आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

आफ्नो नाम मुछेर एन्फा प्रशिक्षिक अलमुताइरीले राजीनामामा दिएपछि नेम्बाङले मुख खोले, के हो यथार्थ ?

प्रकाशित
1K
SHARES

काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्बाङले राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आफ्नो नाम जोडेर राजीनामा दिएको सुन्दा आश्चर्यचकित भएको बताएका छन्।

यसअघि आइतबार विहान प्रशिक्षक अलमुताइरीले नेम्बाङका कारण आफूले राजीनामा दिने घोषणा गरेका थिए। उनले आफू राजीनामा दिन एन्फा जान लागेको भन्दै फेसबुकमा पोस्ट गरेका थिए।

यो विषयमा अहिले एन्फाले प्रशिक्षकसँग कुरा गरिएको प्रवक्ता किरण राईले बताए। उनले अहिलेसम्म राजीनामा नबुझाएको राईको भनाइ छ। अलमुताइरीले केही साताअघि दिएको अन्तर्वार्तामा भने आफूले असहमति जनाएको उपाध्यक्ष नेम्बाङले बताएका छन्।

‘नेपालमा फुटबल परिवर्तन हुन खेलसँग सम्बन्धित पदाधिकारीको मानसिकता परिवर्तन हुनुपर्छ भन्ने अलमुताइरीले भनाइ समाचारमा देखें। अफिस आउँदा सहायक कोच किरण श्रेष्ठलाई हेड कोचले पदाधिकारीको विषयमा स्टेटमेन्ट दिने अधिकार पनि छैन र यो उसको क्षेत्र पनि होइन, त्यसैले सम्झाउन भनेको थिए,’ उनले भने।

यस्तै एन्फा महासचिव इन्द्रमान तुलाधरसँग पनि प्रशिक्षकले बोलेको विषयमा स्पष्टिकरण लिन भनेको थिए।’महासचिव इन्द्रमान तुलाधरले मौखिक स्पष्टिकरण लिएको र अलमुतइरीले ‘अबदेखि त्यस्तो हुँदैन’ भनेको उपाध्यक्ष नेम्बाङले बताए। नेम्बाङले जहिले पनि प्रशिक्षक अलमुताइरीले गरेको कामलाई प्रोत्साहन गरेको बताए।

‘तर अचानक यस्तो कुरा किन आयो म आफै आश्चर्यचकित परेको छु। मलाई विश्वास छ एन्फाले यसविषयमा छानविन गर्छ। मलाई दोषी देखियो भने म फुटबल संघबाट राजीनामा दिन तयार छु। को दोषी देखिन्छ छानविन गरौ, उ यसको भागिदार हुनपर्छ। हेड कोचको भनाइ ममाथि षड्यन्त्रपूर्वक ढंगले आएको ठानेको छु। म जहिल्यै सत्य र राम्रोको पक्षमा वकालत गर्दै आएको सबै फुटबलप्रेमी महानुभावलाई भन्न चाहान्छु। यो षड्यन्त्रको चाडोभन्दा छानविन हुन्छ,’ उनले भने।

उपाध्यक्ष नेम्बाङले तीन सातादेखि राजीनामा दिन बाध्य बनाएको विषय अलमुताइरीले प्रामणित गर्नुपर्ने पनि जिकिर गरे। उनले अघि भने,’यसरी फेसबुकमार्फत राजीनामा दिनु व्यवसायिकता होइन। उसले म्यानेजमेन्टसँग कुरा गर्न आउनुपर्थ्यो। त्यसपछि म्यानेजमेन्टले मसँग कुरा गर्नु पर्थ्यो। यो एउटा षड्यन्त्र बाहेक केही पनि होइन।’

प्रतिक्रिया