आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रधानमन्त्री देउवा र महन्थ ठाकुरबीच गोप्य भेटवार्ता, के भयो सहमति ?

प्रकाशित
182
SHARES

काठमाडाैं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्। आज बिहान बालुवाटारमा पुगेर प्रधानमन्त्री देउवासँग ठाकुरले कुराकानी गरेका हुन्।

ठाकुरनिकट एक नेताले दिएको जानकारी अनुसार प्रधानमन्त्री देउवा र अध्यक्ष ठाकुरबीच जसपाले उठाउँदै आएका मागलगायत विषयमा छलफल भएको छ। जसपाको ठाकुर पक्षको केन्द्रीय कार्यकारिणी समितिले रेशम चौधरीलाई रिहाइ गर्नुपर्ने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने विषय उठाइरहेको छ।

ठाकुर पक्षले प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत पनि दिएको थियो। यसैबीच नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ । बुधबार दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको स्थायी कमिटी सदस्य वर्षमान पुनले जानकारी दिए ।

उनका अनुसार बैठकमा सरकारलाई प्रभावकारी बनाउने, मन्त्रिपरिषद् विस्तार गर्ने र पार्टीको संगठनात्मक विषयमा छलफल हुने छ । साझा कार्यक्रममा साथ सरकार सञ्चालन गर्ने गठबन्धनका नीतिबारे पार्टीमा छलफल हुन लागेकाे हो ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी थालेकाले पार्टीका तर्फबाट पठाउने नामबारे पनि छलफल हुने छ। आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तारको तयारी थालेको देखिन्छ ।

सर्वोच्च अदालतले २८ असारमा प्रतिनिधिसभा पुनःस्थापना गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि २९ मा प्रधानमन्त्रीसँगै काँग्रेस र माओवादीका दुई–दुई मन्त्री बनेका छन् । २५ सदस्यीय मन्त्रिपरिषद्मा २० जना नयाँ मन्त्री थपेर तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री देउवाको योजना छ ।

यता एमाले वरिष्ठ नेता माधव कुमार नेपालले आफू पक्षीय स्थायी कमिटी बैठक बोलाएका छन्। मंगलबार आफूपक्षीय सांसदसँग छलफल गरेका नेपालले बुधबारका लागि स्थायी कमिटी सदस्यसँग छलफल गर्न लागेका हुन्।

आइतबार नेपालसहित २२ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए। जसम्ध्ये ८ जना पार्टी अध्यक्ष केपी शर्मा ओली निकटका थिए। नेपाल निकट मानिएका १० सांसदले भने बैठक बहिष्कार गरेका थिए।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका एमाले सांसदहरूले पार्टीमै रहेर संघर्ष गर्नुपर्ने निष्कर्ष निकालेका छन्। मंगलबार बानेश्वरमा भएको छलफलमा संसद जोगाउने एउटा कोर्ष सकिएकाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सुधार्न कोसिस गर्नुपर्ने निष्कर्ष निकालेको सांसद विरोध खतिवडाले बताए।

उनले आफूहरू तत्काल सरकारमा नजाने समेत स्पष्ट पारे। ‘हामी सरकारमा तत्काल जाँदैनौं। केपी ओलीलाई सुधार्न प्रयास गर्छौं। लोकतन्त्र विरोधी र संविधान विरोधी कदमलाई रोक्न हामी लडेको हो। त्यो कोर्ष सकिएको छ,’ उनले भने, ‘अब संसदको स्थायित्व स्थापित भएको छ। हामीले ओली प्रवृत्तिको अन्त्य गर्न सक्ने अवस्था आएन भने मात्रै नयाँ योजना बनाउने हो।’

आफूहरू सरकारमा जानै हुँदैन भन्ने पक्षमा नभएको भन्दै उनले अहिले भने आफूहरू सरकारको प्राथमिकतामा नरहेको बताए। बैठकमा वरिष्ठ नेता माधव नेपालले देउवालाई बहुमत पुग्न नदिनका लागि विभिन्न खालका प्रयासहरू भएको बताएका थिए।

बैठकमा उपस्थित नहुनेदेखि भोट नदिनेसम्मका दबाबहरू आएको समेत उनले सुनाएका थिए। अर्का सांसद भवानी खापुङले आफूहरू गलत कुराको विरूद्ध भिडेरै जाने पक्षमा रहेको बताए।

प्रतिक्रिया