आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सबैको सहयोग र अटुट विश्वासका कारण मेगा बैंकले सफलता हासिल गर्यो- सिईओ खुञ्जेली

प्रकाशित
360
SHARES

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडकी सिईओ अनुपमा खुञ्जेलीले सबैको साथ् सहयोग र अटुट विश्वासका कारण आज बैंकले सफलता हासिल गरेको बताएकी छैन ।

बैंकको ११औं वार्षिकोत्सवका अवसरमा उनले संस्थापक, सेयरधनीहरु, संचालक समिति, ग्राहकहरु, नियामक निकाय, कर्मचारी र सरोकारवालाहरुहरुको निरन्तर सहयोग र अटुट विश्वासका कारण ११ औं वार्षिकोत्सवसम्म आइपुग्दा मेगा बैंकलाई समृद्ध र विशाल बनाउने यात्रामा सफलता हासिल गरेको बताइन् । मेगा बैंकले वित्तीय बजारमा छोटो समयमै अलगै पहिचान र ब्रान्ड बनाउन सफल भएकोमा खुसी लागेको बताउँदै उनले बैंकको सफलताको श्रेय अझ बढी ग्राहक र सर्वसाधारण जनता रहेको उनको भनाइ छ ।

आधुनिकीकरण र प्रविधिकरणलाई आत्मसात गर्दै मेगा बैंकले ग्राहकहरुलाई अन्यन्तै नवीनतम र आकर्षक डिजिटल बैंकिङ सेवा प्रदान गरिरहेको सिइओ खुञ्जेलीले जानकारी दिएकी छिन ।। ‘कोभिड– १९ को विद्यमान अबस्थालाई मध्यनजर गरी डिजिटल बैंकिड र डिजिटाइजेशनमा प्राथमिकता दिँदै त्यस्तै प्रडक्ट उत्पादन गर्ने र त्यसै अनुरुप ग्राहकहरुलाई लक्षित गर्ने योजना बनाएका छौं’– सिइओ खुञ्जेलीले भनिने ।

सञ्चालनको ११ बर्षको छोटो अवधिको वित्तीय सूचकांकलाई केलाएर हेर्दा मेगा बैंकले व्यावसायिक उचाई हासिल गर्न सफल भएको उनकाे दावी छ । बैंकको सञ्चालन खर्च तथा कोषको लागतलाई न्यून गर्दै ग्राहकहरुलाई एकल अंकको ब्याजदरमा ऋण उपलब्ध गराउन सफल भएको पनि उनले बताइन ।

बैंकको बितेको ११ बर्षमा पुँजी, व्यवसायको आकार र शाखा सञ्जालमा बृहत वृद्धि भएको छ । देशको २८ औं बाणिज्य बैंकका रुपमा स्थापना भएको मेगा बैंक चुक्ता पुँजीका हिसाबले छैटौं स्थानमा छ । २०७८ मसान्तसम्ममा मेगा बैंकको कुल निक्षेप करिब १ खर्ब ४५ अर्ब र कुल कर्जा करिब १ खर्ब ४१ अर्ब रहेको छ ।

मेगा बैंकले १७ सय भन्दा बढी कर्मचारीबाट देशभरका ५८ जिल्लामा फैलिएका १ सय ७८ शाखा सञ्जाल, १ सय ३७ वटा एटीएम, ३३ वटा एक्टेन्शन काउन्टर र ७१ वटा शाखारहित बैंकिङ सेवामार्फत १२ लाख ४० हजार भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । छिट्टै नै बैंकका थप १४ वटा शाखाहरु सञ्चालनमा आँउदैछन ।

प्रतिक्रिया