चालन गर्न नपाउने । शैक्षिक संस्थाहरु भौतिक उपस्थितिमा पठनपाठन गराउन नपाउने । स्थानीय ढुवानी विहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न नपाउने ।

सञ्चालन गर्न पाउने गतिविधिहरु, व्यवसायको हकमा

औषधी तथा स्वास्थ्य सामाग्री सम्बन्धी पसल जुनसुकै समयमा निर्बाध रुपमा संचालन गर्ने । औषधी पसल बाहेक अन्य व्यवसायहरु साँझ ७ : ०० बजेसम्म सञ्चालन गर्न पाइने । अत्यावश्यक वस्तुको अनलाइन अर्डर, रेष्टुरेण्ट एव फास्टफुड तथा अन्य अर्डरहरु टेक अवे वा होम डेलिभरी प्रयोजनका लागि काठमाडौँ उपत्यका भित्र साँझ ७ः०० बजेसम्म सञ्चालन गर्ने ।

सवारी साधन सञ्चालनको हकमा

कुल स्वीकृत सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाइने । यात्रु र सवारी चालक, सहचालकले अनिवार्य स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्नुपर्ने । चालक र सहचालकले अनिवार्य माक्स, भाइजर र पन्जा लगाउने । सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने । अनिवार्य रुपमा सवारी साधन दैनिक स्यानिटाइज गर्नुपर्ने
सफा टेम्पो तथा निलो माइक्रोले बुँदा ३ (क) लगायत देहायका मापदण्ड पालना गरी सञ्चालन गर्ने । पछाडी तेस्रो सिटमा ४-४ जनाका दरले ८ जना र चालक छेउमा १ जनागरी कुल ९ जना यात्रुभन्दा बढी राख्न नपाइने ।

उपत्यका भित्र सञ्चालन हुने निजी सवारी साधनको हकमा स्वास्थ्य मापदण्डको अनिवार्य पालना गरी सञ्चालन गनए पाइने । अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधनहरुलाई आवतजावत गर्न दिइने । सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामग्री ढुुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइने ।

परीक्षाको तथा अन्य विषयको हकमा

विभिन्न निकायबाट पूर्व निर्धारित सबै किसिमका लिखित तथा प्रयोगात्मक परीक्षाहरु देहाय बमोजिम शर्त पालना गर्ने गरी सञ्चालन गर्न पाइने छ । परीक्षा सञ्चालन हुने कुनै एक स्थानमा वा कक्षा कोठाको आकार अनुसार २५ जना भन्दा बढी परीक्षार्थीहरु राख्न नपाइने ।

परीक्षा हलमा प्रवेश गर्नु पूर्व परीक्षा समाप्त भएपश्चात नेपाल सरकारले तोकेको मापदण्ड बिमोजिमको भौतिक दूरी कायम हुने व्यवस्था मिलाउनुपर्ने । एउटा सिफ्टका सबै परीक्षार्थीहरु परीक्षा स्थलबाट पूर्ण रुपमा बाहिरिएपछि मात्र अर्काे सिफ्टका परीक्षार्थी र सम्बन्धित व्यक्तिहरुलाई प्रवेश गर्न दिने ।

परीक्षा स्थलमा स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गर्नुपर्ने । गोष्ठी, तालिम, सेमिनार, बैठक समीक्षा, प्रशिक्षण जस्ता क्रियाकिलापहरु संञ्चालन गर्दा भर्चूअल माध्यमबाट गर्ने । उपस्थित नई गर्नेपर्ने भएमा बढीमा २५ जना मात्र सहभागी हुने गरी सञ्चालन गर्ने । यी आदेशको पालना नगर्नेलाई कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम कारबाही हुने जनाइएको छ ।

प्रतिक्रिया