आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विप्लव र ओलीबीच बालकोटमा भेटवार्ता, के भयाे कुराकानी ?

प्रकाशित
247
SHARES

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । भेटका लागि महासचिव नेत्रविक्रम चन्द विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र र केन्द्रीय सचिवालय सदस्य धमेन्द्र बस्तोला ओलीनिवास बालकोटमा पुगेका थिए ।

भेटका क्रममा नेकपा नेताहरुले १ फागुन २०७७ मा सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयनमा ढिलाइ भएको गुनासो गरेका थिए । साथै आफुहरु त्यहि सहमति अनुसार नै अगाडि बढिरहेकाे बताएका थिए ।

जवाफमा ओलीले कानूनी जटिलताका कारण ढिलाइ भएकाे बताएका थिए । उनले भने -‘कानूनी जटिलता थिए, त्यो फुकाउने क्रममा अगाडि बढ्दै जाँदा समय नपुगेको हो । अन्यथा रुपमा लिनु हुँदैन ।’ साथै सरकार भए पनि विपक्षमा रहे पनि सहमतिबारे आफ्नो धारणा एक रहने उनको भनाइ थियो ।

पछिलो समय विप्लवले राजनीतिक भेटवार्ता बढाएका छन् । यसअघि उनले प्रचण्ड, माधव नेपाल, पूर्व माओवादी नेताहरु लगायतसंग भेटवार्ता गरिसकेका छन् ।

प्रतिक्रिया