आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बाढीले घर भत्काउँदा २५ जनाको मृत्यु, थप विवरणसहित

प्रकाशित
471
SHARES

भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अत्यधिक वर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा पसेको थियो । बाढीले धेरै भौतिक संरचनामा क्षति पुर्याएको छ ।

भारतको आर्थिक राजधानी मानिने मुम्बईमा बाढीका कारण ठूलो आर्थिक क्षतिसमेत भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

बाढीले रेल सेवालगायतका यातायात सेवा समेत अवरुद्ध हुँदा हजारौं मानिस अलपत्र परेको पाइएको छ । बाढीका कारण भत्किएको घरको पर्खालले मात्रै च्यापेर १७ जनाको मृत्यु भएको घटनास्थलमा पुगेका उद्धारकर्ताहरूले जानकारी दिएका छन् । अरूको अन्य ठाउँमा मृत्यु भएको हो ।

मुम्बईको माहुल क्षेत्रमा स्थानीय समय अनुसार आइतबार दिउसो १ बजे घटना भएको हो । घटनामा परी अरु सात जना घाइते समेत भएका छन् । उनीहरुको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ । भारतमा भारतमा थप ३८ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

तीन महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३८ हजार ३२५ जनामा संक्रमण भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ११ लाख ४३ हजार ५९५ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख २८ हजार ६९२ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकै दिन ५०१ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख १४ हजार १४१ पुगेको छ ।

विश्वभर कोरोना भाइरसको संक्रमणपछि मृत्यु हुनेको संख्या ४१ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ६८४ जनाको मृत्यु भएसँगै विश्वभर संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ लाख ५ हजार ३६१ पुगेको छ ।

खोपको विकासपछि विश्वभर जारी खोप अभियानले महामारी नियन्त्रण र मृत्युदरमा केही कमी ल्याए पनि खोपको समान वितरण हुँन नसक्दा अझै महामारी नियन्त्रणमा आउन सकेको छैन ।

बहुसंख्यक नागरिकलाई खोप लगाइएपछि एक समय विश्वको सबैभन्दा प्रभावित संयुक्त राज्य अमेरिकामा अहिले संक्रमण लगभग नियन्त्रणमा छ । त्यहाँ अहिले दैनिक औषत १० हजार हाराहारी संक्रमित हुने गरेका छन् भने ३०/३५ जनासम्मको मृत्यु हुने गरेको छ । हालसम्म अमेरिकामा ६ लाख २४ हजार ७४६ जनाको मृत्यु भइसकेको छ ।

यसैगरी ब्राजिलमा ५ लाख ४२ हजार २६२ जनाको मृत्यु भएको छ । दोस्रो लहरले अति प्रभावित मुलुक भारतमा पनि संक्रमण घटेको छ । दैनिक ४ लाखसम्म संक्रमण देखिएको भारतमा अहिले दैनिक औषत ३५ हजार संक्रमित देखिन थालेका छन् । तथापि त्यहाँ तेस्रो लहरको खतरा उच्च भएको विज्ञहरूले चेतावनी दिएका छन् । भारतमा सोमबार बिहानसम्म ४ लाख १४ हजार १४१ संक्रमितको मृत्यु भएको छ ।

यस्तै रूसमा १ लाख ४८ हजार ‍४१४ जना, बेलायतमा १ लाख २८ हजार ७०८ जना, फ्रान्समा १ लाख ११ हजार ४७२ जना, इटालीमा १ लाख २७ हजार ८६७ जनाको मृत्यु भएको छ । विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ४० हजार ५७४ जना संक्रमित भएका छन् ।

यही अविधमा संक्रमणमुक्त हुनेको संख्या ३ लाख ३३ हजार ४५ छ । पछिल्लो विवरणसँगै विश्वभर संक्रमण जित्नेको संख्या १७ करोड ४१ लाख ४८ हजारभन्दा बढी छ । यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमितको संख्या १९ करोड ११ लाख ९४ हजार ८९७ पुगेको छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रीय संक्रिमतको संख्या १ करोड २९ लाख ४१ हजार ४४७ छ । यसमध्ये ८० हजार ५३० जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रतिक्रिया