आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मोटरसाइकलमा बसिरहेको अवस्थामा भेटियो यी युवाकाे शव, घटनाबारे यसो भन्छन डीएसपी

प्रकाशित
374
SHARES

बिराटनगर । विराटनगरमा बिजुली अफिस अगाडि मोटरसाइकलमा बसिरहेको अवस्थामा एक जनाको शव फेला परेको छ । कोशी राजमार्गको बिजुली अफिस सडक खण्डमा मोटरसाइकलमाथि सुदर्शन न्यौपानेको शव फेला परेको हो ।

प्रहरी कार्यालय विराटनगर वडाका डीएसपी दीपक कार्कीका अनुसार हिजो साँझ ९ बजे को ४ प २३१६ नम्बरको मोटरसाइकलमा विराटनगर–५ मुनालपथका ४८ वर्षीय न्यौपाने मृत अवस्थामा भेटिएका हुन्।

डीएसपी कार्कीले शवको पहिचान भइसकेको र घटनाको बारेमा थप अनुसन्धान अघि बढाइएको बताए । मृतकको आफन्तले भने न्यौपानेको ह’त्याको आशङ्का गरेका छन् ।

मृतकका भतिजा सन्तोष न्यौपानेले कसैले दुर्घटना गराएर मोटरसाइकलमाथि राखिदिएको हुनसक्ने आशङ्का गरे । शरिरमा चोटपटक देखिएको छ । उनको कपडा च्यातिएको अवस्था छ । दाहिने हातमा चोट र रगतको टाटा देखिन्छ । पेन्ट पनि च्यातिएको अवस्थामा भएकाले ह’त्या भएको हुनसक्ने सन्तोषले बताए ।

यता विषाक्त मदिरा पिउँदा बागलुङमा चार जनाको मृत्यु भएको छ । जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरू २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षी रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्तीको विषाक्त मदिरा पिएर मृत्यु भएको हो ।

मदिरा पिएर गम्भीर बिरामी ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र पुनको धौलागिरि अस्पालमा उपचार भइरहेको छ । सोमबार स्थानीय मदिरा पसलमा ‘लोकल’ मदिरा सेवन गरेका उनीहरु गम्भीर बिरामी परेका थिए ।

मदिरा सेवनपछि बिरामी परेका उनीहरुको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।

दुई जनाको डाइलासिस कक्षमा उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बि पोखरेलले जानकारी दिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ । मदिरा पसल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया