आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बाबुराम भट्टराईको ट्वीटले नयाँदिल्लीमा भूकम्प, कसले के भने ?

प्रकाशित
264
SHARES

काठमाडाैं। जनता समाजवादी पार्टी नेपाल (जसपा) का संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईको ट्वीटप्रति भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा.विजय चौथाईवालाले आपत्ति जनाएका छन् ।

अध्यक्ष भट्टराईले भारतबाट एकजना साथीले पठाएको भन्दै ट्वीट्रमा राखिएको फोटोमा लेखिएको छ, ‘विश्वास खतरनाक कुरा हो, यसले तपाईलाई दुध फ्याल्न लगाउँछ र पिशस पिउन लगाउँछ ।’

भट्टराईको हिन्दुको विश्वास र अनुष्ठानहरुको अपमान गरेको आरोप चौथाईवालाले लगाएका छन् । उनले ट्वीट गरेर भनेका छन्, प्रिय बाबुरामजी यो स्पष्ट छ कि तपाईं र तपाईंको सहपाठीहरुले इदको अवसरमा हिन्दु विश्वास र अनुष्ठानहरुको अपमान गर्नुभएको छ ।’ यसैबीच राप्रपा अध्यक्ष कमल थापाले पनि भट्टराईको आलोचना गरेका छन् ।

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवासँग जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको भेटमा जसपाका अध्यक्ष ठाकुरले प्रधानमन्त्री देउवालाई विश्वासको मत प्राप्त गरेकामा बधाई ज्ञापन गर्दै प्रतिबद्धता जनाएअनुरुप मधेसका मुद्दालाई सम्बोधन गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

प्रधानमन्त्रीसँगको भेटमा पार्टीले उठाएका मुद्दालाई यथासक्य चाँडो सम्बोधन गर्न आग्रह गरिएको ठाकुर निकट एक नेताले जानकारी दिए । यसअघि मङ्गलबार जसपा अध्यक्ष ठाकुर पक्षको कार्यकारिणी समितिको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा प्रतिबद्धता जनाए अनुरुपका विषय चाँडो पूरा गराउन माग गरेको थियो ।

जसपाले संविधान संशोधन, झुटा मुद्दा फिर्ता, रेशम चौधरी लगायतका बन्दीहरुको रिहाइ, लाल आयोगको प्रतिवेदन सार्वजनिक, नागरिकतासम्बन्धी समस्या समाधान, स्थानीयहरुको जनसङ्ख्याको अनुपातमा पुनः संरचनालगायत समस्या समाधान गरिनुपर्ने माग गरेको छ ।

यता एमाले नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी सदस्यहरुको बैठकले एमाले पार्टी एकतामा जोड दिएको छ । काठमाडौंको बुद्धनगरमा बसेको बैठकमा भएको छलफलमा पार्टी एकतामा जोड दिएको स्थायी समिति सदस्य रघुजी पन्तले जानकारी दिए ।

‘एकता प्रक्रिया अगाडी बढाउनुपर्छ र एकतामा जोड दिनुपर्छ भन्ने सवैको भनाई रह्यो’, बैठकपछि पन्तले बैठकले एकता वार्ता चलिरहेको र १० बुँदे प्रस्ताव तयार पारेको बेलामा स्पष्टीकरण सोध्ने र बरिष्ठ नेता माधव कुमार नेपालविरुद्ध पुत्ला जलाउने लगायतका विषय तत्काल रोक्न प्रस्ताव पास गरेको छ ।

‘स्पष्टीकरण सोध्ने कामले एकतामा भाँजो हाल्छ । यसको कुनै अर्थ छैन’, माधव पक्षले भनेको छ । अदालतको फैसलामा सांसदको विवेक प्रयोग गर्न पाउने भनेकाले स्पष्टीकरणको अर्थ नभएको नेता पन्तले जानकारी दिए ।

अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मत दिएको भन्दै नेता नेपालसहित २२ जनालाई स्पष्टीकरण सोधेको थियो । माधव पक्षको बैठक बसिरहेका बेला नेताहरुलाई स्पस्टीकरणकोे पत्र पुगेको थियो ।

प्रतिक्रिया