आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सरकारी मोटरसाइकलमा सवार वडाध्यक्षसंग भेटियो यस्तो चिज

प्रकाशित
386
SHARES

काठमाडाैं । पर्सा पकाहामैनपुर गाउँपालिकाका अध्यक्ष अमेरिका सहनीसहित तीन जनालाई प्रहरीले लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ। आइतबार राति इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले ५५ वर्षीय सहनीसहित तीन जनालाई ७९ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार पक्राउ पर्ने अन्य दुई जना ४० वर्षीय बलिष्टर सहनी र ५२ वर्षीय रामआदेश सहनी रहेका छन्। खनालका अनुसार ना१ब ३५९५ नम्बरको पल्सर मोटरसाइकलमा वडाध्यक्ष अमेरिका र रामआदेश सवार थिए।

प्रहरीले सोही मोटरसाइकलको फिल्टर बक्सबाट ब्राउनसुगर फेला पारेको थियो। ना६२प १९४२ नम्बरको मोटरसाइकलमा वडा सदस्य बलिष्टर सवार थिए। ‘वीरगञ्जबाट आफ्नो गाउँपालिकातर्फ गइरहेका दुबै मोटरसाइकल रोकेर चेकजाँच गर्दा ब्राउनसुगर फेला परेपछि पक्राउ गरिएको हो,’ खनालले भने।

उनीहरू तिनै जनालाई इलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा राखेर लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको खनालले बताए। यस्तै कपिलवस्तु नगरपालिकाबाट पे’स्तोलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

कपिलवस्तु नगरपालिका–११ स्थित जहदी चोकबाट अमेरिकन पेस्तोलसहित जदही चोक घर भएका मातेश्वरप्रसाद यादव उर्फ ‘मन्नु’लाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी धर्मराज भण्डारीका अनुसार भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार ३६ वर्षीय मन्नुको साथबाट पेस्तोल एक थान, म्याग्जिन र चार राउण्ड गोली बरामद गरिएको छ ।

हतियार र लागुऔषध बेच्ने धन्दामा सक्रिय यादव यसअघि पनि दुईपटक पक्राउ परेका थिए ।

 

प्रतिक्रिया