आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेकपा महासचिव विप्लव र राप्रपा अध्यक्ष कमल थापाबीच भेटवार्ता, के भयो कुराकानी ?

प्रकाशित
503
SHARES

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ । सबै राष्ट्रिय राजनीतिक पार्टी प्रमुखहरुलाइ भेट्ने अभियान अन्तर्गत शुक्रबार बिहान महासचिव विप्लवले अध्यक्ष थापासंग भेटवार्ता गरेको नेकपा सचिवालयले संचारकेन्द्रलाई बतायो ।

थापा निवास बुढानिलकण्ठमा भएको भेटघाटका क्रममा २ नेताबीच समसामयिक राजनीतिक बिषयमा कुराकानी भएको थियो। साथै ओली सरकारले नेपाल कम्युनिष्ट पार्टीमाथि लगाएको प्रतिबन्धको बिरोध गरेकोमा अध्यक्ष थापालाई महासचिव विप्लवले धन्यवाद दिएका थिए ।

देशमा जारी बर्तमान संकट समाधान, राष्ट्रियता लगायतका बिषयमा पनि २ नेताबीच छलफल भएको थियो। नेकपा महासचिव विप्लवले पछिल्लोसमय सबै राष्ट्रिय राजनीतिक पार्टी प्रमुखहरुलाई भेटिरहेका छन् ।

यसअघि प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेर बहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराई, क्रान्तिकारी माओवादीका महासचिव किरण, एमाले अध्यक्ष केपी ओली र एमाले बरिष्ठ नेता माधव नेपाल लगायतसंग पनि विप्लवले भेटवार्ता गरिसकेका छन् ।

प्रतिक्रिया