आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बल्ल खुल्यो महन्थ ठाकुर रातारात ‘युटर्न’ हुनुको रहस्य, यस्तो पो रहेछ भित्री कुरा !

प्रकाशित
476
SHARES

काठमाडाैं । आफूसँग प्रतिष्पर्धा गर्दै आएको पार्टीभित्रको अर्को पक्ष सरकारमा सहभागी हुने भएपछि जनता समाजवादी पार्टी (जसपा) का नेता महन्थ ठाकुरलाई सहनै नसक्ने गरी पीडा भयो र अन्तिममा आएर उनले पनि प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मतदान गरे ।

गत आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिने केही अघिसम्म जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो रहेको यो गुटले देउवालाई समर्थन नगर्ने अडान लिएको थियो तर एकाएक किन समर्थन गर्ने अवस्थामा पुगे भन्ने खोजीको विषय बनेको छ ।

ठाकुर र महतो पक्ष निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा सहभागी भएका थिए । महतोले सरकारको नेतृत्व गरेका थिए तर सर्वोच्च अदालतको असार ८ गतेको फैसलाले सबैको मन्त्री पद गुमेको थियो ।

उनीहरु ओलीको पक्षमा खुलेर समर्थनमा थिए भने पार्टीभित्रको अर्को पक्षले ओलीको विरोधमा सडक आन्दोलन र संघर्ष गर्दै आएको थियो ।

समाचार स्रोतका अनुसार, उपेन्द्र यादव र बाबुराम भट्टराई रहेको जसपाको यो गुटले सरकारमा सहभागी जनाउने निश्चित भएपछि ठाकुर तनावमा थिए । सरकारमा गएपछि यादव र भट्टराइको लोकप्रियता बढ्ने र नेता तथा कार्यकर्ता उतैतिर लाग्ने बुझेकाले पनि ठाकुर पक्ष पनि देउवाको पछि लागेको हो ।

देउवालाई जसपामा रहेका ३२ जना सांसदले नै मतदान गरेका थिए । सरकारबाट बाहिरिएपछि पार्टीका सांसदहरुले पनि उनीहरुको साथ छोडेर अर्को गुटतिर लागेका थिए । हिजोका दिनमा उपेन्द्र पक्षका सांसद पनि मन्त्री पाइन्छ भन्ने लोभमा ठाकुरको शरणमा आएका थिए । २० सांसदमध्ये ठाकुरका ११ जना मन्त्री भएका थिए । मन्त्री नपाएकाहरुले उनको साथ छोडेका थिए ।

यो सरकारमा यादव पक्षले ४ वटा मन्त्रालय दाबी गरेको छ । रेणु यादव, राम सहाय प्रसाद यादव, मोहम्मद इस्तियाक राई मन्त्री बन्ने निश्चितजस्तै छ । बढी मन्त्रालय पाए राजेन्द्रप्रसाद श्रेष्ठ पनि मन्त्री बन्ने छन् । उता ठाकुर पक्षले शरतसिंह भण्डारी, अनिलकुमार झा र एक महिलालाई मन्त्री बनाउने तयारी गरेको छ ।

मन्त्रीको चर्चामा रहेकी रेणु र अर्की एक महिला सांसद समानुपातिक सांसद हुन्, अरु भने निर्वाचनबाट आएका हुन् । स्रोतले लगभग यिनै नाम निश्चित भएको जनाएको छ । प्रतिनिधिसभाको यो निर्वाचनमा यादव नेतृत्वको पार्टी र ठाकुर नेतृत्वको पार्टीले चुनावी तालमेल गरेका थिए । उनीहरुले २०७७ को वैशाखमा पार्टी एकता गरेर जसपा बनाएका हुन् ।

२ नम्वर प्रदेशबाहके यो पार्टीले बाँके र कैलालीमा प्रतिनिधिसभामा १÷१ सिट जितेको छ । जसपाको प्रतिनिधिसभामा ३४ सांसद छन् जसमध्ये पर्सा ३ बाट निर्वाचन जितेका हरिनारायण प्रसाद रौनियार र कैलाली १ बाट जितेका रेशमलाल चौधरी निलम्वनमा छन् ।

प्रतिक्रिया